निर्णय नं. १०६९२ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६९२ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/०१/०२ १६९३ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७८।१।२ ०७७-WF-०००८ विषयः बन्दीप्रत्यक्षीकरण निवेदक : धादिङ जिल्ला, छत्रे देउराली गा.वि.स. वडा नं.९ हाल धुनीबेसी न.पा.१ घर भई हाल सिराहा जिल्ला कारागार कार्यालय, सिरहामा कैदमा रहेको अर्जुन गिरीको छोरा यादव गिरी विरूद्ध विपक्षी : धादिङ जिल्ला अदालत, बेसी, धादिङसमेत कुनै अपराध गरेबापत २० (बिस) वर्ष कैदको सजाय भई सजाय ठेकिएको कैदी कैदबाट भागेपछि कारागार ऐन, २०१९ को दफा २४ को उद्देश्यअनुरूप कारागारबाट भागे भगाएको कसुरबापत तोकिएबमोजिमको सजाय पाउनु नै पर्दछ भन्‍ने कारागार ऐनको मूल उद्देश्य भएकोले सोको विपरीत कानूनको व्याख्या हुन जाँदा विधायिकी कानूनको उद्देश्य मर्न जाने । कारागारबाट थुनुवा वा कैदी भाग्ने भगाउने कार्यलाई निरूत्साहित तुल्याउने उद्देश्यले लागु भएको कारागार ऐनले निर्धारण गरेको सीमा र बन्देजबाहेक मुलुकी ऐन, दण्ड सजायको महलको ८ नं. ले २० (बिस) वर्षभन्दा बढी कैद गर्न नहुने गरी बन्देज लगाएको छ भन्‍ने अर्थमा कारागार ऐन, २०१९ को दफा २४ को उपदफा (६) को व्याख्यालाई ऐनको उद्देश्यअनुकूलको व्याख्या भनी स्वीकार गर्न सक्ने अवस्था नदेखिने । (प्रकरण नं.२२) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री नरहरि आचार्य, श्री कुमार शर्मा आचार्य, विद्वान्‌ अधिवक्ताहरू श्री कौशल किशोर दत्त र श्री मेजर थापा विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री गोपाल प्रसाद रिजाल अवलम्बित नजिर : ने.का.प.२०४७, अङ्क २, नि.नं.४०७४ ने.का.प.२०४७, अङ्क ६, नि.नं.४१६८ ने.का.प.२०४८, अङ्क ५, नि.नं.४३०१ सम्बद्ध कानून : कारागार ऐन, २०१९ आदेश न्या.मीरा खडका : नेपालको संविधान २०७२ को धारा ४७ एवं १३३(२) बमोजिम दायर भई यस अदालतको संयुक्त इजलासबाट सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३(२)(ख) बमोजिम पूर्ण इजलाससमक्ष पेस भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छः- तथ्य खण्ड बलराम कुँवरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदक यादव गिरी भएको स.फौ.नं. को कर्तव्य ज्यान मुद्दामा श्री धादिङ जिल्ला अदालतको मिति ०५४।३।२४ गतेको फैसलाले सर्वस्वसहित जन्मकैदको फैसला भई सोउपर तत्कालीन पुनरावेदन अदालत पाटन हाल श्री उच्च अदालत पाटनबाट मिति २०५४।१२।४ मा र सम्मानित श्री सर्वोच्च अदालतबाट मिति २०५७।१।२९ मा धादिङ जिल्ला अदालतको फैसला सदर भई श्री धादिङ जिल्ला अदालतको च.नं.१०९ मिति २०५७।४।३२ को कैदी पुर्जीबमोजिम मिति ०५२।११।१३ गतेबाट २० वर्ष अर्थात् २०७२।११।१२ गतेसम्म थुनी मिति ०७२।११।१३ गतेबाट थुना मुक्त गरिदिने कैदीपुर्जी दिई सोही मितिदेखि साबिक मुलुकी ऐन, २०२० को अ.बं. १२१ नं.बमोजिम कैदी जीवन बिताउँदै आएको छु । यसरी कैदी जीवन बिताउँदै गर्दाको क्रममा मिति २०६०।४।३० गते बिरामी परी उपचारको लागि भागेकोमा केन्द्रीय कारागार अस्पतालको च.नं. १७६ मिति २०६०।४।३० को पत्रले वीर अस्पतालमा उपचारको लागि त्यहाँबाट तत्कालीन ने.क.पा. माओवादीको द्वन्द्वकालमा कारागार सुरक्षाकर्मीबाट फुत्काई अपहरण गरी लगेको कारणबाट भद्रबन्दी गृह काठमाडौंको चौकीदार ओम गुरूङको मिति २०६०।५।१ को प्रतिवेदन र अनाश्रित सशस्त्र प्रहरी गुल्मको च.नं. १७० मिति २०६०।५।१ को