निर्णय नं. ८५३२ - लेनदेन.

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५३२ - लेनदेन. भाग: ५३ साल: २०६८ महिना: बैशाख अंक: १ फैसला मिति :२०६७/११/२६ १२२४८ निर्णय नं. ८५३२ सर्वोच्च अदालत, वृहद पूर्ण इजलास का.मु.सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री मोहन प्रकाश सिटौला माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री कमलनारायण दास दे.पु.इ.नं. ०६५–DF–०२५ फैसला मितिः २०६७।११।२६।५ मुद्दा :– लेनदेन । पुनरावेदक प्रतिवादीः जिल्ला सुनसरी, देवानगञ्ज गा.वि.स. वडा नं. ३ बस्ने महन्थी भन्ने महेन्द्रप्रसाद महतो विरूद्ध प्रत्यर्थी/वादीः जिल्ला सुनसरी, देवानगञ्ज गा.वि.स. वडा नं. ३ बस्ने दुखनीदेवी महतो शुरु मुद्दा फैसला गर्नेः— मा.जि.न्या. श्री एकराज आचार्य पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री उद्धबप्रसाद बाँस्कोटा मा.न्या.श्री केशवप्रसाद मैनाली सर्वोच्च अदालत संयुक्त इजलासः मा.न्या.श्री रामप्रसाद श्रेष्ठ मा.न्या.श्री रामकुमार प्रसाद शाह सर्वोच्च, अदालत पूर्ण इजलासः मा.न्या.श्री प्रेम शर्मा मा.न्या.श्री अवधेशकुमार यादव मा.न्या.श्री गिरीश चन्द्र लाल § विशुद्ध प्रकारले साहू आसामीबीच भएको कपाली सरहको लिखत कागजबाट सिर्जित विवादमा अदालतले लिखत कागजमा उल्लेख नभएको पक्ष विपक्षको मौखिक भनाई र व्यवहारलाई आधार लिई विवादित विषयको सन्दर्भमा अन्यथा अर्थ गरी न्याय निरुपण गर्न नमिल्ने । (प्रकरण नं.३) § देवानी प्रकृतिको लिखत व्यवहारको सम्बन्धमा जहाँ लिखत स्वयंमा प्रष्ट छ त्यसको विषयमा पक्ष विपक्षको आपसी मौखिक समझदारी, निजहरू बीच अन्य घरायसी व्यवहार भएको छ भन्ने कुराले र साक्षीको बकपत्रले अन्यथा हुने अवस्था नहुने । (प्रकरण नं.४) § कानूनले तोकेको प्रक्रिया नपुर्‍याएको अवस्थामा अन्य प्रक्रियाबाट भए गरेको व्यवहारले कानूनी मान्यता पाउन नसक्ने । § लेनदेन व्यवहारको ५ नं.मा रहेको कानूनी व्यवस्थाको शाब्दिक अर्थ नगरी साक्षी बकपत्र एवं पक्षहरू बीचको व्यवहार हेरिनु पर्छ भन्ने जिकीर रहेपनि स्पष्ट रुपमा रहेको कानूनी व्यवस्थाविपरीत मौखिक भनाई एवं पक्षहरूका बीच भएका अदृश्य व्यवहार र आचरणलाई प्रमाणमा लिन नमिल्ने । (प्रकरण नं.५) § राजीनामा लिखत व्यवहार अलग अलग प्रकृतिबाट भएको देखिएको, तमसुकी लिखतबाट रुपैयाँ लिनुदिनु गरेको व्यवहार तथा जग्गा राजीनामा पारित गरेको व्यवहारमा दुवै लिखतको एकआपसमा सम्बन्ध (Nexus) रहेको भन्ने कुरा कहीं कतै उल्लेख भै आएको नदेखिएको अवस्था रहेको तथा आम व्यवहार र प्रचलनमा एकै व्यक्तिसंग भिन्नभिन्न व्यवहार हुन सक्ने । (प्रकरण नं.६) पुनरावेदक प्रतिवादीः वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी/वादी तर्फबाटः अवलम्बन नजीरः सम्बद्ध कानूनः § लेनदेन व्यवहारको ५ नं. फैसला का.मु.प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम प्रतिवादी महन्थी भन्ने महेन्द्र प्रसाद महतोको तर्फबाट यस अदालतमा पुनरावेदन परी संयुक्त इजलासमा मत्यैक्यता कायम हुन नसकी तीन जना माननीय न्यायाधीशको पूर्ण इजलासमा पेश भएकोमा पूर्ण इजलासका तीनजना न्यायाधीशबीच वेग्लावेग्लै राय कायम भै वहुमत राय कायम हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(३) बमोजिम यस बृहद पूर्ण इजलाससमक्ष पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । विपक्षीले मबाट घरखर्च गर्न भनी रु.४९,०००।– (उन्चास हजार) रुपैयाँ कर्जा लिई २०५३ साल फाल्गुण महिनाभ