निर्णय नं. १०७१२ - अंश दपोट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७१२ - अंश दपोट भाग: ६३ साल: २०७८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/०५/१७ २८५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।५।१७ ०७०-CI-१२७१ मुद्दाः- अंश दपोट पुनरावेदक / प्रतिवादी : गणेशबहादुरको छोरा भक्तपुर जिल्ला, चाँगु गा.वि.स. वडा नं. ७ बस्ने रामचन्द्र बुढाथोकी विरूद्ध प्रत्यर्थी / वादी : भक्तपुर जिल्ला, चाँगु गा.वि.स. वडा नं. ७ हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१४ कुलेश्‍वर नयाँबस्ती डेरा गरी बस्ने निर्मला बुढाथोकी दबाए छिपाएको प्रश्‍न सबै अंशियारहरूबिच अंश मुद्दा चली सबैले अदालतको आदेशबमोजिम तायदाती फाँटवारी पेस गर्दा दबाए छिपाएको छैन भनी कागज गरेको तर अंशबन्डा गर्नुपर्ने सम्पत्ति नदेखाई दबाए छिपाएको अवस्थामा उपस्थित हुने विषय हो । अंश मुद्दा पर्दा व्यवहार प्रमाणबाट पहिले नै छुट्टी भिन्‍न भएको ठहर फैसला भएको अंशियारले दबाए छिपाएमा नालिस गर्न पाउने नदेखिने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी "संभव" तथा विद्वान् अधिवक्ता श्री हरिकृष्ण कायस्थ प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री कुश्माश्‍वर सापकोटा अवलम्बित नजिर : ने.का.प.२०४४, अङ्क ७, नि.नं.३१५२ ने.का.प.२०४७, अङ्क ४, नि.नं.४२२७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री पुरूषोत्तमप्रसाद ढकाल भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री राजेन्द्रप्रसाद राजभण्डारी मा. न्यायाधीश श्री सत्यराज गुरूङ पुनरावेदन अदालत पाटन फैसला न्या.प्रकाशकुमार ढुंगाना : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड पिता गणेशबहादुर र माता वेदकुमारीका ६ भाइ छोराहरूमा जेठा विपक्षी दिलबहादुर-१, माहिला रामचन्द्र-१, साँहिला कृष्णबहादुर-१, काँहिला शारदाको पति गोविन्द-१, ठाँहिला म विष्णुबहादुर-१ र कान्छा निर्मलाको पति भरतबहादुर बुढाथोकी-१ समेतका परिवारमा तीनवटी छोरीहरू विवाह भई माताको मिति २०४७।३।३० मा परलोक भइसकेको बाँकी अंशियारहरूमा रीतपूर्वक अंशबन्डा भए पनि वादी दिलबहादुर र प्रतिवादी गणेशबहादुर भएको अंश मुद्दामा वादीले छुट्याई लिन पाउने ठहरी, भक्तपुर जिल्ला अदालतबाट मिति २०५०।३।१३ मा फैसला भई पुनरावेदन अदालतबाट मिति २०५१।१।२१ मा सुरू सदर भएको र म वादी विष्णुबहादुर बुढाथोकी र प्रतिवादी विपक्षीहरूसमेत भएको २०६३।५।२७ मा अंशचलन मुद्दा दर्ता भई भक्तपुर जिल्ला अदालतबाट मिति २०६४।९।४ मा वादीले साबिक अघिल्लो मुद्दामा अंश पाइसकेको वादी पुग्न नसक्ने ठहराई फैसला भएको छ । सोहीबमोजिम गणेशबहादुरका नाउँमा दर्ता हुन बाँकी कि.नं. १०६, १०७, १७८ र १८० को जग्गामध्येबाट रामचन्द्रकी पत्‍नी माहिली बुढाथोकीको नाममा क्षेत्रफल २-०-० हक छाडी कि.नं. ३५१ र बाँकी कि.नं. ३५२ कायम भई आएको जग्गाहरू विपक्षीहरूले भोगचलन गरी आएको तथ्यलाई लुकाई छिपाई खाने नियतले उल्लिखित अंश मुद्दामा तायदाती फाँटवारी पेस गरेको हुँदा दपोट ठहराई उक्त कित्ता जग्गाबाट समेत अंशपाउँ भन्‍नेसमेत बेहोराको मिति २०६५।९।९ गतेको वादी विष्णुबहादुर बुढाथोकीको फिराद दाबी । भक्तपुर जिल्ला, चाँगु गा.वि.स. वडा नं.७(क) कि