निर्णय नं. १०७२८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७२८ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७७/१२/३१ ५७६८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७७।१२।३१ ०७४-CR-०९७१ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जालिमी गिरीको छोरा प्युठान जिल्ला खवाङ गाउँ विकास समिति वडा नं. ६ घर भई हाल कारागार कार्यालय, प्युठानमा कैदमा रहेको केशे भन्ने केशु गिरी विरूद्ध प्रत्यर्थी / वादी : मैते भन्ने मुगे गिरीको जाहेरीले नेपाल सरकार घटनास्थल वरपर उपस्थित भई घटनास्थलमा जान इन्कार गर्नु र कसैलाई कर्तव्य गरी मार्नु दुई फरक कुरा हुन् । कसैको रगताम्य रूपमा हत्या भएको वारदातस्थलमा जान डराउनु र जाँदा आफूलाई नै आरोप आइलाग्छ कि भनेर सोच्नु स्वाभाविक मानवीय भावना हो । प्रतिवादी वारदातस्थलको वरपर उपस्थित रहेको र निजले वारदातस्थलमा जान इन्कारी गरेको तथ्य मात्र निजलाई कसुरदार ठहर्याउनका लागि पर्याप्त नहुने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री लोकमणि पोखरेल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शुशिल देवकोटा अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३५० ने.का.प.२०६९, अङ्क १, नि.नं.८७५८ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू फैसला गर्ने: माननीय न्यायाधीश श्री वासुदेव न्यौपाने प्युठान जिल्ला अदालत पुनरावेदन फैसला गर्ने: माननीय न्यायाधीश श्री सुदर्शनदेव भट्ट माननीय न्यायाधीश श्री श्रीमणकुमार गौतम उच्च अदालत तुलसीपुर फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ८(३) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:- तथ्य खण्ड जिल्ला प्युठान, खवाङ गा.वि.स. वडा नं. ६ पुतलीवाङ स्थित पाखो बारीभित्र रहेको मृतकको १६ हात लम्बाइ, ८ हात चौडाइ भएको ढुङ्गाको छाना भएको २ तले कच्ची घर रहेको, सो घरको पश्चिमपट्टि पाली जोडेको कोठामा ढोका खोली हेर्दा दक्षिणतर्फ सिरान, उत्तरतर्फ गोडा गरी घोप्टो अवस्थामा दाहिने कानदेखि पछाडि ६ इन्च लम्बाइ, ३ इन्च चौडाइ भई काटिएको र बायाँ कानको भागको बिचबाट ३ इन्च लम्बाइ भएको काटिएको अवस्थामा रहेको र घाँटीदेखि माथि गर्धनको भागमा धारिलो हतियारले काटिएको, दाहिने आँखा बाहिर निस्केको, अनुहारको भाग रगताम्य भएको मृतक रूना गिरीको घोप्टो अवस्थामा लास रहेको भन्ने मिति २०७२।९।१७को घटनास्थल लास जाँच मुचुल्का । मिति २०७२।९।१७ गते मेरा घरमा मेरी आमा वर्ष ७२ की रूना गिरी एक्लै रहेको समयमा जिल्ला प्युठान, खवाङ गा.वि.स. वडा नं. ६ पुतलीवाङ बस्ने जालिम गिरीको छोरा वर्ष अ. २४ को केशे भन्ने केशु गिरीले पूर्वरिसइवीको कारणले धारिलो हतियार प्रयोग गरी मेरो घरमा पश्चिमतर्फको कोठामा कर्तव्य गरी मारेकोले निजलाई पक्राउ गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलबमोजिम हदैसम्मको कानूनी कारबाही गरिपाउँ भन्ने मिति २०७२।०९।२१ गतेको जाहेरी दरखास्त । Cause of Death मा Sharp Force Injury to Head भन्नेसमेत बेहोराको मृतक रूना गिरीको शव परीक्षण प्रतिवेदन (पोष्टमार्टम रिपोर्ट) । उक्त घटना घटाउँदा प्रत्यक्ष रूपमा आफूले नदेखेको हुँदा निज रूना गिरीलाई कसले कर्तव्य गरी मार्यो म यकिनसाथ भन्न सक्दिन भन्नेसमेत बेहोराको जेनी के.सी. ले गरेको घटना विवरण कागज । केशुसँग मृतक रूना गिरीको पूर्वरिसइवी थ