निर्णय नं. १०६७२ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६७२ - सवारी ज्यान भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/०७/०७ ३४८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७६।७।७ ०७२-CR-१००८ मुद्दा: सवारी ज्यान निवेदक / वादी : विशम्भर यादवको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : भारत, जिल्ला गोरखपुर थाना कैन्ट, ग्राम मोतिपुर, कुडाधर स्थायी वतन भई हाल भारत, जिल्ला कुशीनगर, थाना कसहिया, ग्राम सामपुर बस्ने रामवृक्ष सिंह सवारी तथा यातायात व्यवस्थासम्बन्धी ऐन, २०४९ को दफा ५२ मा नै त्यस्तो व्यक्तिले कुनै परीक्षा दिनुपर्ने छैन भन्‍ने व्यवस्था भएबाट निजको योग्यता परीक्षण नहुने स्पष्‍ट भएको र त्यसरी दरखास्त दिनुपर्ने व्यवस्था एउटा प्रक्रियाको रूपमा मात्र रहेको देखिन्छ । त्यसबापतमा निजले कुनै दण्ड जरिवाना भोग्नुपर्ने व्यवस्था रहेको नदेखिने । (प्रकरण नं.९) निवेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री चन्द्रकुमार पोखरेल विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री चन्द्रमणि ज्ञवाली रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण मा. न्यायाधीश श्री अब्दुल अजीज मुसलमान पुनरावेदन अदालत बुटवल फैसला न्या.सुष्मालता माथेमा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड रूपन्देही जिल्ला, गोनाहा गा.वि.स. वडा नं. ६ स्थित सिद्धार्थ सिमेन्ट उद्योग कम्पाउन्डको उत्तर भागमा जीपसम गोदाम छिर्ने दक्षिणतर्फबाट १० फिट चौडाईको कच्ची सडक रहेको, जिपसम गोदाम छिर्ने मूलद्वारदेखि १६ फिट उत्तरमा बाटोको पूर्वी किनारमा टाउकोको भाग किची फुटी गिदी छरपस्ट भएको अवस्थामा प्लाष्टिकको पहेंलो रङ्गको बोरामाथि उत्तर टाउको, दक्षिण खुट्टा, भुइँमा उत्तानो अवस्थामा अकलेस यादवको मृत लास रहेको, लासको टाउकोको भागदेखि उत्तरमा ना.१ क २८४८ नं. को लोडर गाडीको इन्जिनतर्फको अगाडिको बायाँ टायर रहेको, सो टायरमा रगत जस्तो रातो तरल पदार्थ लागेको, लासको टाउकोदेखि २५ से.मि. पूर्वसम्म टाउकोबाट आएको गिदी छरपस्ट भएको भन्नेसमेत बेहोराको मिति २०७०।५।२९ गतेको घटनास्थल लासजाँच मुचुल्का । मेरो भतिजा अकलेश यादव बिगत ३ महिनादेखि सिद्धार्थ सिमेन्ट उद्योगमा लेवर काम गर्दै आइरहेकोमा मिति २०७०।५।२८ गते राति डिउटी भएकोले निज सो उद्योगमा काम गर्न गएको अवस्थामा मिति २०७०।५।२९ गते बिहान ४ बजे सोही उद्योगको ना.१ क २८४८ नं. को डोजरले किची घटनास्थलमा नै मृत्यु भएको कुरा जानकारी हुन आएकोले घटनास्थलमा गई हेर्दा डोजर चालक फरार रहेको हुँदा निज चालकलाई पक्राउ गरी कानूनबमोजिम सजाय गरी क्षतिपूर्ति र क्रियाखर्चको रकमसमेत दिलाइपाउँ भन्नेसमेत बेहोराको विशम्भर यादवको जाहेरी दरखास्त । मृतक पक्षले पाउनुपर्ने क्रियाखर्च तथा क्षतिपूर्तिबापतको रकम रू.५,००,०००।– मृतक अकलेश यादवको बाबु चिखुरी अहिरले बुझी लिएको भन्ने भरपाई कागज । विशम्भर यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ना.१ क २८४८ नं. को डोजर चालक भएको सवारी ज्यान मुद्दामा वारदातपश्चात् फरार रहेका डोजर चालकको खोजतलास गर्दै सुराक पत्ता