निर्णय नं. १०६६७ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६६७ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/०८/०७ ३९३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति : २०७७।८।७ ०७६-WO-१०४४ विषय : उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ९ मा कार्यालय रहेको मठ मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियानको अख्तियारप्राप्त र आफ्नो हकमा समेत जिल्ला तेह्रथुम, सावला गाउँ विकास समिति वडा नं.४ परिवर्तित म्याङलुङ नगरपालिका वडा नं.९ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२९ बस्ने अधिवक्ता खगेन्द्र सुवेदीसमेत विरूद्ध विपक्षी : पशुपति क्षेत्र विकास कोष, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.८ गौशालासमेत कसैले कुनै सार्वजनिक वा सामाजिक कार्य गर्छु भनी गैरसरकारी संस्था गठन गर्‍यो तर सो कार्य गर्न पाएन वा उसले गर्न खोजेको कार्यमा कुनै व्यवधान आयो भने उसले संस्थाको विधानमा सार्वजनिक कार्य गर्ने कुरा लेखेको छ भन्‍ने मात्र कुराले त्यो सार्वजनिक सरोकारको विवाद बनिहाल्दैन र त्यसमा संविधानको धारा १३३(२) बमोजिम सर्वोच्च अदालतको क्षेत्राधिकार आकर्षित पनि भई नहाल्ने । सार्वजनिक हक वा सरोकारको भनी कुनै विषयलाई उठाइएको स्थितिमा त्यस्तो दाबीलाई सतर्कतापूर्वक हेरी सार्वजनिक कार्यको आवरणमा गरिने व्यक्तिगत हितको संरक्षण गर्ने प्रयासलाई यस अदालतले निरूत्साहित नै गर्नुपर्ने । (प्रकरण नं.३) आराध्यदेव श्री पशुपतिनाथको नाममा छाडिएका नन्दीहरू वा दुग्ध र पञ्चामृतद्वारा स्नान गराइने भगवान्‌को प्राङ्गण र परिसरमा सो प्रदान गर्ने गौमाताहरू नै उपेक्षित रहने कुरा कदापि स्वाभाविक र स्वीकारयोग्य हुँदैन । एकातिर राजा महाराजालगायतका भक्तहरूले दान गरेका गौचरणहरू नास हुँदै जाने वा गाई गुठीहरू संरक्षण नहुने, अर्कोतर्फ गौमाता र नन्दीहरू उपेक्षित रहने कुरा श्री पशुपतिनाथद्वारा परिपोषित धर्म, संस्कृति र सभ्यताको विरूद्ध हुने देखिने । (प्रकरण नं.२१) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू प्रकाशमणि शर्मा, श्री रामप्रसाद भण्डारी “सम्भव” र श्री प्रेमबहादुर खड्का तथा अधिवक्ताहरू श्री संजय अधिकारी, श्री सरोजनाथ प्याकुरेल, श्री विष्णु भुषाल र श्री खगेन्द्र सुवेदी विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली, विद्वान् अधिवक्ताद्वय श्री उमेशकुमार कुइकेल तथा श्री करूणाकर मल्लिक अवलम्बित नजिर : ने.का.प.२०७६, नि.नं.१०२९९, पृ.१३०७ ने.का.प.२०७४, नि.नं.९८४९, पृ.१२९१ ने.का.प.२०७३, नि.नं.९७३३, पृ.२३२३ सम्बद्ध कानून : नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन, २०७४ श्री पशुपति विकास कोष ऐन, २०५० आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा १३३(२) र (३) नं. बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् आदेश यसप्रकार छ:- तथ्य खण्ड मठ मन्दिर गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्था सडकमा बेवारिसे रूपमा छाडिएका गाई बाच्छाहरूलाई उद्धार, सडकमा ट्राफिक दुर्घटनामा परेका गाई बाच्छा, नन्दी, बसाहाहरूको उद्धार र उपचार, गाई एवम् पशुको उपयोगिता र पशुप्रति मानवले गर्नुपर्ने मानवीय व्यवहारको बारेमा जागरण गराउने उद्देश्यले स्थापित संस्था हो । त्यसैगरी जनहित संरक्षण मञ्च (प्रो पब्लिक) सार्वजनिक हकहितको विषयहरूमा जिम्मेवार निकायहरूलाई जवाफदेही