निर्णय नं. १०७१९ - कुटपिट, अङ्गभङ्ग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७१९ - कुटपिट, अङ्गभङ्ग भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/०३/०९ ३२९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।३।९ ०७५-CR-०८९६ मुद्दा: कुटपिट, अङ्गभङ्ग पुनरावेदक / प्रतिवादी : सुनसरी जिल्ला, जाल्पापुर गा.वि.स. वडा नं.६ हाल परिवर्तित इनरूवा नगरपालिका वडा नं.१० बस्ने अब्बास मिया अन्सारी विरूद्ध विपक्षी / वादी : सुनसरी जिल्ला, जाल्पापुर गा.वि.स. वडा नं.६ हाल परिवर्तित इनरूवा नगरपालिका वडा नं.१० बस्ने मो.मुर्तुजा मियाको जाहेरीले नेपाल सरकार मुलुकी ऐन, कुटपिटको महलको २ र ६ नं. को व्याख्या गर्दा अविच्छिन्‍न यकिन गर्न सकिने तथ्य र प्रमाणको आधारमा मात्र दोषी ठहर गर्न मिल्ने देखिने । भाँचिएको हातखुट्टा वा अन्य अङ्ग उपचार गरी काम लाग्न सक्ने अवस्थामा आउने भएमा अङ्गभङ्गमा सजाय गर्न नमिल्ने र यस्तोमा मुलुकी ऐन, कुटपिटको महलको ६ नं.बमोजिम सजाय हुने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री मोहमद सेख अब्बास विपक्षी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री शिवप्रसाद अर्याल अवलम्बित नजिर : ने.का.प.२०७१, अङ्क २, नि.नं.९१२५ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री चित्रबहादुर गुरूङ सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री उमेशराज पौड्याल माननीय न्यायाधीश श्री हरिप्रसाद भण्डारी उच्च अदालत विराटनगर फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदन दर्ता गरी पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड मिति २०७१।०३।२४ गतेको दिन अन्दाजी १:०० बजेतिर म र मेरो श्रीमान्‌ मुर्तुजा मिया आफ्नो खेतबारीमा काम गरिरहेका बेला विपक्षी जिल्ला सुनसरी, जाल्पापुर गा.वि.स. वडा नं. ६ बस्ने अब्बास मिया अन्सारीले पुरानो रिसइवीको कुरा निकाली हातमा बाँसको लाठी बोकी आई हामी दुवैजनालाई नमारी छाड्दिन भन्दै कुटपिट गर्न लाग्दा हामी दुवैजना गुहार भनी कराउँदा गाउँलेले सुनी गाउँघर छिमेकीसमेतले कराउँदा निज अब्बास मिया अन्सारी भागेको हो । छिमेकीले तत्काल उपचार गराउन मेरो श्रीमान्‌ मुर्तुजा मियालाई इनरूवा अस्पताल ल्याई उपचार हुन नसकी वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गर्न भनी लगेको र मेरो श्रीमान्‌को देब्रे हात भाँचिएको र अङ्गभङ्ग भई गम्भीर घाइते भई उपचार भइरहेको हुँदा घाजाँच केस फाराम गराइपाउँ भन्‍ने बेचनी मियानीको निवेदन । सुनसरी जिल्ला, जाल्पापुर गा.वि.स. वडा नं ५ स्थित पूर्वमा शंकरपुर शाखा नहर, पश्चिममा मलाना जमीलको खेत, उत्तरमा काग्रेसी खोला र दक्षिणमा ईनुस मन्सुरीको खेत यति चारकिल्लाभित्र मिति २०७१।०३।२४ गते अब्बास मिया अन्सारीले मुर्तुजा मियालाई कुटपिट गरी देब्रे हातसमेत भाँची अङ्गभङ्गसमेत पारेको घटनास्थल मुचुल्का । म जाहेरवाला मुर्तुजा मियालाई मिति २०७१।०३।२४ गते अन्दाजी दिनको १:०० बजेको समयमा आफ्नो खेतमा खेताला लगाई धान रोपाइँ गरिरहेको अवस्थामा एकाएक अब्बास मिया अन्सारी आई मेरा काम गर्ने खेतालासमेतलाई भड्काई खेतालामध्येका पानालाललाई गालीगलौज गरेको सुनी मेरा खेतालालाई किन यस्तो गर्नुहुन्छ भन्दा तलाई नै मैले खोजी पर्खिरहेको, आज फेला परि