निर्णय नं. १०६९९ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६९९ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/१०/०९ १३३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति : २०७६।१०।९ ०७६-WH-०१५८ विषयः बन्दीप्रत्यक्षीकरण निवेदक : बलराम भुजेलको छोरा जिल्ला बर्दिया, कालीका गाउँ विकास समिति, वडा नम्बर -५ हाल कायम बढैयाताल गाउँपालिका, वडा नम्बर -८ घर भई हाल कारागार कार्यालय, बर्दियामा थुनामा रहेको हरिकृष्ण भुजेल विरूद्ध विपक्षी : उच्च अदालत, तुलसीपुर, नेपालगन्ज इजलाससमेत कसुरदार एउटै वारदातमा संलग्न रहेको तर निजलाई भिन्‍नभिन्‍न कानून लाग्ने अवस्था देखिएकोले सो कसुर एउटै कसुर मान्‍नुपर्ने । यस्तो वारदातमा सबै सजाय एकैसाथ भुक्तान गरिने हुन्छ । तर यसरी सजाय गर्दा पनि कसुरदारका कसुरजन्य कार्यको समग्रता (Total Criminality) लाई भने अदालतले सदा विचार गर्नुपर्ने । कसुरदारको कसुरमध्ये अधिकतम हदको सजाय भइसकेकोमा सोमा गाभ्ने गरी सजाय गर्नु फौजदारी न्यायको सिद्धान्तविपरीत हुन जाने । समग्रताको सिद्धान्तलाई सजाय गर्ने क्रममा न्यायालयले सधैँ मनन गर्नुपर्ने । अदालतको काम बढी सजाय गर्ने नभई उपयुक्त सजाय गर्ने हो । यो अङ्क गणितीय हिसाब जस्तो नभई विवेक र सावधानीबमोजिम सजाय तोक्ने र पुनरावलोकन गर्ने कुरालाई न्यायकर्ताले दृष्टिगत गर्नु आवश्यक देखिने । (प्रकरण नं.२) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री बद्री पाठक विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री राधिका सुवाल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.हरिकृष्ण कार्की : नेपालको संविधानको धारा ४६ र १३३(२) तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३३ बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः तथ्य खण्ड मिति २०६६।४।२९ गते राति मेरो बुबा हरिकृष्ण भुजेलले मलाई जबरजस्ती करणी गरेको र सोभन्दा पहिले पनि मलाई डर त्रास देखाई जबरजस्ती करणी गर्दै आई मेरो २/३ महिनाको गर्भसमेत रहेकोले निजलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍नेसमेत बेहोराको मनिषा भुजेलले दिएको जाहेरी दरखास्त । जिल्ला बर्दिया, कालीका गाउँ विकास समिति, वडा नम्बर -५ स्थित पूर्वमा बाँसगढी जाने ग्राभेल रोड, पश्‍चिममा पीडितको आफ्नै खेतबारी, उत्तरमा लक्ष्मी आचार्यको घर र दक्षिणमा देवी भुजेलको घर यति चार किल्लाभित्र रहेको खरले छाएको हरिकृष्ण भुजेलको कच्‍ची घर, सो घर कोठामा रहेको काठको सुत्‍ने खाट, सोही खाटमा वर्ष १५ की मनिषा भुजेललाई प्रतिवादी हरिकृष्ण भुजेलले जबरजस्ती करणी गरेको भन्‍नेसमेत बेहोराको घटनास्थल मुचुल्का । निज हरिकृष्ण भुजेलको लिङ्ग वरिपरि करणी गरेको कुनै चिह्न देखिँदैन, खोस्रिएको दाग छैन भन्‍ने बेहोराको स्वास्थ्य परीक्षण प्रतिवेदन । निज मनिषा भुजेलको कन्याजाली च्यातिएको, यौन सम्पर्क भएको र २२ हप्‍तासम्मको गर्भ रहेको भन्‍ने स्वास्थ्य परीक्षण प्रतिवेदन । म रोजगारको सिलसिलामा भारततर्फ गई घर आएपछि २०६६ साल वैशाख महिनाको १३/१४ गतेतिर रक्सी सेवन गरी छोरी मनिषा भुजेललाई करणी गरेको हुँ । मिति २०६६।४।२९ गते पनि रक्सी सेवन गरी घरमा आई सुतेको हुँ । राति के के गरे, मलाई थाहा भएन भोलिपल्ट गाउँलेहरूले छोरीलाई जबरजस्ती करणी किन गरिस् भनी मलाई कुटपिटसमेत गरेका हुन् । मैले निज छोरीलाई पटकपटक जबरजस्ती करणी गरेको हुँदा हाल ३/४ महिनाको गर्भ रहेछ, मलाई थाहा भएन भन्‍नेसमेत बे