निर्णय नं. १०६७९ - वैदेशिक रोजगार कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६७९ - वैदेशिक रोजगार कसुर भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/०९/१६ १५५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।९।१६ ०७४-CR-१४१६ मुद्दाः वैदेशिक रोजगार कसुर पुनरावेदक / वादी : लालबहादुर वटालासमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला चितवन, दिव्यनगर गा.वि.स. वडा नं.३ हाल चित्रवन न.पा. वडा नं.१४ बस्ने रामबहादुर भुजेलकी श्रीमती सिर्जना भुजेल सहप्रतिवादीको बयान पोलका आधारमा मात्र कोही कसैलाई कसुर गरेको ठहर गर्न प्रमाणमा ग्रहण गरिँदैन तर सो सबै अवस्थामा लागु हुन्छ भन्‍ने नहुने । वारदातको अवस्था र स्थिति तथा त्यस्तो बयानलाई अन्य स्वतन्त्र कागज प्रमाणहरूले समर्थन गरेको अवस्था भएमा प्रमाणमा लिन सकिने नै हुन्छ । वस्तुनिष्ठ प्रमाणको अभावमा आरोप लगाइएको आधारमा मात्र कसैलाई फौजदारी कसुरको कसुरदार मान्न नमिल्ने । कुनै अपराधमा आरोपित व्यक्तिको संलग्नता प्रमाणले जुन तहसम्म पुष्टि गर्दछ सोही तहसम्मको कानूनले तोकेको सजाय कसुरदारले भोग्नुपर्ने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री रेवन्तबहादुर कुँवर सदस्य श्री देवेन्द्रराज ढकाल वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(क) र वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड हामी जाहेरवालाहरू लालबहादुर वटाला, अर्जुनबहादुर पौडेल, विष्णुबहादुर भुजेल र मीनाकुमारी महतो (पीडित मेघनाथ महतो) लाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई सेक्युरिटी गार्डमा रोजगारी दिलाइदिन्छु भनी प्रतिवादीले हामी जाहेरवालाहरूबाट जनही रू.५,८०,०००।- बुझी लिई कम्बोडिया मुलुकमा पुर्‍याई भनेबमोजिम काम लगाउन नसकी हामी नेपाल फर्की आएको हुँदा हामी जाहेरवालाहरू लालबहादुर वटाला, अर्जुनबहादुर पौडेल, विष्णुबहादुर भुजेल र मीनाकुमारी महतो (पीडित मेघनाथ महतो) बाट देहायबमोजिमको बुझिलिएको प्रतिव्यक्ति रू.५,८०,०००।- र सोको ५० प्रतिशत हुन आउने हर्जानाबापत समेतको रकम दिलाई भराइपाउँ भन्‍नेसमेत बेहोराको जाहेरवालाहरूले दिएको जाहेरी दरखास्त । सि. नं. जाहेरवालाहरूको नाम बिगो रकम ५० प्रतिशत अन्य खर्च जम्मा १ लालबहादुर वटाला रू.५,८०,०००।- रू.२,९०,०००।- रू.४२,०००।- रू.९,१२,०००।- २ अर्जुनबहादुर भुजेल रू.५,८०,०००।- रू.२,९०,०००।- रू.४२,०००।- रू.९,१२,०००।- ३ विष्णुबहादुर भुजेल रू.५,८०,०००।- रू.२,९०,०००।- रू.८,७०,०००।- ४ मेघनाथ महतो रू.५,८०,०००।- रू.२,९०,०००।- रू.८,७०,०००।- जम्मारू.२३,२०,०००।-रू.११,६०,०००।-रू.८४,०००।-रू.३५,६४,०००।- प्रतिवादी अर्जुन महतोले जाहेरवालाहरू लालबहादुर वटाला, अर्जुनबहादुर पौडेल, विष्णुबहादुर भुजेल र मेघनाथ महतो वैदेशिक रोजगारको लागि कम्बोडिया मुलुकमा पठाई रोजगारी दिलाइदिने भनी जाहेरवालाहरूबाट जनही रू.५,८०,०००।- का दरले रकम बुझिलिई गरिदिएको सक्‍कल लिखत कागजहरू । प्रतिवादी अर्जुन महतोले मेरो फुपू सिर्जना भुजेलले वैदेशिक रोजगारका लागि मानिसहरू कम्बोडिया पठाउने गरेकोमा यी जाहेरवालाहरू विदेश जाने कुरा मेरो फुपूसँग ग