निर्णय नं. १०७०१ - अप्राकृतिक मैथुन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७०१ - अप्राकृतिक मैथुन भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०३/१७ २८४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।३।१७ ०७४-CR-१४२३ मुद्दा : अप्राकृतिक मैथुन पुनरावेदक / वादी : परिवर्तित नाम E को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा, मसिहानी गा.वि.स. वडा नं. ९ बस्‍ने उपेन्द्र मुखिया विन कानूनको व्याख्यासम्बन्धी सिद्धान्तअन्तर्गतको शाब्दिक व्याख्याको सिद्धान्त (Literal Rule of Interpretation) अनुसार ऐनमा प्रयोग भएका भाषा वा शब्दलाई न्यायकर्ताले जस्ताको तस्तै कुनै अर्थ नबिगारी र कुनै शाब्दिक लेप नलगाई ऐनको भावअनुकूल व्याख्या गर्नुपर्दछ भन्‍ने हो । जबरजस्ती करणी महलको ३क नं. को कानूनी व्यवस्थामा पनि किटेर नै महिला भन्‍ने शब्द उल्लेख भएको छ । विधायिकाले यो व्यवस्थामा महिला त्यसमाथि पनि अशक्त, अपाङ्ग र गर्भवती भन्‍ने शब्द प्रयोग गरेकाले यो व्यवस्था महिलाको सन्दर्भमा मात्र केन्द्रित भएको देखिने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री नवराज पराजुली प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री कृष्ण मुरारी रौनियार अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ बालबालिकासम्बन्धी ऐन, २०७५ सुरू फैसला गर्नेः- माननीय न्यायाधीश श्री महमद जुनैद आजाद पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री थीरबहादुर कार्की माननीय न्यायाधीश श्री बासुदेव आचार्य उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः तथ्य खण्ड मिति २०७१।२।२९ को बेलुका अं.१७:१५ बजेको समयमा मेरो नाबालक छोरा वर्ष ८ को परिवर्तित नाम ‘क’ वसन्तपुर गा.वि.स.अन्तर्गतमा रहेको फुलबरीया टोलबाट नाच हेरी घर फर्की आउने क्रममा वारदात स्थितिमा रहेको उखुबारीमा विपक्षी मनोहर मुखिया विन, उपेन्द्र मुखिया विन, सोनालाल मुखिया विनसमेतले छोरालाई बाटोबाट जबरजस्ती समाती उखुबारीमा लगी पालो पालो सामूहिक रूपमा अप्राकृतिक मैथुन करणी गरेको हुँदा सोही कारणबाट छोरा बिरामी रहेकोले विपक्षीहरूलाई पक्राउ गरी आवश्यक कारबाही गरी पीडितले नियमानुसार पाउनुपर्ने क्षतिपूर्तिसमेत विपक्षीहरूबाट दिलाई भराइपाउँ भन्‍ने बेहोराको पीडित E को किटानी जाहेरी दरखास्त । जिल्ला पर्सा, गा.वि.स. वसन्तपुर वार्ड नं.६ स्थित पूर्वमा जादो महतोको खाली खेत, पश्चिममा भिखारी चौहानको उखुबारी, उत्तरमा महेन्द्र साहको खाली खेत, दक्षिणमा धर्मनाथ साह कलवारको खाली खेत यति चार किल्लाभित्रमा प्रभु राउत अहिरको उखुबारी खेतमा निज उपेन्द्र मुखिया विनसमेतका प्रतिवादीहरूले जाहेरवालीको छोरा ‘क’ लाई पालोपालो सामूहिक रूपमा जबरजस्ती अप्राकृतिक मैथुन करणी गरेको ठिक साँचो हो भन्‍ने बेहोराको घटनास्थल प्रकृति मुचुल्का । मिति २०७१।२।२९ को बिहान अं.११:३० बजेको समयमा फुलवरीया गाउँबाट नाच हेरी फर्की आउने क्रममा सोही दिन बेलुकी अं.१७:०० बजेको समयमा वारदात स्थलमा आइपुग्दा विपक्षी सोनालाल मुखिया विन, उपेन्द्र मुखिया विन, मनोहर मुखिया विनसमेतका विपक्षीहरूले मलाई बाटोबाट समाती उखुबारीभित्र लगी मैले लग