निर्णय नं. ८२७१ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२७१ - उत्प्रेषणयुक्त परमादेश भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०७/०९ २७०६ निर्णय नं. ८२७१ फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती सम्वत २०६० सालको रिट नं. – ३३३४ आदेश मितिः २०६६।७।९।२ विषयः– उत्प्रेषणयुक्त परमादेश । निवेदकः ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं. १४ को हाल वडा नं. १८ बस्ने बाबुराजा भन्ने मोहनभक्त राजभण्डारी समेत विरूद्ध विपक्षीः नेपाल सरकार, भूमिसुधार तथा व्यवस्था मन्त्रालय समेत · व्यक्तिको निजी सम्पत्तिको रुपमा रहेको प्राचीन स्मारक वा प्राचीन स्मारक क्षेत्रभित्र रहेको निजी वा संस्थागत स्वामित्वको घर जग्गा स्मारक संरक्षणको दृष्णिकोणले आवश्यक ठानेमा सो सम्पत्ति जुनसुकै प्रकृतिको भएपनि सोको उपयुक्त मूल्याङ्कन गरी सोही मूल्यको आधारमा किन्न सक्ने । · प्राचीन स्मारक संरक्षणको दृष्टिकोणले महत्वपूर्ण मानिएको सम्पत्तिमा उपर्युक्त कानूनी व्यवस्था अन्तर्गतको प्रक्रिया समेत पूरा नगरी फिल्डबुकमा “थुम्को” जनिएकै आधारमा पुरातत्व विभागबाट उत्खनन्को कार्य जारी राखेको र मालपोत कार्यालयले उक्त विवादित जग्गा निवेदकहरूका नाउँमा दा.खा. दर्ता गर्ने गरेको निर्णयको सम्बन्धमा कुनै व्यहोरा उल्लेख नगरी थप प्रमाण पेश नगरेको भन्ने अमुक लेखाइसम्मको आधारमा सो जग्गा पुनः तत्कालीन श्री ५ को सरकारको नाममा सार्वजनिक व्यहोरा जनाई दर्ता गर्ने गरी भएको निर्णय कानून एवं न्यायसंगत नदेखिँने । (प्रकरण नं.६) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री शरद खड्का अवलम्वित नजीरः सम्बद्ध कानूनः · मालपोत ऐन, २०३४ को दफा २(ख३) आदेश न्या. प्रेम शर्मा : तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– ललितपुर क्वालखुटोलमा माहिला मुसलमानका घरदेखि उत्तर, बाजे सुब्बा खड्गभक्तकै घरदेखि दक्षिण, सत्तल कान्छा कुश्लेको घरदेखि पूर्व, नन्द साहूका बगैंचादेखि पश्चिम यति ४ किल्लाभित्रको अवल पाखो ९९ सालदेखि बाली तिर्ने गरी हाम्रो बाजे सुब्बा खड्गभक्त, राजभण्डारीका नाउँमा नम्बरी दर्ता भएको ९९ सालको न.नं.३९७४ को रैतानी नम्बरीको क्षेत्रफल ।३।। को पाखो जग्गा , उक्त पाखादेखि दक्षिणमा रहेको हनिफ मियाँ राइको नाउँबाट बाजे खड्गभक्तको नाउँमा २०००।१०।१२ मा दा.खा. दर्ता गराई लिएको र.नं. ३९५३ को पाखो ।।५ जग्गा र उक्त रै.नं.३९७४ को पाखोदेखि पश्चिममा रहेको रत्नदास कारंजितका नाउँबाट बाजे खड्गभक्तका नाउँमा दा.खा. दर्ता गराई लिएको रै.नं. ३९५६ को पाखो ।।५ जग्गा समेत सिमाना पर्खाल कम्पाउण्ड लगाई भोगचलन गरी आएको र सर्वे नापी हुँदा उक्त जग्गा ललितपुर उप–महानगरपालिका वडा नं.१४ कि.नं.२६२ क्षेत्रफल ०–१२–०–३ कायम भएको थियो । निवेदकहरूको हक लाग्ने उक्त जग्गा नापीमा उपस्थित हुन नसक्दा सो जग्गा थुम्को जनिएको सम्म हो, तर कुनै सार्वजनिक प्रकृतिको जग्गा होइन । बाजे खड्गभक्तको परलोक पश्चात बाबु रामभक्त आमा गंगादेवी र हामी छोराहरूले भोग गर्दै आएकोमा उक्त पाखो जग्गामा रहेको पर्खाल र कि.नं. २३१ को जग्गामा रहेको पर्खाललाई कौशल्येश्वरी मिश्रले दावी गरी चलेको हक कायम मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०४३।१२।२९ मा दावी नपुग्ने ठहर भएपछि मालपोत