निर्णय नं. १०६९० - वैदेशिक रोजगार कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६९० - वैदेशिक रोजगार कसुर भाग: ६३ साल: २०७८ महिना: असोज अंक: ६ फैसला मिति :२०७७/०९/१५ २४९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।९।१५ ०७४-CR-०९९८ मुद्दा:- वैदेशिक रोजगार कसुर पुनरावेदक / वादी : मनोजकुमार राना मगरको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : ललितपुर जिल्ला, टिकाथली गा.वि.स. वडा नं.१ बस्ने सन्तोष महर्जन वैदेशिक रोजगार ठगी जस्तो मुद्दामा, लिखत, भौचर र अन्य कागजातहरू जस्ता भौतिक एवं स्वतन्त्र प्रमाण र सोका परीक्षणले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा केवल सहप्रतिवादीले पोल गरेकै आधारमा अदालतले पनि शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः माननीय अध्यक्ष श्री रेवन्तबहादुर कुँवर सदस्य श्री कृष्णजीवी घिमिरे सदस्य श्री देवेन्द्रराज ढकाल वैदेशिक रोजगार न्यायाधिकरण, काठमाडौं फैसला न्या.तेजबहादुर के.सी.: वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६६(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड प्रतिवादी रामचन्द्र पुडासैनीले मलाई वैदेशिक रोजगारीको लागि कम्बोडियाको क्यासिनोमा यु.एस. डलर १०००।- पारिश्रमिक हुने गरी पठाई दिउँला भनी विश्वास तथा प्रलोभनमा पारी विभिन्न मितिमा जम्मा रू.२,८०,०००।- बुझिलिएकोमा भनेबमोजिमको वैदेशिक रोजगारमा पठाउन नसकी मबाट बुझिलिएको रकम मिति २०७०।१।२१ गतेभित्र फिर्ता बुझाउने छु भनी मिति २०६९।११।२० गते लिखत कागजसमेत गरी भाखाभित्र रकम नदिई आलटाल गरी लिएको रकम फिर्ता नगरेको हुनाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० बमोजिम कारबाही गरी बिगो र हर्जानासमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको मनोजकुमार राना मगरको मिति २०७१।५।२४ मा वैदेशिक रोजगार विभागमा परेको जाहेरी दरखास्त । प्रतिवादी रामचन्द्र पुडासैनीले जाहेरवाला मनोजकुमार राना मगरलाई वैदेशिक रोजगारमा कम्बोडिया मुलुकमा पठाइदिन्छु भनी रू.२,८०,०००।- रकम बुझिलिई यी प्रतिवादीले मिति २०६९।११।२० मा गरिदिएको लिखत कागज खामबन्दी थान-१ । मैले निज जाहेरवालालाई वैदेशिक रोजगारको लागि कम्बोडिया पठाइदिने सम्बन्धमा टिकाथली बस्ने सन्तोष महर्जनले मानिस भए ल्याउनु भनेकोले मेरो सम्पर्कमा आएका जाहेरवाला मनोजकुमार राना मगरलाई निज सन्तोष महर्जनसँग भेट गराई कुराकानी भई निज जाहेरवालासँग सोबापत लाग्ने रू.२,००,०००।- लिई सन्तोष महर्जनको इन्भेष्टमेन्ट बैंकको खातामा हालिदिएको भौचर खोजी गरी भेटेमा पेस गर्ने छु । सन्तोष महर्जनले भनेबमोजिम जाहेरवालालाई कम्बोडिया नपठाई दिएकोले जाहेरवालाले तपाइँले भनेर मैले रकम दिएको हुनाले तपाइँले नै मलाई रकम फिर्ता गर्नुपर्छ भनी विवाद गरेको हुँदा मैले उक्त रकम लिएको भनी लिखत कागज गरिदिएको हो । लिखत कागजमा भएको सहीछाप मेरै हो, मैले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने अनुमतिपत्र लिएको छैन भन्नेसमेत बेहोराको प्रतिवादी रामचन्द्र पुडासैनीले अनुसन्धान अधिकृतसमक्ष गरेको बयान । प्रतिवादी रामचन्द्र पुडासैनीले जाहेरवाला मनोजकुमार राना मगरलाई वैदेशिक रोजगारका लागि कम्बोडिया मुलुकमा पठाइदिन्छु भनी जाहेरवाला