निर्णय नं. १०६७५ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६७५ - परमादेश भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७८/०२/११ २३०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल आदेश मिति : २०७८।२।११ ०७७-WO-१११३ मुद्दा : परमादेश निवेदक : जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ५ बस्ने अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकर (हरिजन) समेत विरूद्ध विपक्षी : नेपाल सरकारको प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सिंहदरबार काठमाडौंसमेत स्वास्थ्यको अधिकारअन्तर्गत स्वतन्त्रता (Freedom) र हक (Entitlements) दुवै पर्दछन् । स्वास्थ्यको हक (Entitlements) ले स्वास्थ्य सुरक्षाको प्रणालीबाट संरक्षणको अधिकार समावेश गर्दछ । स्वास्थ्यको अधिकारभित्र स्वास्थ्य हेरचाह (Health Care), आवश्यक सेवाको उपलब्धता (Availability), पहुँचयोग्य (Accessibility) त्यो पनि विनाभेदभाव (Non-discrimination) र पहुँचको कुरा गर्दा शारीरिक पहुँच (Physical Accessibility), खर्च वहन गर्ने सामर्थ्य (Affordable), सूचनाको पहुँच भएको (Information Accessibility), स्वीकारयोग्य (Acceptability) तथा गुणस्तरीय स्वास्थ्य सेवा (Quality Health Service) पर्दछ । नागरिकका यी हकहरूको संरक्षण र परिपालना गर्नु, गराउनु राज्यको दायित्व हुने । (प्रकरण नं.६) स्वास्थ्यको अधिकारको सम्मान, संरक्षण र परिपूरण गरिएमा मात्र जीवनको अधिकारको पूर्ण अनुभूत गर्ने वातावरण बन्दछ । त्यसैले स्वास्थ्यको अधिकारलाई अन्य सामान्य अधिकार जस्तो नहेरी राज्यले छिटो र प्रभावकारी ढङ्गबाट पूर्ण अनुभूत गराउने विषयको रूपमा हेर्नुपर्ने । (प्रकरण नं.८) स्वास्थ्य उपचारको अधिकार (Right to Health) मानिसको बाँच्न पाउने हक (Right to Life) सँग प्रत्यक्षरूपमा परस्परमा जोडिएको हुँदा यो अधिकारसँग कुनै पनि कारण सम्झौता (Compromise) गर्न नसकिने । (प्रकरण नं.९) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठी, अधिवक्ताहरू श्री किर्तिनाथ शर्मा पौडेल, श्री विकास भट्टराई, श्री पंकजकुमार कर्ण, श्री अमिता गौतम पौडेल, श्री मोहना अन्सारी, श्री तुल्सीराम पोखरेल, श्री मनिषकुमार श्रेष्ठ, श्री शैलेन्द्रप्रसाद अम्बेडकर, श्री नवराज पाण्डे, श्री गोविन्दराज बर्तौला, श्री झल बि.क, श्री रामबहादुर शाही, श्री तेजकुमार अर्याल, श्री बीरभद्र जोशी, श्री सन्तोष भण्डारी विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ एवम् १३३ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्‍त तथ्य र आदेश यसप्रकार रहेको छः- तथ्य खण्ड मानिसको लागि सबैभन्दा महत्त्वपूर्ण उसको जीवन हुन्छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीको असर नेपालमा पनि गम्भीर रूपमा परेको छ । पछिल्ला दिनहरूमा नेपालमा कोभिड-१९ बाट सङ्क्रमित नागरिकहरूको दर र मृत्युदर पनि दिनानुदिन बढिरहेको कुरा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क एवम् विभिन्न जिल्ला स्थित जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको तथ्याङ्कहरूबाट समेत देखिएको छ । रूपन्देही, बाँके, दाङ, कैलाली, कञ्चनपुर, पर्सालगायत जिल्लाहरूमा अक्सिजन, भेन्टिलेटर, बेडहरूको पर्याप्त व्यवस्था ह