निर्णय नं. १०६६६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६६६ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/०७/२५ ३०१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७७।७।२५ ०७५-CR-००११ मुद्दाः- कर्तव्य ज्यान निवेदक / प्रतिवादी : रोल्पा जिल्ला साबिक थवाङ गा.वि.स. वडा नं. ९ हाल थवाङ गाउँपालिका वडा नं. २ घर भई जिल्ला कारागार रोल्पामा कैदमा रहेका विरबल बुढा विरूद्ध प्रत्यर्थी / वादी : अमृत बुढाको जाहेरीले नेपाल सरकार मनसाय पहिलेदेखि नै योजनाबद्ध रूपले हुनुपर्छ भन्‍ने नभई वारदातकै समयमा पनि मनसाय विकसित हुन सक्ने । बञ्चरो जस्तो धारिलो हतियारले टाउको जस्तो संवेदनशील अङ्गमा प्रहार गर्दा मृत्यु हुन सक्छ भन्‍ने कुरा सामान्य सुझबुझ भएको मानिसको जानकारीमा रहने नै देखिने । (प्रकरण नं.५) जोखिमी हतियारको प्रयोग गरी श्रीमान् श्रीमती भएकै आधारमा श्रीमान्‌ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्‌लाई वा कसैले कसैलाई मार्ने हक बन्दैन । यस्तो कार्यलाई सामान्य हो जस्तो गरी कम सजाय गर्दा गलत एवम् क्रूर कार्यलाई प्रश्रय दिएको देखिन जाने । (प्रकरण नं.७) निवेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री दीर्घलाल गिरी प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री कमलप्रसाद ज्ञवाली रोल्पा जिल्ला जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री महेश शर्मा पौडेल माननीय न्यायाधीश श्री ईश्वरराज आचार्य उच्च अदालत तुलसीपुर फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य खण्ड एवम् ठहर खण्ड यसप्रकार रहेको छ:- तथ्य खण्ड जिल्ला रूकुम महत गा.वि.स. वडा नं. ५ गुनामकोङ स्थित पूर्वमा खर पाखो जंगल, पश्चिममा खर पाखो, उत्तरमा खर पाखो पहरा भएको भिरालो जंगल, दक्षिणमा थबाङदेखि रूकुम महततर्फ जाने कच्ची मोटरबाटो यति चार किल्लाभित्र पूर्व पश्चिम लम्बाइ आकारमा जमिन खनेको, छेउ छाउमा निगालका लठ्ठीमा सेतो धोजा लगाइएको, सो लठ्ठी हटाई जमिन खनी खोतल्दा हरियो झिँगा लागिरहेको, ढुङ्गा माटो हटाई अन्दाजी ७ फिट लम्बाइ १.५ फिट गहिरो खाल्डो अन्दाजी २ फिट तलबाट निगालको मान्द्रोले मृतक सीता बुढाको लास बेरी राखेको अवस्थामा र मान्द्रोले बेरिएको लास सडीगली किरा औंसा परेको झिँगा लागी हेर्न नमिल्ने अवस्थाको लास अनुहारको दायाँतर्फ सुन्निएको जस्तो गले सडेको मासु, उक्त अनुहारको दायाँ आँखामा गम्भीर अन्दाजी 2cm भन्दा गहिरो थेप्चिएको / खोप्पिएको जस्तो चोट, निधारमा दायाँतर्फ थेचिएको जस्तो गम्भीर चोट, सोही निधारमा ३ वटा काटिएको जस्तो अन्दाजी 2cm भन्दा बढी गहिरो चोट लागेको मृतक लास सडीगलेको हुँदा ओल्टाई पल्टाई गर्न नमिल्ने अवस्थामा रहेको भन्‍नेसमेत बेहोराको मिति २०७२।११।१५ को घटनास्थल लास जाँच मुचुल्का । जिल्ला रोल्पा थबाङ-९ दहबाङस्थित पूर्वमा भोजमान रोकामगरको घर, पश्चिममा अमृत बुढाको जौ बारी, उत्तरमा रोल्पातर्फ जाने कच्ची बाटो, दक्षिणमा वीरबल बुढाको जौ बारी यति चारकिल्लाभित्र पूर्वपश्चिम लम्बाइ भएको एक तल्ला दुई कोठाको ढुङ्गा माटोले बनेको हरियो कलरको टिनले छाएको वीरबल बुढाको घ