निर्णय नं. १०७३४ - कर्तव्य ज्यान र जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७३४ - कर्तव्य ज्यान र जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/०६/०८ १९५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।६।८ मुद्दाः- कर्तव्य ज्यान र जबरजस्ती करणी ०७४-CR-०६५१ पुनरावेदक / प्रतिवादी : कारागार कार्यालय ललितपुर, नख्खुमा थुनामा रहेका परिवर्तित नाम काठमाडौं २६ सि.आइ.वी. १४२ विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं.२ बोडे घर भई हाल जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल डेरा गरी बस्ने शंकर चासी श्रेष्ठको जाहेरीले नेपाल सरकार ०७४-CR-१८३३ पुनरावेदक / वादी : जिल्ला भक्तपुर, मध्यपुर ठिमी न.पा. वडा नं.२ बोडे घर भई हाल जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल डेरा गरी बस्ने शंकर चासी श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कारागार कार्यालय ललितपुर, नख्खुमा थुनामा रहेका परिवर्तित नाम काठमाडौं २६ सि.आइ.वी. १४२ समेत प्रतिवादी कायम गर्नुभन्दा अगाडि नै प्रतिवादीको मृत्यु भइसकेको देखिएकाले आफूउपर आरोपित कसुरमा प्रतिरक्षा गर्न नै नपाई मृत्यु भइसकेको व्यक्तिबाट क्षतिपूर्ति भराइदिनु न्यायोचित नदेखिने । (प्रकरण नं.१३) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश मरासिनी प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा विद्वान् अधिवक्ता श्री उज्ज्वलकिशोर घिमिरे अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००५९ ने.का.प.२०६७, अङ्क ५, नि.नं.८३७४ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ बालबालिकासम्बन्धी ऐन, २०४८ सुरू तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री राजेन्द्र खरेल ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रेमराज कार्की माननीय न्यायाधीश श्री अनन्तराज डुम्रे उच्च अदालत पाटन फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः– तथ्य खण्ड मिति २०६६।०५।०८ गते दिनको १६.४५ बजेको समयमा जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल चिकँ वहीलस्थित रहेको सप्तपुर महाविहार गुठीको भवनमा रहेको ट्वाइलेटमा अन्दाजी वर्ष ३ की बच्ची (नाबालिका) को मृत अवस्थामा लास फेला परेकोले घटनास्थल लास जाँच मुचुल्कासमेतको कार्य गरी मृतक लास अस्पतालतर्फ पठाई लासजाँच मुचुल्कासहित यो प्रतिवेदन पेस गरेको छु । मृतक लास सम्बन्धमा अनुसन्धान गर्नुपर्ने हुँदा अनुसन्धान गरिपाउँ भन्ने बेहोराको प्रहरी प्रतिवेदन । जिल्ला ललितपुर, ललितपुर उपमहानगरपालिका वडा नं.९ च्यासल चिकँ वहीलस्थित पूर्वमा सप्तपुर महाविरको मूलढोका, पश्चिममा बाटो, उत्तरमा बाटो र दक्षिणमा सप्तबिहार गुठीको भवनमा ट्वाइलेट रहेको, सो ट्वाइलेटको ढोका खुल्ला रहेको, सोभित्र दिसा गर्ने ट्वाइलेटको मुखमा मृतक सजिना च्यासी श्रेष्ठको मुन्टो हाली घोप्टो अवस्थामा दायाँ खुट्टा ट्वाइलेटभित्र पारी बायाँ खुट्टा घुँडाको भागमा खुम्च्याई दुवै हात दायाँ बायाँ पारी नाङ्गो अवस्थामा लास रहेको, सो लास नजिक मृतकको कट्टु रहेको, घाँटीमा मृतकले लगाएको हरियो टिसर्टले बाँधिएको मृतक नजिक निजले लगाउने गरेको निलो चप्पल रहेको, २ इन्च लामो निधारको भागमा निलो कालो सुन्निएको, दुवै आँखा बन्द कालो भ