निर्णय नं. १०६९४ - रकम हिनामिना / हानि नोक्सानी गरी भ्रष्टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६९४ - रकम हिनामिना / हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०४/१९ २१५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७७।४।१९ ०७४-CR-१४७३ मुद्दाः- रकम हिनामिना / हानि नोक्सानी गरी भ्रष्टाचार गरेको पुनरावेदक / वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको तर्फबाट अनुसन्धान अधिकृत नरेशराज सुवेदीको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : मनिराम जोशीको नाति कमल गिरी जैसीको छोरा, जिल्ला बाजुरा बाह्रबिस गा.वि.स. वडा नं. २ बाहुन गाउँ बस्ने श्री बडीमालिका क्याम्पस, कूलदेवमाडौं-८, बाजुराको क्याम्पस प्रमुख वर्ष ४३ को नवराज जैसीसमेत काम सम्पन्न भएको र कामदारहरूले आफ्नो श्रमबापतको रकम बुझेर लगिसकेपछि भरपाई राख्‍ने बनाउनेसम्मको त्रुटिलाई भ्रष्टाचारको संज्ञा दिन मिल्ने नदेखिने । बिल भरपाई दुरूस्त नरहेको भन्ने विषय लेखा परीक्षणको सिलसिलामा वा विद्यालय व्यवस्थापन समितिले आय व्ययको विवरण समर्थन गर्ने अवस्थामा औंल्याएर सच्याउन सकिने विषय भएको र केही विषयमा लेखा परीक्षकले कैफियतसमेत लेखेर लेखा परीक्षण प्रतिवेदन पेस गरेको देखिँदा कामदारलाई रकम बुझाएको छुट्टै भरपाई नभएको मात्र कारणले उक्त रकम अनियमित गरी भ्रष्टाचार गरेको भन्‍नु न्यायोचित नहुने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः अध्यक्ष मा. न्यायाधीश श्री बाबुराम रेग्मी सदस्य मा. न्यायाधीश श्री चण्डीराज ढकाल सदस्य मा. न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ बैद्य विशेष अदालत काठमाडौं फैसला न्या.दीपककुमार कार्की : विशेष अदालत काठमाडौंबाट मिति २०७४।९।१६ मा भएको फैसलाउपर विशेष अदालत ऐन, २०५९ को दफा १७ बमोजिम मिति २०७५।२।५ मा वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन दायर हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । मुद्दाको तथ्य तथा विशेष अदालत काठमाडौंको फैसला सोही अदालतबाट मिति २०७४।९।१६ मा भएको फैसलाबाट देखिने हुँदा यहाँ सो फैसलाको पुनरावृत्ति गरिएको छैन । वादी नेपाल सरकारको पुनरावेदन जिकिर प्रस्तुत मुद्दामा बडीमालिका क्याम्पसले विश्‍वविद्यालय अनुदान आयोगबाट सहयोग प्राप्त गर्नको लागि क्याम्पसको बैंक खातामा रकम नभएको अवस्थामा समेत रकम छ भनी विवरण तयार गर्ने, झुट्ठा विद्यार्थी विवरण, लेखा विवरण तयार गर्ने गरेको तथ्य क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवराज जोशी तथा लेखापाल लालबहादुर रावलको मौकामा भएको बयान कागज र अनुसन्धान अधिकृत नरेशराज सुवेदीले क्याम्पसको स्थलगत अनुगमन प्रतिवेदनसमेतबाट देखिएको छ । क्याम्पस प्रमुख र लेखापालले पठाएको झुट्ठा विवरणकै आधारमा विश्‍वविद्यालय अनुदान आयोगबाट UGC Performance Grants अन्तर्गत विभिन्न आर्थिक वर्षहरूमा क्याम्पसलाई प्राप्‍त रकमबाट क्याम्पसले जम्मा रू.१९,६६,०००।- छात्रवृत्ति वितरण गरी खर्च गरेको भनिए पनि विद्यार्थीहरूलाई छात्रवृत्ति बुझाइएको लेखा भरपाई राखिएको छैन । प्रतिवादी नवराज जैसी र लालबहादुर रावलले अनुसन्धानको क्रममा बयान गर्दा विद्यार्थीहरूले क्याम्पसलाई बुझाउनुपर्ने शुल्कमा नै छात्रवृत्तिबापत प्राप्त हुने रकम घटाइएको भने पनि कु