निर्णय नं. १०६८९ - मिलापत्र बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६८९ - मिलापत्र बदर भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७६/१०/२२ ४३८२ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७६।१०।२२ ०७३-CI-१०६६ मुद्दा : मिलापत्र बदर पुनरावेदक / प्रतिवादी : जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं.२ बस्ने राधाकान्त झाको छोरा प्रविणकुमार झासमेत विरूद्ध विपक्षी / वादी : जिल्ला सप्तरी, राजविराज नागरपालिका वडा नं.२ घर भई हाल ऐ. गा.वि.स. बरही विरपुर वाड नं.६ माइतीमा बस्ने प्रविणकुमार झाको पत्नी वर्ष २२ की राखीकुमारी झा अंशको हक सगोलका अंशियार भएका नाताले स्वत: प्राप्त गर्ने हक हुँदा अंश जस्तो नैसर्गिक कानूनी हकलाई कुनै प्रक्रियाबाट निष्क्रिय वा सङ्कुचित पार्ने गरी भएका कुनै लिखतले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । परिवारको एक सदस्यको अंश मार्ने उद्देश्यले आफ्नो पतिबाट पाउने सम्पत्तिलाई अस्वाभाविक रूपमा कम गरी भएको मिलापत्र कानून एवम् न्यायोचित नदेखिने । व्यक्तिको नैसर्गिक हकलाई निष्क्रिय वा सङ्कुचित गरी हक अधिकारबाट वञ्चित गराउनका लागि भएको मिलापत्रले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.२) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र विद्वान् अधिवक्ताहरू श्री देवेन्द्र झा, श्री पुनम झा ठाकुर विपक्षी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६८, अङ्क ९, नि.नं.८६९० सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री राजेन्द्र अधिकरी सप्तरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय मुख्य न्याधीश श्री कुमार चुडाल माननीय न्यायाधीश श्री उमेशकुमार सिंह पुनरावेदन अदालत राजविराज फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यसप्रकार छ:- तथ्य खण्ड मुलपुर्खा राधाकान्त झाको १ मात्र पत्नी विपक्षी मोतीदेवी भई निजहरूका ३ जना छोरामा जेठा विपक्षी जेठाजु अरविन्द झा माहिला नविन झा र कान्छा पति लोग्ने प्रविणकुमार झा रहनु भई मलाई विपक्षीहरूले खान लाउन नदिई घरबाट निकाला गरी दिएकाले यसै अदालतमा CP-१२८४ को अंश दर्ता मुद्दा २०६९।१२।७ मा दायर गरेकी छु । विपक्षीहरूले मलाई अंशबाट वञ्चित गराउने उद्देश्यले २०६९।१२।७ मा सा.दे.नं. CP-१२७३ को अंश मुद्दा मिलापत्र गर्दा फिरादीका पति प्रविणकुमार झालाई मलेठ गा.वि.स. वडा नं. ७(क) अन्तर्गतको कि.नं. ८२ को ०-१-३ जग्गा र नगद रू. ५०,०००।- लिई दिई बाँकी धेरै मोल पर्ने सम्पूर्ण घर जग्गा अन्य प्रतिवादीले राखी मिलापत्र गरेकाले मेरो भागमा पर्न आउने हक अंशबाट वञ्चित भएकी हुँदा उक्त मिति २०६९।१२।७ गतेको मिलापत्र बदर गरिपाउँ भन्नेसहित वादी दाबी । प्रतिवादी प्रविणकुमार झा हामी प्रतिवादी राधाकान्त र मोती देवीको छोरा हुन् र यी वादी निज प्रविणकुमारकी पत्नी भएकीले हाम्रो अंशियार होइन अ.बं. ८२ नं. र ८६ नं. को कानूनी व्यवस्था मूल अंशियारबिचको भएकाले वादी दाबीबाट फुर्सद पाउँ भन्नेसमेत प्रतिवादी राधाकान्त झा, अरविन्दकुमार झा, नविनकुमार झा, मोतीदेवी झासमेतको संयुक्त प्रतिउत्तर पत्र । विपक्षी वादी म प्रतिवादीसँग पत्नीको रूपमा सम्बन्ध नजोडी आर्थिक फाइदा लिनमात्र सम्बन्ध जोडेको र म निजको भनाइमा लागि धेरै आर्थिक नोकसानी गरेपश्चात् बुबा