निर्णय नं. १०६८६ - लागु औषध (ब्राउन सुगर)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६८६ - लागु औषध (ब्राउन सुगर) भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०२/२० ३५३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।२।२० ०७५-CR-०६१२ मुद्दा : लागु औषध (ब्राउन सुगर) पुनरावेदक / वादी : प्रहरी हवल्दार प्रभु कोहारको प्रतिवेदन जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला रूपन्देही, सैनामैना नगरपालिका वडा नं. ४ बस्ने धनबहादुर कार्कीको छोरा राजन कार्की लागु औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ मा “साथमा” भन्ने बेहोरा उल्लेख भएकोबाट अभियुक्तको शरीर, निजले बोकेको वा निजको स्वामित्वको मालवस्तु र अन्य कुनै तेस्रो व्यक्तिको उपस्थिति नरहेको सवारी साधन, वाहन आदिमा फेला परेको हुनुपर्ने । (प्रकरण नं.६) मानिसहरूको नियमित आउजाउ भइरहने बसपार्क जस्तो सार्वजनिक स्थलमा बस कुरिरहेको प्रतिवादी नजिकै भुइँमा भेटिएको लागु औषध यिनै प्रतिवादीले फालेको हो भनी यकिन गर्ने अवस्था नरहने । यी प्रतिवादी उभिएको स्थान नजिक बरामदित लागु औषध भेटिनु नै निज प्रतिवादीउपरको अभियोग कसुर प्रमाणित गर्ने ठोस आधार बन्न नसक्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलाश के.सी. प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क १, नि.नं.९९३५ सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ प्रमाण ऐन, २०३१ सुरू फैसला गर्नेः- माननीय न्यायाधीश श्री श्रीप्रसाद संजेल रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री नारायणप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री शकुन्तला घिमिरे उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) (ग) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ:- तथ्य खण्ड जिल्ला रूपन्देही, सि.न.पा.वडा नं.१३ बसपार्कस्थित शंकास्पद अवस्थामा उभिएका राजन कार्कीभन्दा ५० सेन्टिमिटर बाँयातर्फ भुइँमा लागु औषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ २ पुरिया फेला पारी तौल गर्दा २ ग्राम २०० मिलिग्राम रहेको भन्ने बेहोराको बरामदी तथा खानतलासी मुचुल्का । मिति २०७२।०६।१९ गतेका दिन बेलुका भारतको सुनौली बजारबाट लागु औषध ओसारपसार हुँदैछ भन्ने गोप्य रूपमा जानकारीप्राप्त हुनासाथ यस कार्यालयबाट मसमेतको टोली खटी जिल्ला रूपन्देही सि.न.पा.वडा नं.१३ बसपार्कस्थित शंकास्पद अवस्थामा उभिएका राजन कार्कीभन्दा ५० सेन्टिमिटर बायाँतर्फ भुइँमा लागु औषध ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ २ पुरिया फेला पारी तौल गर्दा २ ग्राम २०० मिलिग्राम रहेकोले सो लागु औषधसहित मानिस पक्राउ गरी दाखिला गरेको भन्ने बेहोराको प्रहरी प्रतिवेदन । प्रतिवादीको साथबाट बरामद भई आएको लागु औषध नमुना परीक्षणको लागि पठाइएको भन्ने बेहोराको मिति २०७२।०६।२० गतेको लागु औषध नमुना मुचुल्का । मिति २०७२।०६।१९ गतेका दिन म घरबाट लागु औषध सेवन गर्ने र ल्याउने भनी सोची भारतको सुनौली बजारमा गई घुमफिर गरी सुनौली बजारमा रहेको समिर मेडिकलमा मात्र ५० एम.एल को लागु औषध कोरेक्स सेवन गरी घरतर्फ जान भनी सि.न.पा.१३ भैरहवा बसपार्क आई बसपार्कको यात्रु प्रतिक्षालयको सिमेन्ट बेञ्चमा बसिरहेको समयमा प्रहरी कर्मचारी आई मलाई सोधपुछ गरी मेरो शरीर खानतलासी गर्दा लागु औषध मुद्धासँग प्रमाण