निर्णय नं. १०६९६ - सवारी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६९६ - सवारी ज्यान भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०७/२५ ६५०० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।७।२५ ०७६-CR-१०८४ मुद्दा:- सवारी ज्यान पुनरावेदक / वादी : पतिराम महतोको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : सुन्दर सिंह ठकुरीको छोरा जिल्ला चितवन रत्‍ननगर नगरपालिका वडा नं. १० प्रसौनी बस्ने सुभाष सिंह ठकुरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को व्यवस्थामा मानिस मार्ने मनसायले सवारी चलाएको अवस्था नभएको तर कसैको ज्यान मर्न सक्ने ठुलो सम्भावना छ भन्‍ने जानी जानी र लापरवाही गरी सवारी चलाएको हुनु अनिवार्य छ । लापरवाही मापनका लागि सामान्यतया तीन अवस्था हुनुपर्दछ: १. सम्भावित परिणामको पूर्वानुमान (knowledge) २. स्वेच्छिक कार्य (voluntary act) ३. चालकको अनुचित खतरा मोल्ने वा जोखिम लिने प्रयास (Recklessness) । फौजदारी कानूनमा लापरवाहीको परिभाषा गर्दा, चालक वा कर्तालाई सम्भावित परिणामबारे पूर्वज्ञान (knowledge) हुँदाहुँदै चालक वा कर्ताले आफ्नो कार्यमा सजगता अपनाएको वा होस पुर्‍याएको भए सम्भावित परिणामलाई टार्न सकिने अवस्था थियो / थिएन भन्‍ने परिघटनाबाट मापन गरिने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री राजेन्द्र सिंह भण्डारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००४३ सम्बद्ध कानून : सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री मुरारीबाबु श्रेष्‍ठ चितवन जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री रामप्रसाद अधिकारी माननीय न्यायाधीश श्री नागेन्द्र लाल कर्ण उच्च अदालत पाटन, हेटौंडा इजलास फैसला न्या.कुमार रेग्मी : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । सुरूको जाहेरी दरखास्त, लास जाँच तथा घटनास्थल प्रकृति मुचुल्का, सडक दुर्घटना प्रतिवेदन, शव परीक्षण प्रतिवेदन, प्रतिवादीले अधिकारप्राप्‍त अधिकारी र अदालतसमक्ष गरेको बयान, अभियोग मागदाबी, साक्षीहरूको बकपत्र, चितवन जिल्ला अदालतको फैसला, प्रतिवादीले उच्च अदालत पाटन, हेटौंडासमक्ष पेस गरेको पुनरावेदनको बेहोरा र उच्च अदालत पाटन, हेटौंडाको फैसलाको बेहोरासमेत उच्च अदालत पाटन, हेटौंडाबाट भएको मिति २०७६।०५।३१ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन । यस अदालतको निर्णय नियमबमोजिम साप्ताहिक तथा दैनिक पेसी सूचीमा चढी इजलाससमक्ष निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री राजेन्द्र सिंह भण्डारीले मृतक सञ्‍जय चौधरी आफ्नै बायाँ साइडबाट मोटरसाइकल चलाई टाँडीतर्फ जाँदा विपरीत दिशाबाट सुभाष सिंह ठकुरीले चलाएको बा.३ ख. १८६० नं.को तीव्र गतिमा आइरहेको मिनीबसले दाहिने साइड च्यापी ठक्‍कर दिँदा सोही कारण सञ्‍जय चौधरीको मृत्यु भएको भनी प्रतिवादीको कसुर पुष्टि हुने गरी जाहेरवालाको जाहेरी दरखास्त एवं निजको अदालतसमक्ष भएको बकपत्र, प्रत्यक्षदर्शी सुमन भट्टराईको बकपत्र ए