निर्णय नं. १०७२० - अपहरण तथा शरीर बन्धक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७२० - अपहरण तथा शरीर बन्धक भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/०३/२१ ४५७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति : २०७७।३।२१ मुद्दाः अपहरण तथा शरीर बन्धक ०७३-CR-०४६५ पुनरावेदक / प्रतिवादी : सर्लाही जिल्ला, हरिवन गा.वि.स. वडा नं.४ घर भई हाल कारागार कार्यालय, भिमफेदी मकवानपुरमा थुनामा रहेको प्रल्हाद महत विरूद्ध प्रत्यर्थी / वादी : शिव शाहीसमेतको जाहेरीले नेपाल सरकार ०७४-CR-१४७६ पुनरावेदक / प्रतिवादी : पाल्पा जिल्ला, झडेवा गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय, रूपन्देही थुनामा रहेको विदुर भन्ने विष्णुबहादुर जि.सी. विरूद्ध प्रत्यर्थी / वादी : शिव शाहीसमेतको जाहेरीले नेपाल सरकार घटना घटेको देख्ने चश्मदिद व्यक्ति कोही नभएको अवस्थामा पनि अन्य परिस्थितिजन्य प्रमाणहरू (Circumstantial Evidences) बाट अभियोग दाबी पुष्टि हुन नसक्ने होइन । फौजदारी मुद्दामा प्रत्यक्ष प्रमाणको महत्त्वपूर्ण स्थान रहने भन्ने कुरामा विवाद हुन सक्तैन । तर कुनै मुद्दामा प्रत्यक्ष प्रमाण उपलब्ध नभएकै आधारमा अपराध र अपराधीको बारेमा खोजबिन नहुने भन्ने हुँदैन । प्रत्यक्ष प्रमाण उपलब्ध नभएको स्थितिमा परिस्थितिजन्य प्रमाण (Circumstantial Evidence) को सहाराबाट मिसिलमा रहेको तथ्य एवम् प्रमाणहरूको विश्लेषण गरी अपराध र अपराधीको बारेमा न्यायिक निरूपण हुन आवश्यक हुने । कुनै प्रतिवादीले आफू संलग्न वारदातका सम्बन्धमा अनुसन्धान अधिकारीसमक्षको बयानमा आरोपित कसुर स्वीकार गरी अदालतसमक्षको बयानमा असत्य वा झुठो कुरा व्यक्त गर्न सक्दछ तर परिस्थिति र तथ्यले कहिल्यै झुठो बोल्दैन भन्ने मान्यताको जगमा परिस्थितिजन्य प्रमाणको सिद्धान्त अडेको हुन्छ । अप्रत्यक्ष प्रमाणको आधारबाट पनि अदालतले विवादको सही निरूपण गर्नुपर्ने । (प्रकरण नं.१२) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रजितभक्त प्रधानाङ्ग र अधिवक्ताहरू श्री सुनिल पोखरेल, श्री बद्रिप्रसाद पौडेल र दिपकमणी निरौला वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज भट्ट अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जिल्ला न्या. श्री विष्णुप्रसाद कोइराला काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रकाशराम मिश्र माननीय न्यायाधीश श्री विष्णुदेव पौडेल पुनरावेदन अदालत पाटन फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड मिति २०६४।०९।०२ गते साँझ १९:१५ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं.३४ बासुकी मार्गबाट महेश मुरारकालाई बा.४.च.३२९८ नं. को कार नियन्त्रणमा लिई उद्योगपति महेश मुरारका तथा चालकसमेतलाई हातहतियार देखाई बल प्रयोग गरी निलो रङको गाडी प्रयोग गरी बलजफ्ती अपहरण गरेको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । मिति २०६४।०९।०२ गते बबरमहलबाट महेश मुरारकालाई बत्तिसपुतली घरतर्फ जान बा.४ च.३२९८ नं. को मैले चलाई महेश मुरारका सोही कारमा बसी पुरानो बानेश्वरको बाटो हुँदै जाँदै थियौं । बेलुका अं.१९:३० बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं.३४ बासुकी मार्गमा पुग्नासाथ ५/६ जनाको समूहले नम्बर याद नभएको निलो रङको गाडीले बाटो छेकी अवरोध खडा गरी बोल्न कराउन नदिई हातपात