निर्णय नं. १०६७३ - हकसफा गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६७३ - हकसफा गरिपाऊँ भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०३/२६ २७९४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७६।३।२६ ०७२-DF-०००५ मुद्दाः हकसफा गरिपाऊँ पुनरावेदक / वादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं.२ बस्ने बुद्धिकुमार गोसाई विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. २ बस्ने जसमाया गोसाई लेनदेन व्यवहारको १० नं. को अवस्था रहेकोमा सँगै बसेका हकवाला वा अंशियारले सोही महलको ११ नं. को व्यवस्थाबमोजिम तोकिएको हदम्यादभित्र निखन्न नगएकोले निजको हक समाप्त भएको अर्थ गरी प्राथमिकताको क्रममा रहेका अन्य हकवाला वा मोहीले निखन्न पाउने हक स्वतः सिर्जना भएको र लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाबमोजिम लिखत बदरतर्फ माग गर्न पाउने सँगै बसेका हकवाला वा अंशियारले आफ्नो हक परित्याग गरेको अर्थ गर्न मिल्ने नदेखिने । लेनदेन व्यवहारको १० नं. को व्यवस्था सँगै बसेका अंशियार हकवालाको हकको सम्पत्ति निजको मन्जुरी र सहमतिबेगर बिक्री वा अन्य तवरले हक हस्तान्तरण भएको अवस्थामा त्यस्तो व्यवहारको लिखत बदर गराई आफ्नो हक स्थापित गराउन पाउने कानूनी व्यवस्था हो भने ऐ. ११ नं. को व्यवस्था सँगै बसेका अंशियार हकवालाको हकमा आकर्षित हुने नभई कानूनबमोजिमका अन्य हकवालालाई सन्धिसर्पनमा समस्या पर्ने गरी हक हस्तान्तरण भएमा सन्धिसर्पन पर्ने नजिकको हकवालाले त्यस्तो सम्पत्ति निखनी लिन पाउने र त्यस्तो हकवालाले ननिखनेमा जग्गाको हकमा मोहीले र घरको कुनै हिस्साको हकमा सन्धिसर्पन पर्ने नजिकको अन्य व्यक्तिले पनि निखन्न पाउने व्यवस्था रहने । लिखत बदर गराउन साधिकार निकायमा माग गर्न पाउने हदम्याद बाँकी रहेकै अवस्थामा निखन्न पाउने हदम्यादभित्र निखन्‍न माग नगरेकै आधारमा मोहीले निखन्न पाउने अवस्था सिर्जना भएको र त्यसपश्‍चात् उक्त १० नं. को व्यवस्थाबमोजिम सँग बसेका अंशियार हकवालाले लिखत बदरतर्फ माग गर्न नपाउने भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.२०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री लक्ष्मीबहादुर निराला, श्री बालकृष्ण नेउपाने, श्री मुक्ति प्रधान, श्री बालमुकुन्द श्रेष्ठ तथा विद्वान्‌ अधिवक्ता श्री ज्ञानेन्द्र कार्की प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री विश्वप्रकाश सिग्देल, विद्वान्‌ अधिवक्ताहरू श्री सुनिल पोखरेल र श्री चन्द्रमणि पौडेल अवलम्बित नजिर : ने.का.प.२०६६, अङ्क ८, नि.नं.८२१० ने.का.प.२०६४, अङ्क ४, नि.नं.७८३२ सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू फैसला गर्नेः- मा.जि.न्या.श्री बलभद्र बास्तोला भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्या.श्री पुरूषोत्तम भण्डारी मा.न्या.श्री सारदाप्रसाद घिमिरे पुनरावेदन अदालत पाटन यस अदालतबाट फैसला गर्नेः- मा.न्या.श्री दीपकराज जोशी मा.न्या.श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत, पाटनको मिति २०६६/६/२० को फैसलाउपर तत्काल प्रचलित न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) र (ख) बमोजिम वादी बुद्धिकुमार गोसाईको तर्फबाट परेको निवेदनमा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई यस अदालतको संयुक्त इजलाससमक्ष पेस हुँदा माननीय न्यायाधीशहरूबिच रायमा मतैक