निर्णय नं. १०६६९ - लागु औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६६९ - लागु औषध भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/०८/१० २६९५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।८।१० मुद्दाः लागु औषध (चरेस) ०७१-CR-०९३९ पुनरावेदक / प्रतिवादी : रामेछाप जिल्ला प्रिती गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको वर्ष २३ को साजन राई भन्ने सुजनकुमार सुनुवार विरूद्ध प्रत्यर्थी / वादी : विरेन्द्र राजभण्डारीसमेतको जाहेरीले नेपाल सरकार ०७३-CR-११६१ पुनरावेदक / प्रतिवादी : धादिङ जिल्ला बैरेनी गा.वि.स. वडा नं. ५ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको सुक्रे भन्ने सुकराम तामाङ विरूद्ध प्रत्यर्थी / वादी : विरेन्द्र राजभण्डारीसमेतको जाहेरीले नेपाल सरकार ०७३-CR-११६२ पुनरावेदक / प्रतिवादी : काठमाडौं बाडभन्ज्याङ गा.वि.स. वडा नं. ९ घर भई सितापाइला बस्ने हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा थुनामा रहेको शुकुबहादुर तामाङ विरूद्ध प्रत्यर्थी / वादी : विरेन्द्रराज राजभण्डारीको जाहेरीले नेपाल सरकार स्पष्ट कानूनी मार्गदर्शनको शून्यतामा विधायिकी मनसायअनुरूप कानूनको व्याख्याका क्रममा प्रतिपादन हुने कानूनी सिद्धान्त नै नजिरको रूपमा रहने हुँदा यो विषय धेरै हदसम्म मुद्दाको तथ्य, प्रचलित कानूनी व्यवस्था र उपलब्ध प्रमाणसँगको त्रिकोणात्मक आयामको रूपमा परिभाषित हुन्छ l अर्थात्, मुद्दाको तथ्य नमिलेसम्म त्यस्तो नजिर उद्धृत गरिनुले मात्र त्यसको अर्थपूर्ण सम्बन्ध स्थापित हुन सक्तैन l कुनै न्यायिक निर्णय सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्तको विपरीत छ भनी जिकिर लिँदा त्यस्तो जिकिरकर्ताले फैसलामा लिइएको के कुन आधार त्यसरी प्रतिपादित के कुन नजिर सिद्धान्त प्रतिकूल वा अनुकूल छ भनी पक्षको हकहित स्थापित हुने उद्देश्यले स्पष्ट रूपमा उल्लेख गर्नुपर्दछ अनि मात्र त्यस्तो जिकिरलाई अदालतले मुद्दाको अभिन्न अंशको रूपमा हेरी विवेचना गर्नुपर्ने विषय बन्न जाने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री रामप्रसाद ढुङ्गेल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०५७, अङ्क २, नि.नं.६८६१ ने.का.प.२०६४, अङ्क ३, नि.नं.७८२९ ने.का.प.२०६६, अङ्क १०, नि.नं.८२४३ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री जगतप्रसाद श्रेष्ठ काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री नागेन्द्रलाभ कर्ण मा. न्यायाधीश श्री सहदेवप्रसाद बास्तोला उच्च अदालत पाटन फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : मुद्दाको तथ्य मिति २०६६/५/२३ गते दिनको अन्दाजी १२:३० देखि १४:१५ बजेको समयमा म जाहेरवालाको काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका (का.जि.का.म.न.पा.) वडा नं.१३ बाफल कुमारीगाल गल्लीस्थित घरबाट अपरिचित चोरहरूले घरको मूलढोका फुटाई भित्र प्रवेश गरी छोरी स्वर्णिमा राजभण्डारी तथा दिदी रजनी राजभण्डारीसमेतको कोठाको लक तोडीभित्र प्रवेश गरी घरमा भएको नगद र सुनचाँदीका गरगहना गरी रू.१२,६९,५००।- (बाह्र लाख उनान्सत्तरी हजार पाँच सय) मूल्य बराबरका धनमाल चोरी गरी लगेको हुँदा चोरी