निर्णय नं. १०७२९ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७२९ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/१०/०१ ५३२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति : २०७६।१०।१ ०७२-WO-०३९० विषय : उत्प्रेषण / परमादेश निवेदक : आइठान तमाङको छोरा नुवाकोट जिल्ला बुङताङ गाउँ विकास समिति वडा नं.२ स्थायी घर भई हाल काठमाडौं जिल्ला काठमाडौं नगरपालिका वडा नं.१६ बस्ने आचार्य कर्मा नाम्ग्याल तामाङसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंसमेत सार्वजनिक हक वा सरोकारको विवाद भन्‍नाले कुनै खास व्यक्ति वा व्यक्तिहरूको व्यक्तिगत हक वा सरोकारमा मात्र सीमित भएको विवाद नभएर नेपालका सर्वसाधारण जनता वा कुनै जनसमुदायको सामूहिक हक वा सरोकारसँग सम्बन्धित भएको विवाद हुनुपर्ने । नेपाल सरकार वा कुनै सार्वजनिक निकाय वा पदाधिकारीले संविधान वा कानूनबमोजिम गर्नुपर्ने कुनै काम नगरेको वा गर्न नहुने कुनै काम गरेको कारणबाट जनसाधारणको हक, हित वा स्वार्थमा प्रतिकूल असर परेको कुरा सार्वजनिक हक वा सरोकारको विषय हुने । (प्रकरण नं.२) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री दुण्डिराज देवकोटा, विद्वान् अधिवक्ता श्री रामकुमार आचार्य, विद्वान् अधिवक्ता श्री शिव अर्याल विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : ने.का.प.२०७०, अङ्क ६, नि.नं.९०२० ने.का.प.२०६८, अङ्क ७, नि.नं.८६४४ सम्बद्ध कानून : लुम्बिनी विकास कोष ऐन, २०४२ आदेश न्या.सपना प्रधान मल्ल : नेपालको संविधानको धारा ४६ र १३३ (२) (३) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- हामी निवेदकहरू भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा भगवान् बुद्धको जीवनसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्ध रहेको क्षेत्र तिलौराकोट आदि विभिन्‍न स्थानको विकास, संरक्षण तथा भगवान् गौतम बुद्धको देवत्वका सम्बन्धमा संस्थागत रूपमा संलग्न रही हामी निवेदकमध्ये कर्मा नाम्ग्याल तामाङ बौद्ध धर्मसँग सम्बन्धित संस्थाको सदस्यता लिई भोट बौद्ध दर्शन शास्त्रमा आचार्यसमेत पास गरी विभिन्‍न प्रशंसा पत्र पाएको र म निवेदक बज्रमुनी बज्राचार्य नेपाल भाषामा नेपाली साँस्कृतिक इतिहास तथा पुरातत्त्व बोध अध्ययन आदि विषयमा स्नातकोत्तरसम्मको अध्ययन गरी उपप्राध्यापक पदमा नेपालभाषा अध्ययन गरी सरकारी तथा निजी क्षेत्रमा सेवा गरी सो विषयमा विशिष्ट विशेषज्ञका रूपमा आफ्नो ज्ञान, बुद्धि र विवेकअनुसार निरन्तर रूपमा सेवागरी बौद्ध धर्म तथा गौतम बुद्धको जीवनसँग सम्बन्धित विषयमा अध्ययन अध्यापन गर्ने एक सचेत बौद्ध भिक्षु भएको बेहोरा सादर निवेदन गर्दछौं । भगवान गौतम बुद्धको जन्मस्थान तथा उहाँको जीवनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार रहेका क्षेत्रको विकास, संरक्षण, प्रचार प्रसार आदि गर्ने लक्ष्य र आदर्शलाई प्रभावकारी बनाउन तथा विश्वजनसमक्ष पुर्‍याउन लुम्बिनी विकास कोष ऐन, २०४२ को तर्जुमा गरी प्रधानमन्त्री उक्त कोषको संरक्षक रहने गरी ऐनको दफा ८(१) बमोजिम कोषको उद्देश्य पूरा गर्ने सम्बन्धमा नीति निर्माण गर्न तथा समितिलाई आवश्यक मार्ग दर्शन एवं निर्देशन दिनको लागि कोषको सर्वोच्च निकायको रूपमा लुम्बिनी विकास परिषद् गठन हुने व्यवस्था गरेको तथा ऐ. ऐनको दफा ११क.(१) मा परिषद्को सामान्य निर्देशनमा रह