निर्णय नं. ४४३३ - निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४३३ - निखनाई पाउँ भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/१२/२५ २३७७ निर्णय नं. ४४३३ ने.का.प. २०४८ अङ्क १२ पूर्णइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको दे.पु.इ.नं. ९० फैसला भएको मिति: २०४८।१२।२५।३ मा निवेदक/वादी: राजविराज न.पं. वार्ड नं. २ बस्ने छूतहरु यादव विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ.वार्ड नं. ९ बस्ने सुनयना झा मुद्दा : निखनाई पाउँ (१) वादीले थैली थाहा पाउन उचित र पर्याप्त प्रयास गरेको कुरा फिरादमा लेखी देखाउन नसकेकोले लेनदेन व्यवहारको १६ नं. अन्तर्गत प्रस्तुत फिराद परेको भन्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी विपक्षी प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री शिवराज अधिकारी अवलम्बित नजीर: सूर्यबहादुर श्रेष्ठ विरुद्ध रमेश श्रेष्ठ समेत भएको २०३५ सालको दे.फु.नं. १९ को निखनाई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत पूर्णइजलासबाट मिति २०३५।१२।३१।६ मा प्रतिपादित सिद्धान्त । (ने.का.प. २०३५, अड्ढ १२, पृष्ठ २५६ मा प्रकाशित सं.) –ने.का.प. २०४५, अड्ढ ११, पृष्ठ १२२१ को संयुक्त इजलासको फैसलालाई सदर गरी फैसला भएको । फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. श्री ५ महाराजाधिराजका जुनाफमा सर्वोच्च अदालत संयुक्त (साविक पेज नं. ८४०) इजलासबाट भएको मिति २०४५।११।८ को निर्णय दोहोर्याई पाउँ भनी निवेदकले चढाएको विन्तिपत्रमा “उक्त मुद्दाको मिसिल झिकी पूर्णइजलासबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु” भन्ने मौसूफबाट हुकुम बक्से बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. राजविराज नगरपञ्चायत वार्ड नं. ९ कि.नं. ११० को ०–१०–० साविक देखि मैले जोती आएको उक्त जग्गा जग्गाधनी शान्तिदेवीले बिक्री गर्नु परेमा म मोहीलाई सुनाई लेनदेन व्यवहारको १२ नं. अनुसार मैले नलिएमा अरुलाई बिक्री गर्नु पर्नेमा मलाई थाहा नै नदिई उक्त जग्गा २०३९।३।१० गतेमा राजीनामा पारित गराई लिएको कुरा यही पौष ९ गते प्रमाणका मानिसबाट थाहा पाएकोले नालेश गर्न आएको छु । उक्त जग्गा मेरो मोहियानी हुँदा शान्तिदेवीले सुनयना झालाई के कति रुपैयाँमा कहाँबाट पारित गरी दिएको हो विपक्षीबाट लिखत दाखिल गराई थैली मबाट धरौट दाखिल गराई सो थैली विपक्षी सुनयना झालाई बुझाई उक्त कि.नं. ११० को ०–१०–० जग्गा म मोहीलाई हक सफा गराई मेरा नाउँमा दर्ता गराई पाउँ भन्ने समेत २०३९।१०।१२।४ को फिरादपत्र । ३. फिराद लेख बमोजिम वादी जग्गा कमाउने मोही होइन । त्यसो हुनाले वादीले मैले खरिद गरेको जग्गा निखनाई पाउने होइन फिराद लेख झुठ्ठा हो म संग वादीको बराबर सम्पर्क आवत जावत भएको हुँदा पारित भएको कुरा थाहा नभएको फिराद लेख झुठ्ठा हो भन्ने समेत सुनयना झाको २०४०।१।१४।४ को प्रतिउत्तरपत्र । ४. एकासगोलको लोग्ने जयनारायण साहले २०४०।१।७।४ मा बुझी लिएको इतलायनामाको म्याद गुजारी प्र.शान्तिदेवी बसेको । ५. लेनदेन व्यवहारको १२ नं. मा हकवालाले ननिखनेमा र म्यादभित्र उजूर गरे मोहीले निखन्न पाउँछ भन्ने लेखेको देखिनुका साथै प्रतिवादीले नै पेश गरेको लेखतमा वादी मोही भन्ने लेखेको देखिएकोले वादी दावा अनुसार कि.नं. ११० को ०–१०–० जग्गाको हक निखन्न पाउने ठहर्छ भन्ने शुरु सप्तरी जिल्ला अदालतको २०४०।९।११।२ को फैसला । ६. शुरु जिल्ला अदालतको इन्साफमा चित्त नबुझी प्र.सुनयना झा तर