निर्णय नं. ४४३१ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४३१ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/१०/१४ २८०३ निर्णय नं. ४४३१ ने.का.प. २०४८ अङ्क १२ पूर्णइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको फौ.पु.इ.नं. ३० फैसला भएको मिति: २०४८।१०।१४।३ मा निवेदक/प्रतिवादी: जि.का. कारागार शाखा दाङ तुल्सीपुर थुनामा रहेका प्रेम बक्स मियाँ विरुद्ध विपक्षी/वादी: चन्द्रकला समेतको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) नाबालकले निजको बकाई अनुसार १२ जनाको हुलले घुस्सा मुक्काले हानेको भनेको अवस्था कुनै हल्ला खल्ला नगरी रुनु कराउनु केही नगरी त्यसै हेरिरहेको होला भनी सम्झन मिल्ने हुँदैन, सो बकाइलाई आधारमा लिन नमिल्ने । (प्रकरण नं. ६५) (२) पोल गरेको आधारमा शंकासम्म गरेको पाइन्छ, त्यस्तो शंकाको भरमा अपराधी ठहराउन फौजदारी न्याय सिद्धान्तले नमिल्ने । (प्रकरण नं. ६५) (३) आरोप लगाउँदैमा पर्याप्त हुँदैन सो आरोपको पुष्टि हुने आधार देखाउन सक्नु पर्ने । (प्रकरण नं. ६५) (४) केवल लेनदेन र कुलोपानीमा झगडा भएको तथा लगाएको लुगा नफुकाली लाश जलाएको, लाश हतार हतार गरी जलाएको, लाश जलाउँदा डरले कामेको आदि शंकास्पद आधारमा प्रतिवादीहरुलाई दोषी ठहर गर्न न्यायको दृष्टिले नमिल्ने । (प्रकरण नं. ६५) निवेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री बच्चु सिंह खड्का विपक्षी वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा प्रतिवादीले मुद्दा दोहर्‍याई पाउँ भनी चढाएको वि.जा.वि. सवारी शिविरमा चढाएको द.नं.सु. १०४३ मिति २०४५।११।९ को विन्तिपत्रमा व्यहोरा साँचो भए विन्तिपत्रमा लेखिएको मुद्दा दोहराई हेरी निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारको विशेष जाहेरी विभागबाट मिति २०४६।३।५ मा तोक लागी आए अनुसार लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. विपक्षी प्रेमबक्ससंग लेनदेन विषयमा ०३७ साल बैशाख २३ गते दिउँसो हाम्रो पति खिमबहादुर शाहीको झगडा भएको र मानबहादुर रानासंग कुलोमा झगडा हुँदा तँ उम्केर कहाँ जालास् भनेका रहेछन ऐ.२३ गते साँझ उक्त झगडा भएको कुरा खिमबहादुरले कान्छी श्रीमती म चन्द्रकलासंग भनेका थिए, साँझ खाना खाई लोग्ने खिमबहादुर बाहिर ढिक्यारमा र नाबालक छोरी २ र म भित्र कोठामा, ढोकाको संघारमा वर्ष १२ को जंगबहादुर सुतेको, राति अं. ११ बजेतिर अन्यायवाला मानबहादुर राना–१, सुकलाल–१, मोतिलाल–१, हिरा सिंह–१, प्रेमबक्स मियाँ–१, डिल्लीबहादुर विष्ट–१ र नचिनेका अरु २ जना आई खिमबहादुरलाई बोल्न चल्न नपाउने गरी कर्तव्यबाट मारेछन् । खुला रहेको ढोकाबाट घर्‍याक घुरुकको आवाज सुनी म बिउँझी बाहिर आउँदा अन्यायवालाहरु घरको पेटीमा बसेका खिमबहादुरको दायाँ हात सिरानमा लागेको बायाँ हात भाँचिएको, मुख निलो भएको देखी बोलाउँदा नबोलेकाले मारेछन् भन्ने ठानी रिस उठी बन्चरो लिई निजहरुलाई हान्न जाँदा निजहरुले हुल गरी मेरो बन्चरो खोसी यो कुरा हल्ला गरिस् भने तेरो ज्यान रहने छैन भनी डर त्रास देखाएकोले चुप लागी बसें । भोलिपल्ट बिहानै लुहामज्यूला चौकी नजीक पीपलको रुखमा साधारण पोशाक लगाएको प्रहरीलाई सबै कुरा भन्दा तपाई जानुहोस कारवाही गरौंला भनेकाले म फर्की घरतर्फ आउँदा घरमा नपुग्दै को को मानिस भई मृतक लोग्नेको ला