निर्णय नं. १०७०८ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७०८ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/०५/०८ २७०७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७८।५।८ ०७५-CR-१५२० मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जिल्ला सुनसरी, बबिया गा.वि.स. वडा नं.८ परिवर्तित जिल्ला सुनसरी, इनरूवा नगरपालिका वडा नं.९ घर भई हाल क्षेत्रीय कारागार कार्यालय झुम्का, सुनसरीमा कैदमा रहेका जगन ऋषिदेवको छोरा अर्जुनकुमार ऋषिदेव विरूद्ध प्रत्यर्थी / वादी : सोमन ऋषिदेवसमेतको जाहेरीले नेपाल सरकार मौकामा घटना विवरण कागज गर्ने व्यक्तिहरू अदालतमा उपस्थित भई प्रतिवादीले घटना घटाएको होइन भनी बकपत्र गरेको देखिए पनि भौतिक एवम् वैज्ञानिक प्रमाणबाट स्थापित तथ्यलाई मौखिक प्रमाणले खण्डन गर्न सक्ने अवस्था नरहने । वारदात तथ्य र परिस्थितिले कहिल्यै झुट बोल्दैन तर साक्षी वा मौखिक प्रमाण जहिले पनि मानवीय संवेदनाबाट प्रभावित हुने र अनपेक्षित प्रभाव पर्न सक्ने सम्भावना रहने हुनाले मौखिक प्रमाण ग्रहण गर्दा मिसिलका अन्य प्रमाणबाट समर्थित भए नभएको सतर्कतापूर्वक हेरिनुपर्ने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री राजु कटुवाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ जिल्ला अदालतमा फैसला गर्नेः मा. न्यायाधीश श्री नारायणप्रसाद दाहाल सुनसरी जिल्ला अदालत उच्च अदालतमा फैसला गर्नेः माननीय न्यायाधीश श्री उमेशराज पौड्‍याल माननीय न्यायाधीश श्री उमेशकुमार सिंह उच्च अदालत, विराटनगर फैसला न्या.नहकुल सुवेदी : न्‍याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मेरो छोरा वर्ष २६ को दिपनारायण सदाको पत्‍नी अं.वर्ष २५ की तारादेवी ऋषिदेव मेरो बुहारी हुन् । छोरा हाल विदेशमा बसी आएको छ । बुहारी छुट्टै बसी आफैँ कमाउने आफैँ सबैथोक गर्ने गरेकी छन् । मिति २०७३।८।२ गते बिहानै मेरो आमा वर्ष ६५ की भूलिदेवी ऋषिदेव बुहारीकहाँ सँगै बस्दै गरेकाले मेरो आमालाई सोधी म दिसा पिसाब गर्न जान्छु भनी घरबाट बाहिर गएका बखत मेरो छोरा बुहारी घरदेखि पूर्व शंकरपुर शाखा नहरको डिलमा बिहानै ६ बजेको समयमा नहरको डिलमा मृत अवस्थामा फेला परेको हो र बुहारी के कसरी नहरको डिलमा टाउको हिलोमा भएको शरीर सुख्‍खा ठाउँमै घोप्टो परेर मृत अवस्थामा रहेकोले पोष्टमार्टम गराई दाह संस्कारको निमित्त लास जिम्मा बुझाएपछि अनुसन्धानको क्रममा घटना सम्बन्धमा खुल्ने बित्तिकै जाहेरी दरखास्त दिन आउने छु भन्‍नेसमेत बेहोराको शोभन ऋषिदेवको जाहेरी दरखास्त । जिल्ला सुनसरी जल्पापुर गा.वि.स. वडा नं.९ स्थित पूर्वमा रजाक मियाँको धान खेत, पश्‍चिममा धिरेन्द्र शर्माको धान खेत र विनोद ऋषिदेवको घर, उत्तर तथा दक्षिणमा शाखा नहर यति चार किल्लाभित्र उत्तर दक्षिणमा रहेको सो नहरको पानीपेट १५ फिट ६ इन्च रहेको, सो नहरको पश्‍चिम भागको डिलको पूर्वीपेटीमा रहेको लहरमा साडीको केही भाग अल्झिएको, पश्‍चिमपट्टिको पूर्वपट्टिको पूर्व भित्री पानी डिलको छेउमा मृतकको दायाँ खुट्टामाथि बायाँ खुट्टा तल खप्टिएको, मृतकको टाउको केही पानी हिलो आएको ठाउँमा अनुहार तलतिर गाडिएको, टाउकोमाथि हिलो माटो राखिएको जस्तो देखिएको, मृतकको टाउको पूर