निर्णय नं. १०७०९ - बैंकिङ कसुर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७०९ - बैंकिङ कसुर भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/०३/२२ ३५६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला : २०७८।३।२२ ०७७-RB-०१८१ मुद्दा : बैंकिङ कसुर पुनरावेदक / वादी : मनोजकुमार दासको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका, वडा नं.१४ बस्ने जगरनाथप्रसाद कुर्मीको छोरा वर्ष ४७ को अरूणप्रसाद कुर्मी व्यक्ति व्यक्तिबिचको व्यवहारबाट सिर्जित कसुरसम्बन्धी व्यवहार आपसमा मिलिसकेको अवस्थामा जरिवाना ठहर गरी राज्यको कोषमा राख्‍नु लोककल्याणकारी राज्यको मान्यता तथा सजाय निर्धारणसम्बन्धी मान्य प्रचलनका आधारमा न्यायसङ्गत नहुने । दायित्व रहेको व्यक्तिले उक्त दायित्व पूरा गरिसकेको अवस्थामा सोही व्यक्तिबाट थप बिगोबमोजिमको जरिवाना गरी राज्यकोषमा राख्दा पुनः राज्यलाई अनुचित सम्वृद्धि (unlawful enrichment) हुने अवस्था सिर्जना हुने । (प्रकरण नं.९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री हरि शंकर ज्ञवाली प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ४, नि.नं.१०२४१ सम्बद्ध कानून : फौजदारी कसुर (सजाय निर्धारण र कार्यन्वयन) ऐन, २०७४ फौजदारी कार्यविधि संहिता, २०७४ बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री सत्यमोहन जोशी थारू मा. न्यायाधीश श्री अब्दुल अजीज मुसलमान उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ उपदफा (१) को खण्ड (क) बमोजिम उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको फैसलाउपर पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र इजलासको ठहर यसप्रकार छः तथ्य खण्ड विपक्षी अरूणप्रसाद कुर्मीले मसँग मिति २०७५।१२।२७ मा केही दिनको लागि रू.५०,०००।- (पचास हजार) रूपैयाँ सापटी लिएकोमा उक्त भाखाभित्र निज विपक्षीले मलाई फिर्ता नदिएपछि मैले पटकपटक माग गर्दा प्रतिवादीले बैंकबाट भुक्तानी लिनु भनी कर्पोरेट डेभलपमेन्ट बैंकको खाता नं.००१००००२६१५CA को चेक नं.००००५०४०६५ बाट भुक्तानी लिनु भनी रू. ५०,०००।- (पचास हजार) को चेक काटी दिएकोमा सो चेक भुक्तानीको लागि पटकपटक बैंकमा जाँदा उक्त चेक बराबरको पर्याप्‍त रकम खातामा नभएको हुँदा चेक बाउन्स गरिदिएकोले मैले विपक्षी अरूणप्रसाद कुर्मीलाई सो कुराको जानकारी गराउँदा निजले कुनै किसिमको प्रतिक्रिया नदिई मेरो पैसा लिने खाने नियतले पैसा दिन आलटाल गरेको र आफ्नो खातामा रकम नभएको कुरा थाहा हुँदाहुँदै चेक काटी दिएकोले निज विपक्षी अरूणप्रसाद कुर्मीलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) को कसुर अपराधअन्तर्गत सोही ऐनको दफा १५(१) बमोजिम मेरो लिएको रकम दिलाई विपक्षीलाई हदैसम्मको सजाय गरिपाउँ भन्‍नेसमेत बेहोराको जाहेरी दरखास्त । जाहेरवाला मनोजकुमार दासले प्रतिवादी अरूणप्रसाद कुर्मीलाई दिनुभएको रू.५०,०००।- (पचास हजार) प्रतिवादी अरूणप्रसाद कुर्मीसँग माग गर्दा निज प्रतिवादीले उक्त रकमबापत निजले कर्पोरेट डेभलपमेन्ट बैंकको खाता नं.००१००००२६१५CA को चेक नं.००००५०४०६५ बाट भुक्तानी लिनु भनी रू. ५०,०००।- (पचास हजार) को चेक काटी दिएकोमा सो चेक भुक्तानीको लागि पटकपटक बैंकमा जाँदा उक्त चेक बराबरको पर्याप्‍त रकम खातामा नभएको हुँदा बाउन्स गरिदिएको हो । निज प्रतिवादीले बैंकमा पर्याप्‍