निर्णय नं. १०७३७ - क्याम्पसको रकम हिनामिना गरी भ्रष्‍टाचार गरेको

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७३७ - क्याम्पसको रकम हिनामिना गरी भ्रष्‍टाचार गरेको भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/०३/०३ १४९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७७।३।३ ०७५-CR-२०८३ मुद्दा:- क्याम्पसको रकम हिनामिना गरी भ्रष्‍टाचार गरेको पुनरावेदक / वादी : अख्‍तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत रामप्रसाद सुवेदीको प्रतिवेदनले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : हाल जिल्ला बर्दिया, गुलरिया नगरपालिका वडा नं. ६ बसोबास गर्ने कैलास बहुमुखी क्याम्पस, कालागाउँ, अछामका तत्कालीन क्याम्पस सञ्‍चालक समितिका अध्यक्ष जवाल सिं भण्डारीको नाति टेकबहादुर भण्डारीको छोरा पृथ्वीबहादुर भण्डारी पेस्की रकम कानूनबमोजिम फछ्‌र्यौट नगरेको अवस्थामा लेखापरीक्षण हुँदा पेस्की लिने व्यक्तिबाट असुलउपर गर्नुपर्ने बेरूजु ‍औंल्याउने गरिन्छ । सो बेरूजु रकमलाई सम्बन्धित निकायबाट सम्परीक्षण गराएपछि मात्र सो पेस्की लिने व्यक्तिले बेरूजुको दायित्वबाट उन्मुक्ति पाउने हुँदा पेस्की लिएको रकमलाई सरकारी रकम हिनामिना गरी भ्रष्‍टाचारजन्य कसुर गरेको मान्न नमिल्ने । (प्रकरण नं.६) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान विपक्षी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ३, नि.नं.१०२०८ सम्बद्ध कानून : पुनरावेदन तहमा फैसला गर्ने:- अध्यक्ष मा. न्या. श्री बाबुराम रेग्मी सदस्य मा. न्या. श्री रत्‍नबहादुर बागचन्द सदस्य मा. न्या. श्री प्रमोदकुमार श्रेष्‍ठ वैद्य विशेष अदालत काठमाडौं फैसला न्या.डा.मनोजकुमार शर्मा : नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दा विशेष अदालत ऐन, २०५९ को दफा १७ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको छ । प्रस्तुत फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । सुरू प्रतिवेदन, प्रतिवादीहरूले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान तथा अदालतसमक्ष गरेको बयान, आरोपपत्र र विशेष अदालत काठमाडौंको फैसलाको बेहोरासमेत सोही अदालतबाट भएको मिति २०७५।०९।२४ को फैसलाबाट अवगत हुने नै हुँदा सो कुराको यहाँ पुनरावृत्ति गरिएको छैन । यस अदालतको निर्णय प्रतिवादी पृथ्वीबहादुर भण्डारी सञ्‍चालक समितिको अध्यक्ष रहेको कैलास बहुमुखी क्याम्पस, कालागाउँ–३, अछामको भवन निर्माणलगायतका कार्यमा अनियमितता भएकोले छानबिन गरी अनियमितता गर्नेलाई आवश्यक कारबाही गरिपाउँ भन्‍ने बेहोराको बेनामी उजुरीका आधारमा अनुसन्धान तहकिकात भएको प्रस्तुत मुद्दामा उक्त क्याम्पसको जम्मा रू.३,४२,९००।- (तीन लाख बयालिस हजार नौ सय रूपैयाँ) सम्पत्ति बदनियत गरी हानि नोक्सानी तथा हिनामिना गरी भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको आरोपमा प्रतिवादी पृथ्वीबहादुर भण्डारीउपर सोही ऐनको दफा ३(१) र दफा ३(१) को देहाय (घ) बमोजिम बिगोबमोजिम जरिवाना र कैद सजाय गरी दफा १७ बमोजिम निजबाट बिगो रू.३,४२,९००।- (तीन लाख बयालीस हजार नौ सय रूपैयाँ) असुलउपर गरिपाउँ भन्‍नेसमेत दाबी रहेकोमा विशेष अदालत काठमाडौंबाट निज प्रतिवादी पृथ्वीबहादुर भण्डारीले क्याम्पसको रकम हिनामिना गरी भ्रष्‍टाचार गरेको भन्‍ने आरोप दाबी पुग्न नसक्ने र निज प्रतिवादीले आरोपित कसुरबाट सफाइ पाउने ठहर्‍याई मिति २०७५।०९।२४ मा फैसला भ