निर्णय नं. १०७३३ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७३३ - आयकर भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/०९/२१ १६७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।९।२१ ०७४-RB-००२० मुद्दाः आयकर (आ.व. ०६२/६३) पुनरावेदक / निवेदक : जिल्ला कास्की, पोखरा उपमहानगरपालिका वडा नं. ११, फुलबारीस्थित मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्राइभेट लिमिटेडको तर्फबाट ऐ. को अधिकारप्राप्त वित्तीय अधिकृत जिल्ला महोत्तरी, बनौली गा.वि.स. वडा नं.८ बस्ने रविन्द्र ठाकुरको वारेस का.जि. गोंगबु गा.वि.स. वडा नं. ६ बस्ने कृष्णप्रसाद सिलवाल विरूद्ध प्रत्यर्थी / विपक्षी : आन्तरिक राजस्व कार्यालय, पोखरा गैरकानूनी कार्यबाट कानूनसम्मत प्रतिफल प्राप्त हुन सक्दैन अर्थात् कानूनी वैधानिकता नै नभएको सम्झौताअनुसार दाखिला गरेको करले निवेदकलाई आफ्नो दायित्वबाट उन्मुक्ति दिन्छ भनेर मान्नु कानून तथा न्यायको उपहास हुन जाने । ऐनले वर्जित कार्य र सम्झौताविपरीत आफैँ सेवा सम्झौता गरी सेवा शुल्क दिने भनी गरिएको सम्झौताको कुनै वैधानिकता नहुने । (प्रकरण नं.६) पुनरावेदक / निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री राजेश्वर श्रेष्ठ तथा श्री सन्तोषकुमार महतो प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : आयकर ऐन, २०५८ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ सुरू तहको निर्णय : प्र.क.अ. श्री मणिदेव भट्टराई आन्तरिक राजस्व कार्यालय, पोखरा प्रशासकीय पुनरावलोकन गर्ने निकाय : आन्तरिक राजस्व विभाग, काठमाडौं पुनरावेदन तहको फैसला : मा.अध्यक्ष तथा कानून सदस्य श्री माधवप्रसाद चालिसे मा.राजस्व सदस्य श्री लक्ष्मणबहादुर बस्नेत माननीय लेखा सदस्य श्री लोकनाथ गौतम राजस्व न्यायाधिकरण, पोखरा फैसला न्या. दीपककुमार कार्की : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(घ) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई राजस्व न्यायाधिकरण पोखराको मिति २०६९/५/३ को फैसलाउपर मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्राइभेट लिमिटेडको तर्फबाट पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा यस अदालतबाट राजस्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख) र (घ) बमोजिम प्राप्त भई पुनरावेदनको रूपमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः तथ्य खण्ड मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रा.लि. ले आ.व.०६२/०६३ को आफ्नो कारोबारको करयोग्य आय रू.५,२९,०१,५३७।७३ देखाई मिति २०६३।०९।२५ मा आन्तरिक राजस्व कार्यालय, पोखरामा आय विवरण पेस गरेको रहेछ । करदाताले आ.व. ०६२/६३ को लागि पेस गरेको स्वयम्‌ कर विवरण प्रतिवेदनमा कर निर्धारणयोग्य आय रू.५,२९,०१,१३७।७३ देखाएकोमा हाम्रो कर परीक्षणबाट आयकर प्रयोजनका लागि कर निर्धारणयोग्य आय रू.११,९१,३६,७८१।- देखिएको छ भन्नेसमेत बेहोराको प्रविण जोशी एन्ड को. का चार्टर एकाउन्टेन्ट प्रविनध्वज जोशीको मिति २०६४।२।११ को कर लेखा परीक्षण प्रतिवेदन । कर परीक्षणबाट देखिएका कैफियत एवम्‌ चार्टड एकाउन्टेन्ट प्रविण जोशी एन्ड कम्पनीको रायसमेतका आधारमा यस वर्षमा रू.११,९१,३६,७८२।- संशोधित करयोग्य आय कायम गरी आयकर ऐन, २०५८ को दफा १०१(६) बमोजिमको सूचना करदाताको नाउँमा गर्नुपर्ने देखियो भन्नेसमेत बेहोराको आन्तरिक राजस्व कार्यालय, पोखराको मिति २०६४।३।