निर्णय नं. ८२७२ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२७२ - अंश चलन भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०७/०४ ४४९६ निर्णय नं. ८२७२ फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६४ सालको दे.पु.नं. (०६५–CI) –०३४४ फैसला मितिः २०६६।७।४।४ मुद्दा :– अँश चलन । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ९ बस्ने टेकबहादुर थापा समेत विरुद्ध विपक्षी वादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ९ डेरा गरी बस्ने इन्दिरा थापा अधिकारी लेखाएको इन्दिरा अधिकारी शुरु फैसला गर्ने मा.जि.न्या. श्री विश्वम्भरप्रसाद श्रेष्ठ पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री लक्ष्मणमणी रिसाल मा.न्या. श्री शम्भुबहादुर खड्का § नातामा विवाद भई अन्य सम्वद्ध सबूद प्रमाणबाट सो विवादका वारेमा निष्कर्षमा पुग्न नसकिने भएमा DNA जस्तो अत्याधुनिक वैज्ञानिक परीक्षण गराई निष्कर्षमा पुग्नुलाई अस्वाभाविक मान्न सकिदैन तर अन्य प्रमाणबाट नातासम्बन्धी विवाद कायम रहेको नदेखिएमा सो परीक्षणको औचित्य अकाट्य रुपमा हुनुपर्दछ भन्न नमिल्ने । § माना चामल मुद्दामा पुनरावेदन अदालतबाट भएको फैसलालाई स्वीकारी पुनरावेदन समेत नगरी वसेको अवस्थामा एकपटक आफुले विपक्षीलाई स्वास्नी लगायतको नाताकी मानिस हुन् भनी स्वीकार गरी वसेको कुरामा माना चामल मुद्दामा भएको अन्तिम फैसलालाई प्रत्यक्षतः प्रभावित हुने गरी DNA परीक्षण गराउने आदेश गर्न न्यायोचित देखिन नआउने। § माना चामल मुद्दामा भएको फैसलालाई स्वीकार गरेको अवस्थामा DNA परीक्षणको औचित्य नै कायम नरही समाप्त भएको तथा अन्य वस्तुगत प्रमाणबाट नातासम्बन्धी विवाद कायमै रहिरहेको अवस्थामा वा पेश भएका सबूद प्रमाण शंकास्पद रही नातासम्बन्धी विवादलाई टुंगोमा पुर्‍याउन सहयोग नगर्ने प्रकृतिका देखिएको अवस्थामा मात्र DNA परीक्षण गराई निष्कर्षमा पुग्न सकिने । (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता सुकदेव काफ्ले विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री रमेशराज सिग्देल र श्री शान्तिराम खतिवडा अवलम्वित नजीरः सम्बद्ध कानूनः § अ.वं. ८० नं. फैसला न्या. प्रेम शर्माः पुनरावेदन अदालत पाटनको फैसला उपर प्रतिवादीहरूको तर्फबाट परेको मुद्दा दोहोर्‍याई पाऊँ भन्ने निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– विपक्षीमध्येका टेकबहादुर थापा मेरो पति, बालकुमारी थापा सासू, शारदा थापा सौता, धनबहादुर थापा, बाबुराम थापा, मदन थापा ३ भाई मेरो देवर हुनुहुन्छ । पति टेकबहादुर थापासँग मेरो २०५६ साल जेष्ठ महिनामा मनकामना मन्दिरमा प्रेम विवाह भएको थियो । सो वेला निज पति दुग्ध विकास संस्थानमा महाप्रवन्धकको रुपमा कार्यरत हुनुहुन्थ्यो । विपक्ष पतिको बीर्य र मेरो गर्भबाट २०५७।३।२२ मा छोरा मोहन विक्रम थापाको जायजन्म भएको छ । विवाह भए पश्चात सँगोलमा मिली वसी आएका थियौं । त्यस्तै अवस्थामा सँगै रहदावस्दा विपक्ष सौता शारदाले लोग्नेलाई हुँदै नभएको कुरा लगाई मसँग फाटो वनाउने प्रयास गर्दथिन तर लोग्नेले त्यसतर्फ ध्यान नदिई मेलमिलाप गरी रही आएका थियौं । केही समय यता आएर विपक्ष पतिले जेठी श्रीमतीको कुरा सुनेर म सँग निहुँ खोज्न, कुटपीट गर्ने कार्य गर्न थाल्नु भयो । मिति २०५८।२।४ गते विपक्ष पति, सौता, सासू समेतले मलाई कुटप