निर्णय नं. १०७०७ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७०७ - जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/०३/२० १९७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७८।३।२० ०७६-CR-०४४२ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : नन्दलाल राजवंशीको छोरा जिल्ला झापा, भद्रपुर नगरपालिका, वडा नं.६ घर भई हाल कारागार कार्यालय झापामा थुनामा रहेको गोविन्द राजवंशी विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम “धनबहादुर” को जाहेरीले नेपाल सरकार बौद्धिक अपाङ्ग व्यक्तिले आफूले गर्ने कार्य एवं सोको परिणामप्रति सजग नरहने र आफूउपर भएको कुनै आपराधिक कार्यप्रति प्रतिकार गर्ने क्षमताको अभावसमेत हुने हुँदा पीडितले आफ्नो बौद्धिक क्षमताको अभावको कारण कुनै प्रतिकार नगर्दैमा र शारीरिक जाँच प्रतिवेदनमा शरीरमा सोको कुनै चिह्न नदेखिएको भन्ने उल्लेख हुँदैमा पीडितका विरूद्घ प्रतिवादीले गरेको जबरजस्ती करणीको कार्यमा पीडितको सहमति थियो भनी मान्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री माधवप्रसाद अधिकारी झापा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री वीरेन्द्रकुमार कर्ण माननीय न्यायाधीश श्री यमुना भट्टराई उच्च अदालत विराटनगर, इलाम इजलास फैसला न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला झापा, भद्रपुर नगरपालिका वडा नं.१ स्थित पूर्वमा भद्रपुरतर्फ आवतजावत गर्ने कच्ची बाटो, पश्चिममा झरू राजवंशीको घर, उत्तरमा निखिल राजवंशीको घर र दक्षिणमा कृष्ण मन्दिर जाने कच्ची सडक बाटो यति चारकिल्लाभित्र रहेको पूर्व मोहडा भएको बाँसको टाटीको बेरा र टिनको छानो भएको परिवर्तित नाम धनबहादुरको एकतले बरण्डा भएको घर रहेको सो घरभित्र पस्ने ढोकाबाट भित्र प्रवेश गरी हेर्दा दायाँपट्टि टाटीको भागमा उत्तर दक्षिण पारी भित्तामा खाट सटाएर राखेको अवस्थामा रहेको उक्त खाटमा अपाङ्ग पीडित परिवर्तित नाम धनमाया सुत्ने गरेको सोही खाटमा प्रतिवादी गोविन्द राजवंशीले पीडित परिवर्तित नाम धनमायालाई मिति २०७३।१०।१६ गते बिहानको राति अं.२:०० बजेको समयमा जबरजस्ती करणी गरेको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मेरो १ छोरा २ छोरीमध्ये अन्यको विवाह भइसकेको हुँदा कान्छी छोरी वर्ष २८ की परिवर्तित नाम धनमाया सानैदेखि बौद्धिक अपाङ्गता भई राम्रोसँग बोल्नसमेत नसक्ने भएको हुँदा हामीसँग बस्दै आएकी थिइन् । यस्तैमा मिति २०७३।१०।१५ गते बेलुका जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं. ६ बस्ने गोविन्द राजवंशी पाहुना आएको हुँदा निजलगायत घर परिवार सबैले खाना खाई पाहुनालाई छुट्टै घरको कोठामा सुताई छोरी धनमाया आफ्नै घरकोठामा सुतिन् भने म र श्रीमती घर बाहिर बरण्डामा सुतेका थियौँ । राति अं.२.०० बजेको समयतिर छोरीको कोठामा खाट बजेको आवाज सुनी श्रीमतीले छोरीलाई पिसाब लाग्यो होला भनी उठाई बाहिर बोलाई पिसाब गराएपछि कोठामा सुत्न जान नमानेकी र छोरीको कोठामा खाटसमेत बजेको आवाज सुनी हेर्दा गोविन्द राजवंशीलाई छोरीको बिस्तरामा सुतिरहेको अवस्थामा फेला परेको श्रीमतीले मलाई जानकारी गरा