निर्णय नं. ४४३२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४३२ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/१२/१८ २३४६ निर्णय नं. ४४३२ ने.का.प. २०४८ अङ्क १२ पूर्णइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४६ सालको रि.पू.इ. नम्बर ४३ आदेश भएको मिति: २०४८।१२।१८।३ मा निवेदक/रिट निवेदक: जि.सुनसरी भादगाउँ सिनवारी गा.वि.स. वडा नं. ६ बस्ने लालमणि पटवारी चौधरी विरुद्ध विपक्षी/प्रत्यर्थी : ऐ.ऐ.बस्ने जहरीदेवी थरुनीसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) संयुक्त दर्तावाला व्यक्तिलाई बुझ्दै नबुझी एक पक्षको कुरा मात्र सुनी निजको कुराको मात्र विचार गरी दर्ता छुट्याउनु न्यायिक रोहरित अनुकूल नभएकोले, त्यस्तो कारवाही निर्णयको न्यायिक मान्यता हुन नसक्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रेमबहादुर विष्ट, विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. श्री ५ महाराजाधिराज सरकारका जुनाफमा सर्वोच्च अदालत संयुक्त इजलासको इन्साफ दोहराई पाउँ भनी चढाएको विन्तिपत्रमा यसमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ, भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट २०४६।४।९।२ मा तोक लागि आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– (साविक पेज नं. ८३६) २. प्रत्यर्थी नं. १ जहरीदेवी थरुनी र म निवदेक नथरी देवी थरुनीको नाममा संयुक्त दर्ता रहेको जिल्ला सुनसरी भादगाउँ सिवारी गा.पं. वडा नं. ६(क) को कि.नं. ९७ ऐ.कि.नं. १८८ ऐ.वडा नं. २(क) को कि.नं. २६३ को ऐ.कि.नं. ११२ ऐ.वडा नं. ५(क) को कि.नं. ८५ ऐ.वडा नं. ६(ग) को कि.नं. १२३, १२५, १३२, १५२, १६७, १६८, १६९, १७१, १२४ १२७, १२८ वडा नं. ६(क) को कि.नं. १२८ समेत गरी जम्मा ज.वि. ३–१८–१७१२ मध्ये आधा जग्गामा आफ्नो हक देखाई सो आधा आधा जग्गाको दर्ता फुटाई नामसारी गरी पाउँ भनी सुनसरी जिल्ला अदालतमा नालेश गरेकोमा आधा आधा वादी र प्रतिवादीको नाममा दर्ता गरी दिने मिति २०४०।७।२७ मा फैसला भयो । सो मनासिब ठहरी मिति २०४१।९।१२ मा कोशी अञ्चल अदालतबाट भएको फैसला उपर पू.क्षे.अ. बाट अनुमति नदिने आदेश भयो । उपरोक्त फैसला अनुसार आधि आधि गरी दर्ता फुटाई पाउन कुनै विवाद भएन । विभिन्न कित्तामा दर्ता फुटाई पाउन कुनै विवाद भएन । विभिन्न कित्तामा कनुै असल कुनै कमसल भएको र वडा नं. ६(ग) को कि.नं. १६७ मा आँपको बगैंचा ऐ.कि.नं. १६८ र कि. नं. १६९ मा पोखरी र डिहवास भएकोले अन्य भन्दा मूल्यवा भएकोमा सो सबै मध्ये आधा आधा फुटाई दर्ता हुन पर्नेमा विपक्षी नं. १ ले मलाई विपक्षी बनाई सो कित्ताहरुको जम्मा जग्गा बिगाहा १–१९–० को दर्ता गर्न पुर्जी पाउँ भनी सुनसरी जिल्ला अदालत समक्ष दर्खास्त गर्नु भएछ । मलाई नबुझी माग अनुसार विपक्षीको नाममा दर्ता हुने गरी श्रेस्तेदारले मालपोत कार्यालयका नाममा दा.खा. दर्ता गरी दिन पत्र लेखि दिनु भएछ । सो अनुसार दर्ता गरी प्रमाण पुर्जा दिएपछि आँपको बगैंचाको आँप र पोखरीको माछा तिमी छुन पाउँदैनौ भनी दर्ता भएको भन्दा, जग्गा धनी दर्ता प्रमाण पूर्जा नक्कल मिति २०४३।४।५ मा लिई थाहा पाएँ । आधि आधि दर्ता फुटाई दर्ता गर्नु पर्नेमा कित्ता कित्ता नै सम्पूर्ण विपक्षी नं. १