निर्णय नं. ४४३४ - दाखिल खारेज
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४३४ - दाखिल खारेज भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/११/२७ २७८७ निर्णय नं. ४४३४ ने.का.प. २०४८ अङ्क १२ पूर्णइजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४७ सालको दे.पू.इ.नम्बर ७७ फैसला भएको मिति: २०४८।११।२७।३ मा (साविक पेज नं. ८४३) निवेदक/प्रतिवादी: जि.चितवन खैरहनी गा.वि.स. वडा नं. ९ बस्ने श्यामबहादुर पन्त विरुद्ध विपक्षी/वादी: ऐ.भरतपुर न.पा. वडा नं. ३ नारायणगढ बस्ने नविन प्रधानसमेत मुद्दा : दाखिल खारेज (१) मालमा बयान गर्ने ऋणी र निजको अंशियारले यो यसतर्फको कित्ताकाट गरी दिन मञ्जूर छ नभनेको हुँदा लिखतको आधारबाट मात्र सोझै जग्गा छुट्याई कित्ताकाट गर्न नमिल्ने । (प्रकरण नं. १४) निवेदक प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी प्रत्यर्थी वादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया, विद्वान अधिवक्ता श्री प्रकाश वस्ती फैसला न्या.गजेन्द्रकेशरी बास्तोला १. श्री ५ महाराजाधिराज सरकारका हजूरमा मुद्दा दोहोराई पाउँ भनी श्यामबहादुर पंतले चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी मौसूफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४७।३।३१ गतेमा तोक लागि आए अनुसार पूर्णइजलासको लगतमा दर्ता भई पेश हुन आएकोमा तथ्य यस प्रकार छ :– २. विपक्षी अम्बाकुमारी पन्त, श्यामबहादुर पन्त र भैरवबहादुर पन्तको सगोलको जग्गाबाट मिति २०३६।११।१० गतेमा मण्डलीमाया श्रेष्ठ, गंगाकुमारी परियार २०३७।५।१९ मा गयाप्रसाद श्रेष्ठ मिति २०३७।११।३० मा निर्मल प्रधान र मिति २०३६।१०।१५ मा नविन प्रधानले र भैरवबहादुरको भागबाट मिति २०३९।३।७ मा मोहनबहादुर देवाजुले श्यामबहादुर पन्तको हकको जग्गा किनी सो किनेको जग्गा दाखिल खारेज गरी पाउँ भनी मिति २०३६।१२।२४ गतेमा मण्डलीमाया श्रेष्ठ मिति २०३९।३।२० गतेमा गंगाकुमारी परियार मिति २०३८।८।२९ गतेमा गयाप्रसाद श्रेष्ठ मिति २०३८।५।१८ गतेमा निर्मल प्रधान, २०३८।५।१८ गतेमा नविन प्रधान मिति २०४०।३।१० मा मोहनबहादुर देवाजु समेतको चितवन मालपोत कार्यालयमा निवेदन परेको सो निवेदन अनुसार मालपोत कार्यालयबाट भैरवबहादुर पन्त, श्यामबहादुर पन्त र अम्बाकुमारी, पन्तलाई झिकाई कागज गराउँदा आ–आफ्नो भाग बण्डा गरी आ–आफ्नो भागमा पर्ने कित्ताबाट बिक्री गरेको जग्गाको कित्ताकाट भएमा मञ्जूर छौं भन्ने व्यहोराको निजहरुले कागज गरेको । ३. उपरोक्त लिखत बमोजिम दा.खा. भएमा मञ्जूर भएको भन्ने उपरोक्त जग्गा धनी श्यामबहादुर पन्त र १।४ हिस्सा मध्येका अम्बाकुमारी र श्यामबहादुरको कानुनी ग्राहय लिखत पेश भएमा वा (साविक पेज नं. ८४४) सगोलका जग्गाधनीहरु सबै उपस्थित भई संयुक्त निवेदन दिई कित्ताकाट गरी दाखिल खारेज गरी लिन दिन माग गरेको अवस्था सो बमोजिम दाखिल खारेज कारवाही गर्ने गरी हाल प्रस्तुत निवेदन मिसिल तथा सम्बन्धित अन्य लिखत निवेदन तामेलीमा राखी दिने भन्ने समेत व्यहोराको मिति २०४०।३।२७।२ को मालपोत कार्यालय चितवनको निर्णय आदेश । ४. मालपोत कार्यालयको निर्णयमा चित्त बुझेन बदर गरी हाम्रा नाममा दाखिल खारेज गराई पाउँ भन्ने समेत मण्डलीमाया श्रेष्ठ, गयाप्रसाद श्रेष्ठ, नविन प्रधान र निर्मल प्रधा