निर्णय नं. १०७१४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७१४ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/०९/२८ ४२६३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७७।९।२८ ०७५-CR-१३०७ मुद्दाः- कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : रूपन्देही जिल्ला साबिक रूद्रपुर गा.वि.स. वडा नं.२ हाल कन्चन गाउँपालिका वडा नं.३ मौजा पिपरीचापा घर भई हाल कारागार कार्यालय पाल्पामा थुनामा रहेकी शिला पुन बुढामगर विरूद्ध प्रत्यर्थी / वादी : कृष्ण बुढाको जाहेरीले नेपाल सरकार आत्मरक्षाको अधिकार भन्नाले कसैले आफूमाथि गैरकानूनी रूपले आक्रमण गरेको अवस्थामा उक्त गैरकानूनी आक्रमणबाट आफू बच्न नसक्ने वा भाग्न उम्कन नसक्ने अवस्थामा विकल्पविहीन अवस्था भर्इ आफ्नो ज्यान बचाउनको लागि प्रतिक्रियात्मक बल प्रयोग गर्न पाउने शक्तिलार्इ बुझाउँछ । मृतकले ज्यानै लिन सक्ने स्थितिको सिर्जना रहेभएको भन्ने तथ्य स्थापित नभएको अवस्थामा आफ्नो ज्यानको रक्षाका लागि मृतकलाई धारिलो हतियार खुकुरी, फलामको हथौडाले टाउको अनुहार जस्ता शरीरको संवेदनशील अङ्गमा पटकपटक प्रहार गरेको सत्यतथ्य आत्मरक्षाको अधिकारभित्र नपर्ने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री वोर्णबहादुर कार्की र विद्वान् अधिवक्ताहरू श्री देवकुमार मोक्तान, श्री शिव अर्याल र श्री फडिन्द्र कार्की प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३५१ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री शंकरराज बराल रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री लोहितचन्द्र शाह माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– तथ्य खण्ड मिति २०७३/०९/११ को अं. ०१:०० बजे रूपन्देही जिल्ला रूद्रपुर गा.वि.स. वडा नं.२ पिपरीचापा स्थित पूर्व खेमबहादुर बोटेको घर, पश्चिम नरबहादुर बुढाथोकीको घर, उत्तरमा पिपरीचापा सामुदायिक वन, दक्षिण ओले बुढाको खेत यति चारकिल्लाभित्र पर्ने उत्तर मोहडा गरेको ३ तले पक्की घरको भुइँ तलाको पूर्वतर्फको कोठामा शिला पुन बुढामगरले आफ्नै पत्नी श्याम बुढालाई धारिलो हतियार खुकुरीसमेतले प्रहार गरी गम्भीर घाइते बनाएको भनिएको स्थान कोठामा पति श्याम बुढामगर, पत्नी शिला पुन बुढामगर घाउचोट लागि रगताम्य भई घाइते अवस्थामा भुइँमा पल्टिएका, विस्तरा रगतले भिजेको, भुइँमा समेत रगत लागेको, निज घाइते दुवैलाई तत्काल उपचारको लागि पठाइएको, सो कोठाबाट रगत जस्तो पदार्थ लागेका २ वटा मोबाइल चार्जर, फलामे हथौडा-१, धारिलो खुकुरी-१, विस्तराको कलेजी रंगको तन्ना-१, फुस्रो( खरानी) रङको ज्याकेट-१, जिन्स पाइन्ट-१ प्रहरीले सो स्थानबाट बरामद गरी उठाई लिई गएका भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । मिति २०७३/०९/११ को अं ०१:०० बजे रूपन्देही जिल्ला रूद्रपुर गा.वि.स. वडा नं.२ पिपरीचापा स्थित आफ्नै घर कोठामा सुतेका मेरो भाइ वर्ष २३ को श्याम बुढालाई निजकी पत्नी मेरी बुहारी शिला पुन बुढामगरले मार्ने मनसायले धारिलो खुकुरीसमेतले मेरो भाइको संवेदनशील अङ्ग टाउको अनुहारसमेतमा प्रहार गरी गम्भीर घाइते बनाई आफ