निर्णय नं. १०७१७ - लागु औषध (खैरो हिरोइन)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७१७ - लागु औषध (खैरो हिरोइन) भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/०३/११ ४०३५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खड्‍का माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ फैसला मिति : २०७७।३।११ ०७४-CR-१०५१ मुद्दा: लागु औषध (खैरो हिरोइन) निवेदक / प्रतिवादी : सुर्खेत जिल्ला, विरेन्द्रनगर नगरपालिका वडा नं.६ घर भई हाल कारागार कार्यालय, चितवनमा थुनामा रहेको लोकेश योगी विरूद्ध विपक्षी / वादी : प्र.नि. चन्द्रकुमार थापाको जाहेरीले नेपाल सरकार व्यापारिक कारोबार प्रकृतिको खरिद, सञ्चय वा ओसारपसार भएको अवस्था देखिएमा खरिद बिक्रीतर्फको कसुर कायम हुन सक्ने भए तापनि त्यसप्रकारको स्थिति नदेखिएसम्म केवल सेवन प्रयोजनका लागि केही लागु औषध खरिद गरी आफूसाथ राखी एक ठाउँबाट अर्को ठाउँमा गएको कार्यलाई लागु औषध खरिद बिक्री, ओसारपसार, सञ्चय गरेको भनी कसुर ठहर गरी सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं.१०) निवेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री योगेन्द्रबहादुर अधिकारी, विद्वान्‌ अधिवक्ताद्वय श्री भोजबहादुर ढकाल र श्री नरबहादुर योगी विपक्षी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री टेकराज भुसाल अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क २, नि.नं.१०२०२ सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू फैसला गर्ने : माननीय न्यायाधीश श्री रमेश शर्मा पौडेल बर्दिया जिल्ला अदालत पुनरावेदन फैसला गर्ने : माननीय न्यायाधीश श्री लेखनाथ पौडेल माननीय न्यायाधीश श्री गणेशप्रसाद बराल उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास फैसला न्या.बमकुमार श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरी पुनरावेदन दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०७२।११।१७ गते दिनको १४ बजेको समयमा जिल्ला बर्दिया, बाँसगढी नगरपालिका वडा नं.१ स्थित पूर्वमा रातो माटो खोला, पश्‍चिममा राष्ट्रिय निकुञ्‍ज जङ्गल, उत्तर दक्षिण नेपालगन्जदेखि सुर्खेत सडक खण्ड यति चारकिल्लाभित्र सो सडकको पश्‍चिम किनारा हुँदै दक्षिणबाट उत्तरतर्फ जान भनी आएको भे.५ प.११३९ नं. को मोटरसाइकल चालक लोकेश योगी तथा सोही मोटरसाइकल पछाडि बसी आएका निलेश खड्‍कासमेत दुवैजनाको शरीर तथा मोटरसाइकलसमेत प्रतिवेदकसमेतको प्रहरी टोलीले खानतलासी गर्दा निलेश खड्‍काको साथबाट तत्काल तौल गर्दा २ ग्राम लागु औषध (ब्राउन सुगर) फेला पारी निज निलेश खड्‍का र लोकेश योगीसमेतलाई पक्राउ गर्नुका साथै निजहरू चढी आएको मोटरसाइकलसमेत बरामद गरी लिई गएको ठिक साँचो हो भन्‍नेसमेत बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । मिति २०७२।११।१७ गते म प्रतिवेदकको कमान्डमा खटिएको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला बर्दिया, बाँसगढी नगरपालिका वडा नं.१ उन्तिस खोला स्थित नेपालगन्ज सुर्खेत सडक खण्डमा चेक प्वाइन्ट थापी सवारी साधन तथा पैदल यात्रु चेकजाँच गरिरहेकोमा सोही दिनको १४:०० बजेको समयमा नेपालगन्जबाट सुर्खेततर्फ जान भनी दुईजना पुरूष व्यक्ति भे.५ प.११३९ नं. को मोटरसाइकल चढी आएको देखी निजहरूलाई रोकी शरीर तथा मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक जिल्ला सुर्खेत, बजेडीचौर गा.वि.स. वडा नं.२ घर भई जिल्ला सुर्खेत, विरेन्द्रनगर नगरपालिका वडा नं.६ बस्ने वर्ष २१ को लोकेश योगी तथा पछाडि बसी आएका ऐ. विरेन्द्रनगर नगरपालिका वडा नं.६ बस्न