निर्णय नं. १०७३१ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७३१ - ज्यान मार्ने उद्योग भाग: ६३ साल: २०७८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७८/०३/२९ १००३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७८।३।२९ ०७४-CR-०५०३ मुद्दा : ज्यान मार्ने उद्योग पुनरावेदक / प्रतिवादी : रामेछाप जिल्ला, फुलासी गाउँ विकास समिति वडा नं. ८ घर भई हाल कारागार कार्यालय, इनरूवा, सुनसरीमा कैदका रहेको जीवन वि.क. विरूद्ध प्रत्यर्थी / वादी : प्रेमबहादुर मगरसमेतको जाहेरीले नेपाल सरकार मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं. को व्यवस्थाले ज्यान मार्ने मनसायले जुनसुकै कार्य गरेको भनी ऐनमा उल्लेख भएबाट नै गोली चलाउने वा बम हान्ने वा घातक हतियारले काट्‍ने देखीबाहेक अन्य रीतसँग पनि मानिस मार्ने कार्य हुन सक्दछ भन्ने विधायिकी मनसाय रहेको देखिन्छ । ऐनमा भएको “... मार्नको लागि अरू जुनसुकै कुराको उद्योग गरी” भन्‍ने बेहोरा उल्लेख भएबाट नै यसको दायरा फराकिलो रहेको स्पष्ट छ । तसर्थ, एसिड प्रहार भन्ने शब्द ऐनमा नपरेकै कारणबाट यसलाई ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्दैन भन्नु न्याय र कानूनसम्मत नदेखिने । ज्यान मार्ने उद्योगको कसुर हुनको लागि ज्यान मार्ने मनसायले गोली चलाएको वा बम हानेको वा घातक हतियारले काटेको वा मार्नका लागि अरू जुनसुकै कार्य गरेको भनी स्पष्ट उल्लेख भएबाट अब एसिड प्रहार सम्बन्धमा ज्यानसम्बन्धी १५ नं.मा कहीँकतै उल्लेख नगरिएको हुँदा एसिड प्रहारको कार्य ज्यान मार्ने उद्योगको कसुरअन्तर्गत पर्दैन भनी मान्न नमिल्ने । (प्रकरण नं.५) एसिड आक्रमणका कारण पीडितमाथि पर्ने जीवनपर्यन्तको गम्भीर शारीरिक र मानसिक क्षतिलाई हेर्दा यसलाई अक्षम्य, असभ्य र हृदयविहीन व्यक्तिले घटाउने अपराध मान्नुपर्दछ । समयमा उपचार नपाएमा ज्यानै जान सक्ने एसिड आक्रमणको घटनाबाट बाँचेका व्यक्तिहरू बाँकी जीवन लज्जा, अपहेलना र भेदभावपूर्ण व्यवहारको बिच बाँचेका छैनन् भनी भन्न नसकिने हुँदा एउटा व्यक्तिको समग्र भविष्यलाई नराम्रोसँग असर पारी असामान्य चरम पीडाको अवस्थामा पुर्‍याउने एसिड आक्रमणका कसुरदारलाई क्रुरताकै रूपमा मान्नुपर्दछ । सामान्य जीवन बाँचेको व्यक्तिलाई आफैँले चिन्न नसक्ने अवस्थामा पुर्‍याई उसको हत्या गर्ने वा आत्मसम्मान र मनोबल नै खस्किने गरी कुत्सित मनसायका साथ घटाइने एसिड आक्रमणका घटनाले मूलतः भर्खरै नयाँ भविष्यको मार्गमा अघि बढिरहेका कैयौं युवतीहरूको जीवन क्षत विक्षत बनाएको पाइन्छ । तसर्थ, दोषी व्यक्ति कानूनले तोकेको उच्चतम सजायको भागी हुन योग्य मानिनुपर्ने । (प्रकरण नं.६) योजनावद्ध रूपमा पूर्वतयारीका साथ मनसायप्रेरित आपराधिक कार्यको प्रकृतिअनुसार तत्काल प्रभावकारी उपचार उपलब्ध नभएको भए पीडितको ज्यान जाने अवस्था सिर्जना हुन्छ भने त्यहाँ ज्यान मार्ने उद्योग कसुर कायम गर्न तेस्रो बाहिरी अप्रत्यासित हस्तक्षेपको कारणले ज्यान मर्न नपाएको भनी दाबी लिने अवस्था नदेखिने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू श्री मोहन साशंकर, श्री श्यामकुमार विश्वकर्मा र श्री बद्रीप्रसाद भुसाल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल अवलम्बित नजिर : ने.का.प.२०४३, नि.नं.२६१७ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री हरिप्रसाद के.सी. काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री लेखनाथ घिमि