निर्णय नं. १०७३६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७३६ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/०७/२५ १८५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।७।२५ ०७६-CR-०५१३ मुद्दा:- कर्तव्य ज्यान पुनरावेदक / वादी : रामशरण चौधरीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : रामजी चौधरीको छोरा जिल्ला दाङ, साबिक तुलसीपुर नगरपालिका वडा नं. १४ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. १० बस्ने बासु चौधरीसमेत अनुमानको आधारमा टुक्रिएका र खण्डित भएका घटना र वारदातका तथ्य र प्रमाणहरूलाई फौजदारी कानून एवं न्यायको प्रमाण मूल्याङ्कनका सिद्धान्त र अवधारणाबाट पर गएर अदालतले जबरजस्ती रूपमा प्रमाणहरू जोडेर कसैलाई पनि सजाय गर्न सक्तैन । घटना र वारदातसँग प्रत्यक्ष रूपमा प्रभावित व्यक्ति एवं पीडित स्वयम्ले वा निजका परिवारले कसुरदार यकिन गरी अदालतमा आफ्नो भनाइ लेखाउन नसकेको र अन्य भौतिक एवं स्वतन्त्र प्रमाण र परीक्षण प्रतिवेदनहरूले घटना, वारदात र सोमा कसुरदारको संलग्नतालाई पुष्टि नगरेको अवस्थामा अदालतले शंका र अनुमानको आधारमा कसैलाई पनि सजाय गर्न नमिल्ने । (प्रकरण नं.१३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री चुरामन खड्का दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री शिवनारायण यादव माननीय न्यायाधीश श्री ईश्वरराज आचार्य उच्च अदालत तुलसीपुर फैसला न्या.कुमार रेग्मी : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । प्रस्तुत मुद्दाको सुरूको जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, वस्तुस्थिति मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रतिवादीहरूको बयान, अभियोगपत्र, साक्षीहरूको बकपत्र, दाङ देउखुरी जिल्ला अदालतको फैसला, प्रतिवादीहरू बासु चौधरी, रामलाल चौधरी र खड्कबहादुर वि.क. परियार तथा नेपाल सरकारको उच्च अदालत तुलसीपुरमा परेको दोहोरो पुनरावेदन, सो अदालतबाट भएको प्रत्यर्थी झिकाउने आदेश र सोको फैसलाको बेहोरासमेत सोही उच्च अदालत तुलसीपुरबाट भएको मिति २०७५।११।०७ को फैसलाबाट देखिने हुँदा यहाँ ती बेहोराहरूलाई पुनरावृत्ति गरिएको छैन । यस अदालतको ठहर मिति २०७२।०९।२९ गते सुन्दर चौधरीको घर ढलान गरी राति आफ्नो घरतर्फ फर्केका श्रृजन चौधरी, कविराम चौधरीसमेतलाई घटनास्थल पातुखोलामा पुगेको अवस्थामा बिक्की भन्ने रामलाल चौधरी, बासु चौधरी, नविन चौधरी र खड्कबहादुर वि.क. परियारसमेतले हातमा धारिलो हतियार खुकुरी र फलामको सरिया लिई बाटो ढुकी बसी श्रृजन चौधरीसमेतका व्यक्तिहरूलाई पछाडिबाट गर्धन तथा टाउकोमा प्रहार गरी सख्त घाइते बनाएको र घाइतेहरूको कोहलपुर मेडिकल कलेजमा उपचार हुँदा सोही राति जाहेरवाला अङ्गराज चौधरीको छोरा श्रृजन चौधरीको मृत्यु भएको देखिन आएकाले निज प्रतिवादीहरूले धारिलो हतियार र फलामे सरिया प्रहार गरी ज्यान मारेको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत ऐ. को १३(३) नं. बमोजिमको कसुर अपराध कायम भएकाले निज प्रतिवादीहरूलाई सोही ऐनको