निर्णय नं. ४४३५ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४३५ - जालसाजी भाग: ३३ साल: २०४८ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४८/१२/११ ३०४७ निर्णय नं. ४४३५ ने.का.प. २०४८ अङ्क १२ पूर्णइजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय सम्वत् २०४६ सालको फौ.पू.इ.नं. ३२ फैसला भएको मिति: २०४८।१२।११।३ मा पुनरावेदक/वादी : का.न.पा. वडा नं. १६ बस्ने जमुना आले मगर विरुद्ध विपक्षी/प्रतिवादी: ल.पु.नं.पा. वडा नं. १ बस्ने शम्भुबहादुर थापासमेत मुद्दा : जालसाजी (१) अरु अंशियार समेतको अंश हक लाग्ने सम्पत्तिमा अरुको हक नै मेट्ने उद्देश्यले लिए दिएकोमा उक्त कार्य कीर्ते कागजको ३ नं. अनुसार जालसाजी हुने । (प्रकरण नं. १७) (साविक पेज नं. ८४९) (२) जहाँ कानुनले दुइवटा उपचारको व्यवस्था गरेको हुन्छ त्यहाँ दुई उपचार मध्ये कुन उपचारको मार्ग अवलम्बन गर्ने हो सो वादीको इच्छामा निर्भर रहने कुरा हो । (प्रकरण नं. १७) पुनरावेदक, वादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल विपक्षी, प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री वशन्तराम भण्डारी, विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्बित नजीर: ०४१ सालको फौ.पु.नं. २३ कृष्णप्रसाद श्रेष्ठ समेत विरुद्ध सर्वज्ञमुनी बज्राचार्य (ने.का.प. २०४३, अंक ११, पृष्ठ १०६२–सं.) फैसला न्या.केशवप्रसाद उपाध्याय १. सर्वोच्च संयुक्त इजलासमा राय बाझी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. का.जि.बालाजु गा.पं. वडा नं. ३(ख) को कि.नं. ९५ को क्षेत्रफल ३–२–० जग्गा कमाई जोति भोगी सोही जग्गामा १३।१८ को तीन तल्ले पक्की घर समेत बनाई बसोवास गरी आएकोमा भूमिसुधार ऐन लागू भएपछि भूमिसुधार ऐन, २०२१ को दफा १५ को उपदफा २ र ऐ.ऐनको दफा २६ र २६(क) बमोजिम समेतको हक भोगको घरवासको जग्गा विपक्षी दलबहादुरका बाबु म फिरादीका ससुरा, परलोक भएपछि विपक्षी दलबहादुरका नाममा नापी हुँदा फिल्डबुकमा निजको नाम दर्ता भई निजको नाममा जोताहाको अस्थायी निस्सा प्राप्त भएको घरवासको जग्गा हो । विपक्षी दलबहादुरले विपक्षी लक्ष्मी थापा, शम्भु थापाको मिलेमतो जाल परिपञ्च ललाई फकाई नसापान इत्यादिमा लागी मलाई धोका दिने मेरो हानी नोक्सानी गर्न समेतको नियत लिई घरवास गरी बसेको उक्त बालाजु गा.पं. वडा नं. ३(ख) को कि.नं. ९५ को लम्बाई १८ फि. चौडाई १३ फिटको ३ तल्ले टायल छाना लगाएको पुरानो पक्की घर र सो घरले चर्चेको ३–२–० घरवासको जग्गा समेत विपक्षी लक्ष्मी थापालाई मालपोत कार्यालय, काठमाडौंबाट र.नं. ६९६१ मिति २०३७।१२।३।२ मा रु. ५,०००।– को बिगो देखाई राजीनामा पारीत गरी दिइसकेको भन्ने मैले दलबहादुरका नाममा अंश दिलाई पाउँ भनी दिएको अंश मुद्दाको प्रतिउत्तरमा उल्लेख गरिएबाट थाहा पाएँ । तसर्थ विपक्षीहरुका मिलोमतोले मेरो गाँस बाँस उठाउने नियत रची पूर्व सुनियोजित परिपञ्च गरी उक्त जग्गा दिने दलबहादुर लिने लक्ष्मी थापा, लेख्ने शम्भु थापा र वासुदेव कार्की र सीताराम श्रेष्ठ किनारा साक्षी बसी निज विपक्षीहरुले म माथि यस्तो घोर अन्याय गरी जाल परिपञ्च पारी दलबहादुर आले मगरले विपक्षी लक्ष्मी थापालाई उपरोक्त बमोजिम पारीत गरी दिएको लिखत कीर्ते कागजको ३ नं. अनुसार जालसाजी ठहर्याई बदर गरी कीर्ते कागजको १०, १५ नं. अनुसार विपक्षीलाई हदैसम्मको सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको जमुना आले मगरको फिरादपत्र । ३. विपक्षी एकासगोलमा भएको र सहमति नभएको भए विपक्षीले त्यसै समयमा राजीनामा बदर गर्न नालि