निर्णय नं. १०७२१ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७२१ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/०८/२५ १६७६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७७।८।२५ ०७७-WH-०१२० मुद्दा : बन्दीप्रत्यक्षीकरण रिट निवेदक : पर्सा जिल्ला झौवागुठी-८ को परिवर्तित विन्दवासिनी गाउँपालिका वडा नं. ४ घर भई हाल कारागार कार्यालय नख्खु ललितपुरमा थुनामा रहेको विश्वनाथ साह तेलीको छोरा वर्ष ३९ को प्रभु भन्ने जमुना साह तेली विरूद्ध विपक्षी / प्रत्यर्थी : पर्सा जिल्ला अदालत, पर्सा वीरगन्जसमेत कुनै व्यक्तिलाई एकपटक अदालतको फैसलाअनुसार कसुरदार ठहर गरी सजाय भएकोमा अदालतमा धरौटी राखी थुनामुक्त भए पनि पुनः निजले पटकपटक अपराध गरी रहने प्रवृत्तिले त्यस्ता कसुरदारलाई सजायको सहुलियतको सिद्धान्त लागु गर्नु मनासिब नहुने । (प्रकरण नं.८) रिट निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री गिरीराज दाहाल विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३६० सम्बद्ध कानून : आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधान, २०७२ को धारा १३३ को उपधारा (२) र (३) तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ३३ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :- तथ्य खण्ड म निवेदकउपर प्र.स.नि. रामबालक प्रसाद कलवारसमेतको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार भएको ला.औ. इन्जेक्सन मुद्दा (०७३-CR-००५०) पर्सा जिल्ला अदालतमा दायर भएकोमा उक्त मुद्दामा मलाई मिति २०७३।०८।०१ गते पक्राउ गरी थुनामा राखेकोमा सो थुनाउपर मैले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा निवेदन गरेकोमा वीरगन्ज इजलासले मबाट रू.१,५०,०००।- धरौटी दिए लिई तारेखमा राख्नु भनी मिति २०७३।११।१२ मा गरेको आदेशबमोजिम मिति २०७३।११।१२ मा धरौटी रसिद नं. ५६६५ बाट रू.१,५०,०००।- पर्सा जिल्ला अदालतमा धरौटी राखी मिति २०७३।०८।०१ देखि २०७३।११।१४ सम्म ३ महिना १४ दिन थुनामा बसी मिति २०७३।११।१५ गतेका दिन तारेखमा छुटेकोमा पर्सा जिल्ला अदालतबाट मिति २०७४।०३।१८ मा मलाई सफाइ दिई फैसला भएको थियो । मउपर पुनः प्रकाश राईसमेतको प्रतिवेदनले वादी नेपाल सरकार भएको ला.औ. डाइजेपाम एम्पल (०७४-CR-००८०) मुद्दा ललितपुर जिल्ला अदालतमा चलेकोमा मिति २०७४।०७।१७ गते मलाई पक्राउ गरी ल.पु.जि.अ.ले पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरी हालसम्म म थुना, कैदमै रहेकोमा ललितपुर जिल्ला अदालतबाट मिति २०७५।०५।२७ मा भएको फैसलाले मलाई ३ वर्ष कैद र रू.३,००,०००।- (तीन लाख) जरिवाना हुने ठहर्याई उक्त जरिवाना रू.३ लाख दाखिला गरे मिति २०७७।०७।१६ गतेसम्म कैदमा राखी मिति २०७७।०७।१७ गते कैदमुक्त गर्न र जरिवाना नबुझाए थप ४ वर्ष कैदमा राख्ने गरी मिति २०७५।०८।१२ गते कैदी पुर्जी दिएको थियो । पर्सा जिल्ला अदालतबाट मैले सफाइ पाएकोमा सो फैसलाउपर वादी नेपाल सरकारले पुनरावेदन गरी उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जबाट मिति २०७५।०६।०९ मा सुरू पर्सा जिल्ला अदालतको फैसला उल्टी गरी मलाई २ वर्ष ६ महिना कैद र रू.१ लाख जरिवाना हुने ठहर्याई फैसला भएको हुँदा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज र ल.पु.जि.अ.को फैसलाबमोजिम मलाई लागेको कैद हद गरी, पर्सा जिल्ला अदालतमा मैले बुझाएको धरौटी रकम रू.१,५०,०००।- मध्येबाट उच्च अदालत जनकपुर,