निर्णय नं. १०७३८ - हाडनाता जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०७३८ - हाडनाता जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/०६/१२ १६०७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।६।१२ ०७६-CR-००९२ मुद्दाः हाडनाता जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : इलाम जिल्ला, चुलाचुली गाउँपालिका वडा नं.२ घर भई हाल कारागार कार्यालय, इलाममा थुनामा रहेको विर्खध्वज श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम गोपीको जाहेरीले नेपाल सरकार जाहेरवालाको जाहेरी दरखास्त र सोलाई समर्थन गर्ने गरी गरेको बकपत्र, पीडितको घटना विवरण कागज र सोलाई समर्थन गरी गरेको बकपत्र, घटना विवरण कागज गर्ने अन्य व्यक्तिहरूको बकपत्र तथा पीडितको शारीरिक परीक्षण प्रतिवेदन र सो परीक्षण गर्ने डाक्टरको बकपत्रसमेतबाट जबरजस्ती करणीको कसुर स्थापित भइरहेको अवस्थामा प्रतिवादीको इन्कारी बयानलाई मात्र आधार मानी यी पुनरावेदक / प्रतिवादी निर्दोष रहेछन् भनी मान्‍न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री इन्द्रकुमार चोङटेङ्ली इलाम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल माननीय न्यायाधीश श्री अच्युत विष्ट उच्च अदालत विराटनगर, इलाम इजलास फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः जिल्ला इलाम, चुलाचुली गा.वि.स. वडा नं.४ हाल चुलाचुली गाउँपालिका वडा नं.२ स्थित पूर्वमा खड्‍गबहादुर श्रेष्ठको घर, पश्चिममा पदम श्रेष्ठको घर, उत्तरमा चुलाचुली तिनकुनेबाट झापा केर्खातर्फ आउने जाने कच्ची सडक र दक्षिणमा विर्खध्वज श्रेष्ठको जग्गा यति चार किल्लाभित्र रहेको विर्खध्वज श्रेष्ठको टिनको छानो भएको दुई तले काठको कच्ची घरको माथिल्लो तलामा उत्तरतर्फको कोठामा परिवर्तित नाम इलाम क-२८ लाई प्रतिवादी विर्खध्वज श्रेष्ठले ललाई फकाई हात समातेर लगी कोठामा रहेको खाटमाथि लडाई जबरजस्ती करणी गरेको घटनास्थल मुचुल्काको चार किल्ला विवरण। मिति २०७४।०१।१७ को दिन छोरी वर्ष ९ की परिवर्तित नाम इलाम क-२८ बिरामी भएकोले नजिकैको क्लिनिकमा लगी उपचार गराउँदासमेत ठिक नभएपछि छोरीलाई फकाई फुल्याई कसले के खुवायो भनी सोधनी गर्दा छोरी परिवर्तित नाम इलाम क-२८ ले मिति २०७४।०१।१२ को दिनको अन्दाजी १२:३० बजेको समयमा घर नजिकै फुपूको घरमा खेल्न भनी जाँदै गर्दा बाटोमा छोरीको हजुरबुवा (अजा) विर्खध्वज श्रेष्ठले फेला पारी फकाई फुल्याई हातमा समाती आफ्नो घरको माथिल्लो तलाको कोठामा लगेर खाटमा लडाई छोरीले लगाएको कपडा पूरै खोली प्रतिवादीले आफ्नो कपडा पनि खोली प्रतिवादीको सु गर्नेले मेरो सु गर्ने ठाउँमा जबरजस्ती ठेलेर छाडा गर्नुभयो, मैले अजालाई दुखो भनी ठेल्दा निज अजाले झन् मलाई थिची केही छिनपछि निज अजाले चिल्लो पदार्थ मेरो सु गर्ने स्थानमा राखी मलाई छाडा गर्नुभयो र कसैलाई पनि नभन्‍नु ल भनी २० (बिस) रूपैयाँ पैसा दिनुभयो भनी बताएको हुँदा मैले मेरो श्रीमान्‌लगायत स्थानीय मानिसहरूलाई सुनाउँदा प्रहरीलाई खबर गर्नुपर्छ भनेकोले यस कार्यालयमा आई यो जाहेरी दिएको छु । यसरी मेरो बालिका छोरीलाई फकाई फुल्याई जबरजस्ती करणी गर्ने प