निर्णय नं. १०७०३ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७०३ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७७/०८/०८ १४०६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७७।८।८ ०७७-WH-०११३ मुद्दा: बन्दीप्रत्यक्षीकरण निवेदक : गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं. ३ घर भई हाल जिल्ला प्रहरी कार्यालय, तनहुँको गैरकानूनी हिरासतमा राखिएका वर्ष ४३ का चिनकाजी विश्वकर्माको हकमा बागलुङ जिल्ला बरेङ गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं जिल्ला निवेदक का.जि.का.म.न.पा. वडा नं. १४ बस्ने वर्ष २८ की कृष्णादेवी आचार्य विरूद्ध विपक्षी : जिल्ला प्रहरी कार्यालय, तनहुँसमेत निवेदकलाई थुनाबाट छुट्नासाथ पुनः अर्को आरोप लगाई पक्राउ गरी बन्दी बनाउने कार्य अनुचित, अतार्किक, पूर्वाग्रहपूर्ण र प्रवृत्त धारणा रहेको देखिने । अदालतको आदेशले धरौट दाखिला गरी थुनामुक्त भएको र कहीँ साधारण तारेखमा राखी मुद्दाको कारबाही गर्ने गरी थुनामुक्त भएकोमा पनि राज्य संयन्त्रबाट एउटा नागरिकमाथि पूर्वाग्रहपूर्ण तथा प्रवृत्त भावना राखी बराबर सातौँ आठौँ पटकसम्म पनि नछोडी पक्राउ गर्ने र एक जिल्लाबाट छुटेपछि पुन: पक्राउ गरी अर्को जिल्लामा पुर्याई थुनामा राख्ने निजलाई थुनामै राखी दु:ख दिने मनोवृत्ति राखी एउटा नागरिकको पिछा लाग्नु सभ्य समाज तथा कानूनी राज्यको अवधारणामाथिकै चुनौती दिई प्रहार गरेको मान्नुपर्ने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री एकराज भण्डारी, विद्वान् अधिवक्ताहरू श्री कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, श्री राजु अधिकारी विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.पुरूषोत्तम भण्डारी : नेपालको संविधानको धारा ४६ तथा१३३(२)(३) बमोजिम पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छः- नेपालको संविधानको धारा १६(१), धारा १७(१) र (२) को (क), (ख), (ग), (ङ), धारा १८(१), धारा २०(१), (२), (३), (८), धारा २२, धारा ४६, धारा १३३(२) र (३), सर्वोच्च अदालतले नियमावली,२०७४ को नियम ३३, नियम ३४, नियम ३७ (क) र (ख) समेतका आधारमा अन्य वैकल्पिक एवं प्रभावकारी उपचारको अभावमा निवेदक मेरा दाजु नाताका चिनकाजी विश्वकर्माको हकमा प्रस्तुत निवेदन लिई सम्मानित अदालतसमक्ष उपस्थित भएको छु । निवेदक चिनकाजी विश्वकर्मालाई मिति २०७७/०७/०९ दिनको ५.०० बजेको समयमा जिल्ला प्रशासन कार्यालय गोरखाको हाताबाटै पुन; पक्राउ गरी तनहुँ पुर्याई जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा राखी म्याद थपका लागि भनी जिल्ला प्रशासन कार्यालय, तनहुँसमक्ष उपस्थित गराइएको जानकारी पाएको छु । निवेदकको हकमा सर्वोच्च अदालतबाट बन्दीप्रत्यक्षीकरण (०७७-WH००९५) आदेश जारी भए लगत्तै पुनः पक्राउ गरिएको हो । निवेदकलाई परिवार आफन्तसँग भेटघाट गर्न दिइएको छैन । निवेदकलाई हिरासतमा राखी शारीरिक तथा मानसिक यातना दिइएको आशंका छ । निवेदक चिनकाजी विश्वकर्मालाई सुरूमा मिति २०७६/०५/३१ मा गते गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं. ३ घरबाट पक्राउ गरिएको थियो । निवेदकउपर राज्यद्रोह, विष्फोटक पदार्थ, सार्वजनिक शान्ति विरूद्धको कसुरसमेतका छुट्टाछुट्टै मुद्दामा गोरखा जिल्ला अदालतबाट प्रत्येक मुद्दामा रू.५,०००/- (पाँच हजार) धरौटी माग भएकोमा तत्काल धरौट बुझाउन नसकेकोले कारागार कार्यालय गोरखामा पठाइ