निर्णय नं. १०७०२ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७०२ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०३/१४ २३७३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७७।३।१४ मुद्दाः मानव बेचबिखन तथा ओसारपसार ०७३-CR-१५८१ पुनरावेदक / प्रतिवादी : जिल्ला बाँके, साबिक बागेश्वरी गा.वि.स. वडा नं. ५ हाल खजुरा गाउँ पालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय बर्दियामा कैदमा रहेको कल्पना भण्डारीसमेत विरूद्ध प्रत्यर्थी / वादी : दलित महिला उत्थान सङ्घ बर्दियाको महासचिव खिमा वि.क.को जाहेरीले नेपाल सरकार ०७३-CR-१५८२ पुनरावेदक / प्रतिवादी : जिल्ला बाँके, बागेश्वरी गा.वि.स. वडा नं. ९ एफ गाउँ घर भई हाल कारागार कार्यालय दैलेखमा कैदमा रहेको राजेन्द्र प्रताप सिंह ठकुरी विरूद्ध प्रत्यर्थी / वादी : दलित महिला उत्थान सङ्घ बर्दियाको महासचिव खिमा वि.क.को जाहेरीले नेपाल सरकार कुनै व्यक्तिलाई भारततर्फ लगियो वा लगिँदैछ भन्ने कुराको आधारमा मात्र मानिसलाई बेच्नका लागि लगेको भनी निष्कर्ष निकाल्नु बिलकुल अनुचित, अतार्किक र अन्यायपूर्ण निष्कर्ष हुन जाने । मानव बेचबिखनको उद्देश्यले नै भारतमा लगेको वा लैजाने प्रयास गरेको तथ्य शंकारहित तवरबाट प्रमाणित हुनुपर्ने । केवल भारततर्फ जान लागेको कुरालाई मात्र हेरेर शंका वा अनुमान गरी मानव बेचबिखनको कसुर ठहर गर्नु कानूनसङ्गत नहुने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादी : विद्वान् अधिवक्ताहरू श्री बालकृष्ण देवकोटा र श्री बलराम सुवेदी प्रत्यर्थी / वादी : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री बसन्तराज पौडेल बर्दिया जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय मुख्य न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री केशवराज जोशी पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२ बमोजिम पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः तथ्य खण्ड हामीहरूको संस्था दलित महिला उत्थान सङ्घ बर्दियाको सहयोगमा भारत नेपालको सिमा क्षेत्रहरूमा मानव बेचबिखन सूचना केन्द्र खोलिएको हुँदा उक्त सूचना केन्द्रमा म जाहेरवालीसमेत भएको अवस्थामा सङ्केत नं. ६६ कालिका –१ “च”, कालिका –२ “ट”, कालिका –३ “त”, कालिका –४ “प”, कालिका –५ “य” समेत जना ५ लाई मिति २०७२/०१/२२ गते साँझ १८:४५ बजेको समयमा अरबिन्द कुमार गौर, कल्पना भण्डारीसमेतले जिल्ला बर्दिया कालिका गा.वि.स. अन्तर्गत रहेको नेपाल भारतको सिमानाबाट भारततर्फ लैजाँदै गरेको र उक्त कुरामा विपक्षीमध्ये राजेन्द्र प्रताप सिंह ठकुरी, धनन्जयकुमार गौरसमेतले लैजान सहयोग गरी ५ जना पीडितहरूलाई लैजाने क्रममा थाहा पाई इलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाको गस्ती टोली र दलित महिला उत्थान सङ्घको नेपाल भारतको सीमा नाकामा बस्ने मसहितको टोलीको सहयोगमा प्रतिवादी कल्पना भण्डारी र अरबिन्द्र कुमार गौरसहित पीडित ५ जनालाई उद्धार एवं पक्राउ गरी बुझाएका हौं । विपक्षीहरूले पीडितलाई विभिन्न लोभ-लालच देखाई उमेर नपुगेका आफ्नो निर्णय आफैँ गर्न नसक्ने पीडितहरूलाई अभिवावकको मन्जुरीबिना आफ्नो बसिरहेको घरबाट छुट्याई गलत नाकाको प्रयोग गरी नेपालभन्दा बाहिर भारत लगी बेच्ने उद्देश्यका साथ