निर्णय नं. १०६८२ - जबरजस्ती करणी र गर्भपतन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६८२ - जबरजस्ती करणी र गर्भपतन भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०४/१४ ५४४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।४।१४ ०७४-CR-०२०५ मुद्दा : जबरजस्ती करणी र गर्भपतन पुनरावेदक / प्रतिवादी : जिल्ला बैतडी, दशरथचन्द नगरपालिका वडा नं.९ घर भई हाल कारागार कार्यालय बैतडीमा थुनामा रहेका गोपाल दत्त भट्टका छोरा दुर्गादत्त भट्ट विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम ‘प’ कुमारीको जाहेरीले नेपाल सरकार महिलाको शरीर र अस्मिता विरूद्ध हुने जघन्य अपराधमा पीडितको भनाइलाई अदालतले अत्यन्त गम्भीरताको साथ लिनुपर्ने हुन्छ । जबरजस्ती करणी मुद्दाको पहिलो साक्षी भनेको पीडित आफैँ हो । अरू प्रत्यक्ष प्रमाणहरूसँग बाझिएको, पीडितको भनाइमा निकै विरोधाभाष देखिएको, पीडितको भनाइ कृत्रिम र बनावटी देखिएको जस्ता अवस्थाहरूमा बाहेक सामान्यतः अदालतले पीडितको भनाइलाई प्रमाणको रूपमा लिनुपर्ने । (प्रकरण नं.७) वारदातको प्रकृति तथा संवेदनशीलता, पीडितको सानो उमेर, शारीरिक र मानसिक अपरिपक्वता, शारीरिक र मानसिक अपाङ्गता, न्यून शैक्षिक चेतनास्तर, पारिवारिक तथा सामाजिक प्रतिष्ठामा आँच आउने डर, भौगोलिक विकटता, न्यून आर्थिक अवस्था, सांस्कृतिक परिवेशसमेतका कारण समाजमा कलंकित (Stigmatized) हुने डर तथा वारदातपश्चात् पीडितमा पर्न गएको शारीरिक र मानसिक विक्षिप्‍तताका साथै समाजले पुर्‍याउन सक्ने थप पीडाको डर (Fear of being more Victimized) र समाजमा पीडकको हैसियत जस्ता तत्त्वहरूले जबरजस्ती करणी जस्ता महिलाको अस्तित्वसँग जोडेर हेरिने अपराधमा ढिलो जाहेरी पर्न सक्ने अवस्थाको विद्यमानता रहन्छ । त्यसकारण न्यायकर्ताले यस्ता जघन्य अपराधको पीडित तथा पीडित रहेको समाजको पृष्ठभूमि र परिवेशलगायतका वास्तविकताहरूलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री रजितभक्त प्रधानाङ्ग र श्री कृष्णप्रसाद सापकोटा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायावधिक्ता श्री सोमकान्त भण्डारी अवलम्बित नजिर : ने.का.प.२०६७, अङ्क ९, नि.नं.८४६९ ने.का.प.२०७४, अङ्क १२, नि.नं.९९१० ने.का.प.२०७५, अङ्क ३, नि.नं.९९६९ ने.का.प.२०७५, अङ्क ५, नि.नं.१०००७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री ध्रुवकुमार शाह बैतडी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्‍याल माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण उच्‍च अदालत दिपायल, महेन्द्रनगर इजलास फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) (ख) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०७२।०८।०६ गते‚ ८ गते, ९ गते र १० गते गरी ४ पटक विद्यालयको छुट्टी भइसकेपश्चात् अन्दाजी ४ बजेको समयमा म अध्ययन गर्ने श्री शिव प्राथमिक विद्यालयका शिक्षक दुर्गादत्त भट्टले मेरो हात समाती कक्षा ४ को कोठामा लगी झाडी सफा गर्ने र दाउरा बनाउने बनास देखाई कसैसँग भन्यो भने काटी दिन्छु भनी डराई धम्काई जबरजस्ती करणी गरेको र सोही करणीका कारण म गर्भवती भएपश्चात् मलाई औषधी खुवाई मिति २०७२।१०।२० गते मेरो गर्भपतन भएको हुँदा निजलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहो