निर्णय नं. १०७४१ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७४१ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/१०/०८ ९१७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७७।१०।८ ०७६-WO-०५१९ मुद्दाः उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका-४, पासिकोट बस्ने महेन्द्रप्रसाद पौड्याल विरूद्ध विपक्षी : नेपाल सरकार, शिक्षा मन्त्रालय, सिंहदरबार काठमाडौंसमेत Dissertation बुझाउनु र Viva-voce लिने कार्य हुनु दुई फरक कुरा हुन् । सामान्यतयाः Dissertation बुझाएको दिन नै Viva-voce कार्य सम्पन्न हुँदैन । Dissertation बुझाउने काममा सम्म विद्यार्थीको जिम्मेवारी रहन्छ, Viva-voce को व्यवस्थापन गर्ने कार्य विश्वविद्यालयको हुने । (प्रकरण नं.४) निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ तथा १३३(२) र (३) बमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ: तथ्यगत बेहोरा निवेदकले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत चक्रवर्ती हबी एजुकेसन एकेडेमी, कलेज अफ लबाट शैक्षिक-सत्र २०१४-२०१६ मा कानूनमा स्नातकोत्तर तहमा नियमित विद्यार्थीको रूपमा अध्ययन गरी नियमित रूपमा उक्त तहको परीक्षा पास गरी कानूनमा स्नातकोत्तर तहको डिग्री हासिल गरेको छु । पूर्वाञ्चल विश्वविद्यालयले मिति २०७६ मङ्सिर १४ को कान्तिपुर दैनिकमा सूचना प्रकाशित गरी २०७६ मङ्सिर २७ मा सम्पन्न हुने नवौं दीक्षान्त समारोहमा विभिन्न तहका शैक्षिक कार्यक्रमहरूको परीक्षामा सर्वोत्तम स्थान हासिल गरी स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीहरूको नामावली परीक्षा व्यवस्थापन कार्यालयको Website “puexam.edu.np” मा प्रकाशित गरिएको भनी सूचना गरेको थियो । उक्त Website को सूचनामा विभिन्न वर्षका लागि विभिन्न शैक्षिक कार्यक्रममा सर्वोत्तम स्थान हासिल गरी स्वर्ण पदक प्राप्त गर्नेहरूको नामावलीसमेत प्रकाशित भएको छ । सो सूचनामा वर्ष सन् २०१६ का लागि कानूनमा स्नातकोत्तर तह (LL.M.) मा सर्वोत्तम भई स्वर्ण पदक प्राप्त गर्नेमा Mahendra Prasad Poudel, Registration No.087-5-3-06141-2014 उल्लेख गरी मेरो नाम सि.नं. १६ मा प्रकाशित गरेको छ । पछि २०७६ मङ्सिर २० गते परीक्षा व्यवस्थापन कार्यालयले उल्लिखित website मा अर्को सूचना प्रकाशित गरेको र उक्त सूचनामा स्वर्ण पदक प्राप्त गर्नेहरूको सूचीबाट मेरो नाम हटाइएको रहेछ । पूर्वप्रकाशित नाम हटाइएको भन्ने सम्बन्धमा कुनै विवरण वा कारण खुलाइएको छैन । सन् २०१६ का लागि कानूनमा स्नातकोत्तर तह (LL.M.) का लागि स्वर्ण पदक प्राप्त गर्नेमा मेरो सट्टामा अर्को कुनै व्यक्तिको नामसमेत खुलाइएको छैन । स्वर्ण पदक मैले पाउने भनी नामावली प्रकाशित भइसकेको र त्यसउपर कसैको दाबी वा उजुरी परेको अवस्थासमेत नदेखिएको, कसैको दाबी वा उजुरी परेको थियो भन्ने बेहोरासमेत सूचनामा उल्लेख नगरिएको अवस्थामा मैले नै स्वर्ण पदक पाउनुपर्ने हो । विनाकारण मैले नपाउने गरी मेरो नाम सूचीबाट हटाइएको छ । पहिले मेरो नाम स्वर्ण पदक प्राप्त गर्ने भनी सार्वजनिक गर्ने र पछि विनाकारण मलाई जानकारीसमेत नदिई मेरो नाम सूचीबाट हटाउने विपक्षीहरूको कार्य निष्पक्ष तथा पारदर्शी ढङ्गले भएको छैन । विपक्षीको कार्यले मलाई अन्याय गरी संविधान र कानून प्रदत्त हक अधिकार हनन गरेको