निर्णय नं. १०७११ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७११ - जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/०३/१७ ५७७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।३।१७ ०७६-CR-१२३५ मुद्दा:- जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम वृत्त नयाँ बानेश्‍वर २६(८) ०७४/०७५ को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला बाग्लुङ गलकोट नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३१ बानेश्वर बस्ने महेन्द्र कार्की प्रतिवादीले विवाह गर्छु भनेको कारण दुवैको सहमतिबाट पटकपटक शारीरिक सम्बन्ध भएको हो भनी पीडितले अदालतमा बयान गरेको देखिन्छ । यसरी लामो समयदेखि शारीरिक सम्बन्धमा रहेका, प्रतिवादी र पीडित सँगै गई पटकपटक गर्भपतन गराएको, होटल रेष्टुरेन्टमा भेटघाट गर्ने गरेको, प्रतिवादी र पीडितबिच विवाहको विषयलाई लिएर खटपट भई वारदात भएको करिब ५ महिना १२ दिनपछि जाहेरी परेको देखिँदा निजहरूबिचको शारीरिक सम्बन्धमा प्रतिवादीले विवाह गर्ने गलत वा छलकपटपूर्ण विश्वास दिलाएर मात्र शारीरिक सम्बन्ध गरेको हो वा निजहरूबिचमा सहमतिमा सम्बन्ध भई विवाह गर्ने विन्दुमा विवाद भई सम्बन्धमा तिक्तता आई अनुसन्धान, अभियोजन र अदालती प्रक्रिया सुरू भएको भन्ने सम्बन्धमा अभियोजन अस्पष्ट देखिएको हुँदा यस्तो अस्पष्ट अनुसन्धान र अभियोजनका आधारमा गरिएको जबरजस्ती करणी ठहर गर्ने फैसलालाई उल्टी गरी अभियोग दाबीबाट सफाइ दिने गरी भएको फैसला मिलेकै देखिने । (प्रकरण नं.१२) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री भुवन सिंह थापा काठमाडौं जिल्ला अदालत उच्च तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री यज्ञराज भट्ट माननीय न्यायाधीश श्री नातिबाबु लामिछाने उच्च अदालत पाटन फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मलाई करिब एक वर्षअगाडिदेखि प्रलोभनमा पारी विवाह गर्छु भनी महेन्द्र कार्कीले जबरजस्ती करणी गर्दै आएको र मिति २०७४।५।२० गते दिउँसो अं.१५.०० बजेको समयमा कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसमा खाजा खाउँ भनी म पीडित वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ लाई प्रतिवादी महेन्द्र कार्कीले गेष्ट हाउसको २०५ नं. कोठामा लगी भित्रबाट चुकुल लगाई मैले लगाएको पाइन्ट र कट्टुसमेत खोली मैले नमान्दा नमान्दै २ पटक जबरजस्ती करणी गरिसकेर यो कुरा बाहिर गएर कसैलाई नभन्नु, भनेमा मारिदिन्छु भनी धम्की दिई गेष्ट हाउसबाटै बाहिर निस्की बेपत्ता भई हालसम्म फेला नपरेको, निजलाई खोजतलास गरी पक्राउ गरी कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम वृत्त नयाँ बानेश्वर २६(८) ०७४/०७५ को जाहेरी दरखास्त । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वर बासुकीनगर मार्गस्थित पूर्वमा पाँच तल्ले पक्की घर, पश्चिममा तिनकुनेतर्फ जाने पक्की सडक, उत्तरमा पुरूषोत्तम पौडेलको चार तल्ले पक्की घर र दक्षिणमा मानसिंह कार्कीको तीन तल्ले पक्की घर रहेको यति चार किल्लाभित्र सुर्यबहादुर पौडेलले सञ्चालन गरेको पश्चिम मोहडा भएको कान्तिपुर गेष्ट हाउस रहेको चार तल्ले पक्की घर सो