निर्णय नं. १०७४४ - ठगी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७४४ - ठगी भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७६/१०/२३ ४२४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।१०।२३ ०७३-CR-०६२२ मुद्दा : ठगी पुनरावेदक / वादी : ऋषिप्रसाद जैसीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी / प्रतिवादी : जिल्ला कैलाली, टीकापुर नगरपालिका वडा नं.९ बाट नागरिकता प्राप्त गरी ऐ. जिल्ला, दरख गाउँ विकास समिति वडा नं.५ स्थायी वतन भई, हाल जिल्ला सुर्खेत, विरेन्द्रनगर नगरपालिका वडा नं.६ हटियालाइनमा त्रिमूर्ति मार्केटिङ तथा शिवशक्ति ट्रेडर्स एन्ड सप्लायर्स सञ्चालन गरी बस्ने डिल्लीप्रसाद सापकोटासमेत कुनै फर्म वा कम्पनीको आडमा कुनै व्यक्तिले अपराधजन्य कार्य गरेको छ भने फर्म वा कम्पनी दर्ता रहेकै कारण दर्तावालालाई कसुरदार ठहर्याउन न्यायोचित नहुने । जाहेरवालासँग त्यस्तो कम्पनी वा फर्मको दर्तावालाको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्पर्क थियो थिएन, त्यस्तो दर्तावालाले योजना तयार गरी अरू व्यक्तिमार्फत कुनै रकम लिने खाने प्रपञ्च गरेको हो, होइन, ठगीबाट तत्काल प्राप्त गरेको लाभको कुनै अंश त्यस्तो दर्तावालाले आफैँले लिए खाएको देखिन्छ, देखिँदैन इत्यादि सबुद प्रमाणको आधारमा मात्र कुनै व्यवसाय वा सम्पत्तिको दर्तावालाको आपराधिक दायित्व थियो, थिएन भनी हेर्नु आवश्यक हुने । आपराधिक दायित्वको निर्क्यौल यान्त्रिक रूपमा दर्ताको आधारमा मात्र गर्ने होइन, फौजदारी न्याय प्रणालीसम्बन्धी न्यायका मान्य सिद्धान्त तथा कानूनी व्यवस्था र मुद्दाको तथ्यबिच तादम्यता राखी कसुर स्थापित गर्नु आवश्यक हुने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री ध्रुवकुमार चौहान विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र अधिवक्ताद्वय श्री कृष्ण थापा र श्री उज्वल घिमिरे अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क ३, नि.नं.८७९३ ने.का.प.२०६७, अङ्क १, नि.नं.८३०२ ने.का.प.२०६६, अङ्क ४, नि.नं.८११९ सम्बद्ध कानून : सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ सुरू तहमा फैसला गर्नेः- जिल्ला न्यायाधीश श्री लिलाराज अधिकारी सुर्खेत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने मुख्य न्यायाधीश श्री तेजबहादुर के.सी. न्यायाधीश श्री गुणराज ढुंगेल उच्च अदालत, सुर्खेत फैसला न्या.अनिलकुमार सिन्हा : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड प्रथम पक्ष त्रिमूर्ति मार्केटिङको तर्फबाट निर्देशक डिल्ली सापकोटा र द्वितीय पक्ष टेकबहादुर भण्डारी अध्यक्ष सुर्खेत वाणिज्य सङ्घबिच मिति २०६१।११।१८ मा भएको घरभाडासम्बन्धी सम्झौता पत्र मिसिल सामेल रहेको । प्रा.फा.नं.१३४०४/०६०/०६१ को त्रिमूर्ति मार्केटिङ फर्मका प्रोपाइटर श्यामप्रकाश सापकोटाको नामको फर्म सुर्खेत जर्बुटा १ पिपरा बस्ने हुमलाल कँडेलको नाममा सम्पत्ति परिवर्तन हुने गरी नामसारी गरिएको छ भन्ने बेहोराको घरेलु तथा साना उद्योग विकास समिति मुख्य कार्यालय, सुर्खेतको ०६६/०६७ को च.नं.४६९, मिति २०६६।९।२६ गते नामसारी गरी दिएको प्रमाणपत्रको प्रतिलिपि । प्रा.फा.र.नं.१३४०४/०६०/०६१ स्था.व्या. लेखिएको मिति २०६१।१।१३ गते त्रिमूर्ति मार्केटिङ फर्मको प्राइभेट फर्म दर्ताको प्रमाणपत्र जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.