निर्णय नं. १०६८७ - बैंकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६८७ - बैंकिङ कसुर भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०९/१३ १९३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।९।१३ मुद्दाः बैंकिङ कसुर ०७१-RB-०२५२ पुनरावेदक / वादी : हिमालयन बैंक भरतपुर शाखाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला धादिङ, बुढाथुम गा.वि.स. वडा नं.७ घर भई चितवन जिल्ला भरतपुर न.पा. वडा नं.९ बस्ने शेरबहादुर थापासमेत ०७१-RB-०२५१ पुनरावेदक / प्रतिवादी : जिल्ला नवलपरासी, गा.वि.स. गैंडाकोट, वडा नं.२ बस्ने प्रकाश बराल विरूद्ध प्रत्यर्थी / वादी : हिमालयन बैंक भरतपुर शाखाको जाहेरीले नेपाल सरकार ०७१-RB-०१४५ पुनरावेदक / प्रतिवादी : जिल्ला धादिङ, साबिक बुढाथुम गा.वि.स. वडा नं.७ हाल जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं.९ गोन्द्राङ घर भई हाल कारागार भिमफेदी मकवानपुरमा थुनामा रहेको शेरबहादुर थापा विरूद्ध प्रत्यर्थी / वादी : हिमालयन बैंक भरतपुर शाखाको जाहेरीले नेपाल सरकार अभियोगपत्रमा सजायको माग दाबी गर्दा सम्बद्ध कानूनको दफा उपदफा खण्ड सबै खुलाई स्पष्ट दाबी लिनुपर्ने । (प्रकरण नं.४) सर्वसाधारणको निक्षेप स्वीकार गरी बैंकिङ व्यवसाय गर्ने बैंकले आफूसमक्ष सङ्कलित हुन आएको रकमको हिसाब किताब दुरूस्त छ वा छैन, आफूले जिम्मा लिएको रकम कहीँकतैबाट हिनामिना भएको छ वा छैन, भनी समुचित सुरक्षाको प्रबन्ध नगरेको कारणबाट निक्षेपकर्ताको रकम जोखिममा पर्ने गरी बैंकको बिगो नै अलपत्र पार्ने गरी सफाइ दिन मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हिरा रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ पुनरावेदन अदालत हेटौंडा फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम पुनरावेदनको रोहबाट दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः जिल्ला चितवन जुटपानी गा.वि.स. वडा नं.२ सुर्यपुर बस्ने टुँगकुमारी घिमिरेको खाता नं.००८००७८९६७००१७ बाट यस बैंकमा सुपरभाइजर पदमा कार्यरत शेरबहादुर थापाले रू.४४,२२,०००।- झिकी मासी खाएकोले सो सम्बन्धमा आवश्यक अनुसन्धान कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको हिमालयन बैंक भरतपुर शाखाको पत्र । म इ.सं.२००४ सालमा रोजगारको लागि साइप्रस गएकी हुँ । जानुभन्दा पहिले हिमालयन बैंकमा खाता खोलेकी र विदेशमा कमाएको पैसा पटकपटक गरी सो खातामा जम्मा हुने गरी पठाएकी थिएँ । पैसा जम्मा भयो भएन भनी फोन गरी सोध्ने क्रममा फोनमार्फत सो बैंकका कर्मचारी शेरबहादुर थापा भन्नेसँग चिनजान भयो । निजले मोबाइल नं. समेत दिएका थिए । २०६९ साल चैत्र महिनाको अन्ततिर नेपाल आएपछि बैंकमा गई शेरबहादुर थापालाई मेरो एकाउन्टमा कति पैसा छ हेरी दिनुहोस् भन्दा पैंतालिस लाखजति छ, अहिले कम्प्युटर बिग्रेकोले हेर्न मिल्दैन भनेका थिए । मिति २०७०।१।२२ गते काठमाडौंमा गई आफ्नो खाताको पैसा झिक्न बैंकमा जाँदा जम्मा रू.११,०००।– मात्र भएको थाहा पाएँ । निज शेरबहादुर थापाले मेरो खाताको रू.४४,२२,०००।- रकम हिनामिना गरेका रहेछन् भन्नेसमेत बेहोराको टुँगकुमारी घिमिरेले गरेको कागज । मैले यस बैंकको कनि