निर्णय नं. १०६६८ - खोटा चलन र सङ्गठित अपराध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६६८ - खोटा चलन र सङ्गठित अपराध भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/११/२९ ९८६५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा माननीय न्यायाधीश श्री पुरुषोत्तम भण्डारी फैसला मिति : २०७6।११।२९ मुद्दाः- खोटा चलन र संगठित अपराध 073-CR-1614 पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. 32 घर भई काठमाडौं जिल्ला, तत्काल सितापाइला गाउँविकास समिति वडा नं.4 संगमवस्तीमा बसी हाल कारागार कार्यालय नख्खु ललितपुरमा थुनामा रहेको अर्जुन लम्साल भन्ने दिनेश आले विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार 074-CR-0637 पुनरावेदक / वादी : प्रहरी प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मलिर रफायान, कराँची पाकिस्तान घर भई BS 1754641 नं. का पाकिस्तानी राहदानी बाहक मोहम्मद अजगरको छोरा मसुद आलमसमेत § तीन जना वा सो भन्दा बढी व्यक्तिहरुको संलग्नतामा भएको तीन बर्ष भन्दा बढी कैद सजाय हुने अपराधिक कार्य संगठित अपराध हुने कुरामा कुनै दुविधा रहेको पाईएन। प्रस्तुत मुद्दामा तीन जना भन्दा बढी प्रतिवादीहरुको प्रत्यक्ष वा परोक्ष रुपमा संलग्नता रहेको देखिने। § संगठित अपराधमा सबै प्रतिवादीहरुको उत्तिकै भुमिका नरहन सक्छ। प्रत्येक सदस्यहरुले आ-आफ्नो भूमिका निर्वाह गर्ने हुँदा प्रतिवादीहरु एकापसमा सम्पर्कमा रही योजनाबद्ध तवरमा यो वारदात गरे गराएको पाईन्छ। संगठित अपराधको प्रकृति सामान्य अपराध भन्दा पृथक हुन्छ। बृहत योजना र विस्तारित तयारीका साथ सम्पन्न हुने संगठित अपराधमा धेरै व्यक्तिहरुको बेग्लाबेग्लै भूमिका रहेको हुन्छ। पृथक पृथक व्यक्तिको पृथक पृथक कार्यले विभिन्न तह हुँदै एउटा संगठित अपराध सम्पन्न हुन्छ। (प्रकरण नं.२) § संगठित अपराध आर्थिक वा अन्य कुनै लक्ष्य प्राप्तीको लागि वा कसैलाई वा कुनै मुलुकलाई नै विभिन्न प्रकारले प्रतिकूल प्रभाव पार्ने बदनियतसाथ अपराधको उद्देश्य, कार्यशैली, संरचनात्मक ढाँचा, संजालसमेत विचार गरी योजना तैयार गरिएको हुन्छ। § संगठित अपराध कुनै देशभित्र मात्र समिति रही वा राष्ट्रिय सिमानाको वास्ता नगरी कसैको योजनाअनुसर विभिन्न अपराधिक कार्य सम्पन्न गरिएको हुन्छ, जसको गम्भीर परिणाम व्यक्ति, समूह वा राज्यले नै भोग्नु पर्दछ। § संगठित अपराधमा अमुक कसुरलाई एक छुट्टै दृष्टिकोणबाट हेरिने नभई अपराध घटाउनको लागि संगठित रुपमा काम गर्ने समूहलाई एकिकृत रुपमा हेरिन्छ। § नोट छाप्न लगानी गरी कसैलाई केही लोभ लालच देखाई निजहरुको माध्यमबाट सो बृहत्तर योजनाको कार्यान्वयन गरी हवाई उडानबाट भारतीय नक्कली नोटको नेपाल प्रवेश गराउनु, यहाँ एक व्यक्तिबाट अर्को व्यक्तिलाई हस्तान्तरण हुनु, लक्षित क्षेत्र भारत हुनु, यस्तो नक्कली नोट नेपालमासमेत कारोबारमा ल्याउँदा यहाँको अर्थतन्त्र प्रभावित हुनु र भारत प्रवेश गराई त्यहाँ कारोबारमा लगाईदा भारतको अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव पर्नु जस्ता अपराधिक कार्यले व्यक्ति र राष्ट्र समेतलाई गम्भीर संकट पैदा गर्ने स्पष्टै छ। (प्रकरण नं.३) वादीका तर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री विदुर कुमार कार्की प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता श्री मोहन बन्जारा क्षेत्री अवलम्बित नजिर : सम्बद्ध कानून : सुरु तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री शिशिर राज ढकाल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधी