निर्णय नं. १०६९७ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६९७ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०३/०९ १७३३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।३।९ मुद्दा:- मानव बेचबिखन तथा ओसारपसार ०७५-CR-१९६१ पुनरावेदक / वादी : परिवर्तित नाम थानकोट च को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा, ठोरी गा.वि.स. वडा नं.८ (हाल सुवर्णपुर गाउँपालिका वडा नं.२) घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, बानेश्वर डेरा गरी बस्ने हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेको सम्बरबहादुर थापाको छोरा राजकुमार चौहान भन्ने लक्षुमण थापा ०७५-CR-२६३२ पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, ठोरी गा.वि.स. वडा नं.८ (हाल सुवर्णपुर गाउँपालिका वडा नं.२) घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, बानेश्वर डेरा गरी बस्ने हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा थुनामा रहेको सम्बरबहादुर थापाको छोरा राजकुमार चौहान भन्ने लक्षुमण थापा विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम थानकोट च को जाहेरीले नेपाल सरकार वस्तुत: मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा १७ को कार्यान्वयनको प्रसङ्गमा, क्षतिपूर्तिसम्बन्धी व्यवस्था भनेको पीडितको हकमा बनेको कानूनी व्यवस्था हो । कानूनले प्रस्टसँग पीडितलाई क्षतिपूर्ति भराइदिने व्यवस्था गरेको अवस्थामा नभराइदिने हो भने पीडितमाथि अन्याय हुन जान्छ । नेपालको संविधानको धारा २१ को अपराध पीडितको हकभित्र पीडितको क्षतिपूर्ति पाउने हक पनि अन्तरनिहित भएको मान्नुपर्दछ । संविधान र कानूनले पीडितले क्षतिपूर्ति पाउने कुरालाई सुनिश्चित गरेको अवस्थामा सुरू जिल्ला अदालत र उच्च अदालतबाट पीडितले क्षतिपूर्ति पाउनेबारे मौन बस्दा उक्त फैसला संविधान एवं प्रचलित कानूनी व्यवस्थासमेतको विपरीत भई न्यायको रोहमा मान्य नदेखिने । (प्रकरण नं.९) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्द उपाध्याय प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री कूलराज लामिछाने र विद्वान् अधिवक्ता श्री मनोजकुमार चौधरी अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क २, नि.नं.८७६४ ने.का.प.२०७५, अङ्क ८, नि.नं.१००७० सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्या. श्री रामप्रसाद अधिकारी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री किशोर सिलवाल माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे उच्च अदालत पाटन फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड दुई वर्षअघि ललितपुर, टिकाथली स्थित सनि रेडिमेन्ट गार्मेन्टमा काम गर्ने क्रममा सोही गार्मेन्टमा काम गर्ने राजकुमार चौहान भन्ने हाल नाम थाहा भएको लक्षुमण थापासँग चिनजान बोलचाल थियो । मैले ९/१० महिनाअगाडि सो गार्मेन्टको काम छोडी डेरामा बस्दै आएकी थिए । प्रतिवादीले फोन गरी इन्डिया गई काम गरौं भन्दा मैले जान्न भनेकोमा कसैलाई नभन्नु तिमी र म विवाह गरी इन्डिया गई काम गरी धन कमाएर नेपाल आउने भनी पटकपटक फोन गरेको, मैले मेरो विवाह भइसक्यो विवाह गर्दिन भन्दा भेट