निर्णय नं. १०७४६ - बैंकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०७४६ - बैंकिङ कसुर भाग: ६३ साल: २०७८ महिना: पौस अंक: ९ फैसला मिति :२०७८/०३/२२ १८८७ सर्वोच्च अदालत,संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।३।२२ ०७६-RB-००७२ मुद्दाः- बैंकिङ कसुर पुनरावेदक / वादी : सुवासकुमार गुप्ताको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका वडा नं.६ हाल ऐ. वडा नं.८ बस्ने धुराप्रसाद रौनियारको छोरा दिपककुमार रौनियार अभियोगपत्र दायर हुनुअगावै प्रतिवादीले जाहेरवालाबाट सापटी लिएको रकम फिर्ता गरिसकेको र जाहेरवालाले दाबी बिगो पाइसकेको हुँदा बिगो कायमै रहेको भनी अर्थ लगाउनु न्यायको दृष्टिकोणबाट उचित नदेखिने । (प्रकरण नं.६) व्यक्ति व्यक्तिबिचको व्यवहारबाट सिर्जित कसुरसम्बन्धी व्यवहार आपसमा मिलिसकेको अवस्थामा जरिवाना ठहर गरी राज्यकोषमा राख्नुसमेत लोककल्याणकारी राज्यको मान्यता र सजाय निर्धारणसम्बन्धी मान्य प्रचलनका आधारमा न्यायसङ्गत नहुने हुँदा जाहेरवालालाई असुल भइसकेको बिगोबमोजिम जरिवाना गर्नु मनासिब नहुने । व्यक्तिलाई बिगो भराइदिन बाँकी नरहेको अवस्थामा सो बिगोबमोजिम जरिवाना गरी राज्यकोषमा राख्ने अवस्था राज्यका लागि पनि अनुचित संवृद्धि (unlawful enrichment) सरह हुन जाने । (प्रकरण नं.८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ४, नि.नं.१०२४१ सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ फौजदारी कसुर (सजाय निर्धारण र कार्यान्वयन) ऐन, २०७४ सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री अब्दुल अजिज मुसलमान माननीय न्यायाधीश श्री चन्दबहादुर सारू उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्ज फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ उपदफा (१) को खण्ड (क) बमोजिम उच्च अदालत जनकपुर, वीरगन्ज अस्थायी इजलासको फैसलाउपर पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र इजलासको ठहर यसप्रकार छः तथ्य खण्ड विपक्षी दिपककुमार रौनियारले २०७५ सालको कार्तिक महिनामा घर लिलाम हुन लागेको भनी रू.१२,५०,०००।- रकम सापटी लिएकोमा निजले तोकिएको समयमा रकम फिर्ता नगरेपछि मिति २०७५।११।१७ गते निजको घरमा फेला पारी सो रकम माग्दा निजले सेन्चुरी बैंकको ०४७०००००१६PY नम्बरको खाताको ९०००१९२४२६८ नम्बरको चेकबाट उक्त रकम लिन भनी दस्तखत गरी दिएकोमा मैले उक्त रकम निकाल्न आफ्नो खाता रहेको नविल बैंक गई दिँदा खातामा रकम मौज्दात नभई २७/०३/२०१९, ०७/०४/२०१९ र १७/०४/२०१९ मा उक्त चेकहरू बाउन्स भएको हुँदा विपक्षी दिपककुमार रौनियारलाई कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने बेहोराको सुवासकुमार गुप्ताको जाहेरी दरखास्त । जाहेरवाला सुवासकुमार गुप्ताले मलाई सापटी दिएको रू.१२,५०,०००।-रकम सम्बन्धमा बारम्बार माग गरी मेरो घरमा विभिन्न व्यक्तिहरूलाई ल्याई दबाब दिन थालेपछि मैले जानी / जानी आफ्नो खाता रहेको सेन्चुरी बैंकको खाता नम्बर-०४७०००००१६PY को खाताको ९०००१९२४२६८ नम्बरको चेक हराएको भनी सेन्चुरी बैंकमा मिति २०७५।८।१८ गते निवेदन दिई रोक्का राखी मिति २०७५।११।१७ गते रोक्का रहेको चेकबाट रू.१२,५०,०००।-को रकम काटी दिई पठाएकोमा जाहेरवालाले बैंकमा निकाल्न जाँदा २७/०३/२०१९, ०७/०४/२०१९ र १७/०४/२०१९ मा उक्त चेक बाउन्स भएकोले जाहेरवालाले मउपर जाहेरी दरखास्त दिएको हो भन्ने बेह